रोशन कार्की–
मानवाधिकार आयोगले सिफारिस मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्ने र सरकारलाई कारवाहीका लागि सिफारिसमात्र गर्ने गरेको छ । राजनीति गैंडाको छालाजस्तो भइसक्यो, सरकार त्यही राजनीतिका छायाामा छ, अनि कसरी दण्डहीनताको अन्त्य र शान्तिव्यवस्था कायम हुनसक्छ ? मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नेपालगञ्ज पुगेर खुलासा गरेकी छिन्– मानवाधिकार उल्लंघनकर्ताहरुको नामनामेसी सूची तैयार छ, अव छिटै सार्वजनिक गरिनेछ । यदि आयोगले हिम्मत गर्यो भने सरकारमाथि ठूलै दबाब पर्नेछ ।
मोहना अन्सारीका अनुसार नेपालको पछिल्लो मानवअधिकारको अवस्था चुनौतीपूर्ण रहेको छ । अन्यौलपूर्ण राजनीतिक अवस्थाले आमनेपाली उकुसमुकुस भइसकेका छन् । मानवअधिकारको अवस्था झन् जटिल बन्दै गएको छ ।
मानवअधिकार उल्लङ्घनमा परेका नागरिकलाई न्याय दिलाउन तथा दोषीमाथि कारबाही गर्न आयोगले सिफारिस गरे पनि सरकारले छिनोफानो कारवाही गरिरहेको छैन । यहीकारण आयोगप्रति जनताको वितृष्णा फैलिदै गएको छ ।
मानवअधिकार संरक्षण एवम् सम्वद्र्धनमा राष्ट्रिय संयन्त्रहरू प्रभावकारी हुनुपर्ने हो, त्यसो हुननसक्दा सरकार र जनतावीचको दूरी पनि बढेर गएको छ । अव आयोगले संकलन गरेका मानवाधिकार उल्लंघनकर्ताहरुको सूची सार्वजनिक गर्नेछ, ताकी सरकारलाई आयोगको सिफारिस गर्न व्यापक दबाब पनि परोस् ।
नेपालगञ्जकी अगुवा चेली महिला र सबै प्रकारका हिंसाविरुद्ध आवाज उठाइरहेकी छिन् । पिछडिएको मुस्लिम समुदायमा जन्मे पनि समाज सुधारमा, महिला हिंाि न्यूनिकरणमा मोहना अन्सारीको योगदान धेरै छ । अरु महिलाभन्दा पनि जुझारु स्वभावकी चेली मोहना अन्सारी महिला जागरणमा प्रेरणाको नाम पनि हो ।