
निर्वाचन आयोगले दलहरूलाई छलफलका लागि बोलाएको छ, यो स्थानीय चुनाव फागुनमै गर्ने तैयारी हो ।
नेकपा सबैलाई मिलाएर क्रान्तिको तैयारी गर्दैगदौ एमाले मंसिर २ र ३ मा गर्न लागेको राष्ट्रिय भेला गरेर चुनावी रणनीति बनाउन जुटेको छ । नेपाली कांग्रेस तीनतिर चोइटिएका छन् । कांग्रेसको हालत इतिहासमै कमजोर देखिदैछ ।
एमालेमा अचम्मको दृश्य भनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दिनहुँ पार्टी कार्यालयमा हाजिर बजाएर स्थानीय चुनाव कसरी जित्ने र एमालेलाई कसरी शक्तिशाली बनाउन सकिन्छ भन्ने आन्तरिक बहसमा जुटेकी छिन् । एमालेमा क्षेत्रगत नेतृत्व र जिम्मेवारीमा युवाहरूलाई चयन गरेको छ, जसअनुसार कोशीमा सुनिता बराल, क्षितिज थेबे र मनोज ताम्ली, मधेशमा विशाल भट्टराई, नरेन्द्र न्यौपाने र समिमबाबु खान, बागमतीमा समिक बडाल, महाराज गुरूङ र रमेश आचार्य छन् भने राजधानी प्रदेशमा भोला पोखरेल, सञ्जिव धिताल र सुदर्शन सिवाकोटी, गण्डकीमा रश्मी आचार्य, विनिता काफ्ले र रामजी सापकोटा, लुम्बिनीमा धर्म गिरी, सुमन पुरी र संगम अर्याल, कर्णालीमा निरज आचार्य, नारायण घर्ती र विरेन्द्र रावल तथा सुदूरपश्चिमा गोविन्द गिरी, मोती विक र दीपक धामी रहेका छन् । स्थानीयदेखि केन्द्रसम्म युवा र पुराना नेताहरूलाई महत्व दिएर साथसाथै सहभागी गराइएको एमालेमा यो पहिलो घटना हो । कांग्रेस र नेकपा आआफ्नै रागमा चाउरिएका छन्, फुइँकी हाँकिरहेका देखिन्छन् । अरू साना दलहरू चर्को भाषणमा लिप्त देखिन्छन् ।
रास्वपालाई फुटाउन र बालेन सरकारलाई ढाल्न स्थानीय चुनाव दुइधारे तरवारजस्तो देखिन्छ । रास्वपा अझै एक भएर शक्ति देखाउनेमा दृढ देखिन्छ ।


