Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

निरंकूशतन्त्रमा परिणत हुनै लागेको गणतन्त्र

१८ सोमबार , पौष २०७३९ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की-
नेपालीमा एउटा उखान छ ‘कागले आफ्नै नाम काढ्छ’ । यो उखान नेपाली नेताहरु, तिनका भरौटे चाकर बुद्धिजीवि अनि नेताहरुका भजने संचारकर्मीहरुका ठ्याम्मै लागु हुने रहेछ । हुनत भाषशास्त्री श्रद्धेय बालकृष्ण पोखरेलले पनि नेपाली शव्दकोष संपादन गर्ने क्रममा मंडले शब्दको अर्थ आफुखुशी राखेर आफुले आस्था राखेको राजनैतिक दलको सानो भए पनि चाकरी गर्नु भएकै हो । यो किन गर्नु भयो भन्ने प्रश्नको उत्तर गोलमटोल पाउनेहरु पनि हुनुहुन्छ । तर, यस्तो प्रश्न सोध्नेहरु भने सारै कम हुन्छन । वहाूले पनि निरंकुशको अर्थ फलानाले गरेको कुनै काम चाही निरंकुश अन्यले गरेको त्यही कामचैं निरंकुश हैन भनेर शव्दकोषमा लेख्नु भएको छैन । यो बुड्यौलीमा अब संभबत त्यसो गर्नु पनि हुन्न होला ।
तसर्थ अहिलेलाई निरंकुशको अर्थ कुनै किसिमको अंकुश नभएको वा नमान्ने नै हो भन्ने मान्न पर्छ । नेताहरुले आफुलाई गर्न मन लागेको जे पायो त्यही काम गर्न रोक्ने कसैलाई पनि निरंकुशको नाम दिएर त्यसको विरोध गर्ने काम गरे । विभिन्न क्षेत्रमा भएका तीनका भरौटे चाकरहरुले त्यसलाई उत्कर्षमा पुर्‍याए । अहिले उनीहरुले निरंकुश भन्ने गरेको राजसंस्था मुलुकमा किनारा लागेको अबस्था छ । जनताले आफ्नो निमित्त आफै संविधान बनाउने भनेर देखाईएको चारो बेकार रहेछ भन्ने अहिले सावित भयो ।
संविधान निर्माणमा सर्वसाधारणको सहभागिता त परै जाओस त्यहि संविधना बनाउन भनेर जनताले चुनेर (?) पठाएका सभासदहरुले पनि संविधान निर्माण हैन त्यस काममा के हुदैछ त्यो थाहा पाएनन् । जान्न खोज्नेलाई तिनैका  नेताहरुको हप्काई खानु पर्‍यो  । जनताका प्रतिनिधि भनिएका यी जोकरहरुको काम भने आफ्नो आत्मा बेचेर आफ्ना नेताको चरणमा चिल्लो घस्नु मात्र रह्यो । यही काम गरे वापत जनताको रगत निचोरेर तलव मात्र हैन पेन्सन पनि पाउछन ।मुखै कानुन भएको कालखण्डमा पनि हुन नसकेको सत्ताधारीको मनमौजी उत्कर्षमा छ ।
प्रधानमन्त्रीले आफैले आफुलाई बरखास्त गरेर फेरी आफैले आफैलाई नियुक्ति गरेको कुरा पनि नेपालीले  देख्न पाए । आफैले आफ्नो अनुकुल हुने गरेर बनाएको र थप अनुकुल बनाउन दर्जनौ पटक संसोधन गरिसकेको अन्तरिम संविधानको अक्षर, भावना, कल्पना सबैले निषेध गरेको कुरालाई अध्यादेशले काटेर प्रधान न्यायधिशलाई कार्यकारिणी प्रमुख पनि बनाए । यसरी आफुखुशी तर जनताले बनाएको भनेर बनाईएको संविधान लागु कसरी