Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

एक युवा, दुई बुढाले मोर्चा कसे

११ सोमबार , पौष २०७३९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-
मोहनविक्रम सिंह, मोहन वैद्य विप्लव अर्थात नेकपा मसाल, नेकपा क्रान्तिकारी र नेकपा माओवादीवीच कार्यगत एकता भएको छ । यो मोर्चावन्दीको उद्देश्य विराटनगरबाट भारतीय काउन्सिलर कार्यालय हटाउने, राष्ट्रियताका पक्षमा संघर्ष गर्ने कुरा सार्वजनिक गरेका छन् । तर, सुतिरहेको मसाल, उठ्नै नसकेको क्रान्तिकारीलाई जुरुक जुरुक उफ्रिरहेको माओवादी अर्थात विप्लवले कसरी हाँक्लान्, देशविरुद्ध यति धेरै कूकर्महरु भइरहेका छन्, कसरी चिर्लान् विश्वास गर्न भने गाह्रो छ ।
किनभने विप्लवजस्ता धारिला माओवादीले सर्वोच्च अदालत पसेर भ्रष्टाचारी लोकमान भन्ने नारा लगाउन सके, उनलाई कालोमासो दल्न सके तर अख्तियारमा दर्ता भएको र आम जनताले भ्रष्टाचारी भनेर चिनेका पुष्पकमल दाहाल र उनको मन्त्रिमण्डलका टिममा रहेका कसैलाई छुनसमेत सकेको छैन । लोकमानलाई कालोमोसो दले भ्रष्टाचार रोकिन्छ त ? भ्रष्टाचारी भनेको लोकमानमात्र हुन् ?
भन्नलाई उनका प्रवक्ता हाम्रो नजरमा भ्रष्टाचारीहरु छन् भन्ने, गर्नेबेलामा केटाकेटी काम गर्ने । यो अलि हजम भएन नि विप्लवजी । भ्रष्टाचारको अन्त आमजनताको माग हो । सुशासन आमजनताले खोजेका हुन् । मोर्चा बनाएर वक्तव्य जारी गर्नु आन्दोलनको सफलता होइन । यो त घाम तापेजस्तोमात्र भयो ।
वक्तव्यमा भनिएको छ– ‘राष्ट्रियताको पक्षमा पुस १६ गते काठमाडौंमा अन्तक्र्रिया र २२ गते अपरकर्णाली परियोजनाविरुद्व सुर्खेतमा विशाल जनप्रर्दशन तथा २५ गते अरुण ३ परियोजनाविरुद्व संखुवासभामा जनप्रर्दशन गर्ने र २९ गते विराटनगरमा अनधिकृत रुपमा बसिरहेको भारतीय काउन्सिलर कार्यालयविरुद्व जनप्रर्दशन’ गरिने भनिएको छ, भारतीय हस्तक्षेपविरुद्ध लड्दै आएका विप्लवको यस्तैखाले बिद्रोहले मात्र भारतले टेर्ने र हस्तक्षेप रोक्न सकिन्न, जनतामा उवाल ल्याउनुपर्‍यो है ।