भयो त्यो त भविष्यले मुल्यांकन गर्ला । त्यसवेला उपयुक्त भएन भन्नेहरुलाई जे जस्तो व्यवहार गरिएको थियो आज सरकारबाट बाहिर हुूदा त्यही व्यवहार खप्नु परेको छ । जुनसूकै  सरकारको जनविरोधी कामको विरोध राष्ट्रघात घोषित भएको छ । निरंकुश नेताहरुको गोजीका दल, तीनका चाकर बुद्धिजीवि तथा संचारकर्मीहरुको आतंकबाट जनतालाई त्राण दिने शक्ति हाललाई देखिएको छैन ।
आर्थिक उपार्जन शुन्य सरह भएको नेपाली समाजमा कसरी नयाँ नयाँ तरिकाले जनता निचोर्न सकिन्छ त्यसैमा सरकार भनिएको संरचना व्यस्त छ । संचारमाध्यमहरु यो अन्याय भयो भन्न होईन बरु अझ जनता कसरी निचोरिन्छन, पुन निचोरिनबाट बचे तिनिहरुलाई पनि निचोर्न मद्धत गर्न लागि परेका छन् । खेतीको समयमा आबश्यक सामग्रीहरुको अभाव पार्नु किसानले जेनतेन प्रबन्ध गरेको सामग्रीहरुलाई अवैध घोषणा गर्नु र त्यसलाई खोस्नु सरकारको काम भएको छ भने त्यसमा सघाउनु संचार जगतको काम । हिजो कालो कानून भन्नेहरुको निमित्त जनता निसास्सिने आजको कानुनलाई संसारको उत्कृष्ट कानून भन्न लागेका छन । आफ्नो सम्पत्ति रक्षा गर्ने काम विकास विरोधि भएको छ ।
नेताहरुको निरंकुश कामको पक्षपोषण गर्ने काममा लागेका यस्ता जनताका अपराधी बुद्धिजीवि, संचारकर्मीहरुले सम्पूर्ण क्षेत्रलाई नै घृणाको पात्र बनाउनु भन्दा पहिले मानविय सम्बेदनाहिन आफ्ना यस्ता सदस्यहरुलाई रोक लगाउन जरुरी छ , नत्र भोली बालकृष्ण गुरुले जसरी मण्डले शव्दको अर्थ गर्नुभएको थियो त्यसै गरेर बुद्धिजीवि तथा संचारकर्मी शव्दको पनि अर्थ गर्न नपरोस । आफै निरंकुश भएर अरुलाई निरंकुश भनेर भन्ने कागले नाम काढ्ने काम पनि अब बन्द हुन पर्छ । जुन कानून जनताको हितमा छैन त्यो कानून कालो कानून हो । कि कालो कानून कालो कागजमा लेखिएको हुन्छ ? कालो कानून र नेताहरुको निरंकुशताको विरुद्ध आन्दोलन आबश्यक भईसकेको छ ।
नेताहरुको निरंकुश तन्त्रमा अंकुश लगाउन सक्षम केवल राजसंस्था नै रहेको कुरा पुष्टि भएको छ । सबै खोसेर हटाईएका भनिएका राजाले जनताको निमित्त खवरदारी गर्दैछन वेलावेलामा वक्तव्य तथा विज्ञप्ती निकालेर । शायद वेलावेलामा राजाको गर्जन नआउने गरेको भए नेपालको अस्तित्व अहिलेसम्म रहने थियो कि
थिएन ? आफुमाथि जेजस्तो व्यवहार गरिएको भए पनि मुलुकको हितको निमित्त काम गर्ने आफ्नो अभिभारा पूर्वराजाले भुलेका छैनन् । मैमत्ता भएका गणतन्त्रका निरंकुश नाईकेहरुलाई उनको गर्जनले कत्तिको काम गर्ने रहेछ भन्ने कुरा त्यसबाट तिलमिलिाएर दिएका प्रतिउत्तरबाट थाहा हुन्छ । त्यसैले अव उनको यो भुमिकालाई वैधानिकता दिन ढिला गरिनुहुन्न ।