रोशन कार्की-
नेत्रविक्रम चन्द विप्लवले खुलस्त भनिदिए– १२ बुँदेमै छ नेपालको पराजयको जरा । यथार्थ यही हो र यसरी सत्य बोल्ने नेता कमै छन् राजनीतिमा ।
यो निष्कर्ष नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवको हो । उनले सही बोलेका छन् तर सत्य कुरा सुन्ने ताकत उनीसागै जनयुद्धमा होमिएका प्रचण्ड, बाबुरामहरु सुन्न तैयार छैनन् । राष्ट्र बचाउन एकपटक फेरि विद्रोहमा उठ्नु परेको विप्लवको निष्कर्ष छ । विप्लवका अन’सार नेताहरूले मात्रै होइन, सामान्य नागरिक, कर्मचारी, प्रहरी, सेना र बुद्धिजीवी सबैले बाह्य हस्तक्षेपको अनुभूति गरेका छन्, हामी नेपाली जनतालाई अधिकारसम्पन्न र देशलाई स्वाधीन बनाउने उद्देश्यमा केन्द्रित भएका छौं, यो रणनीतिक राजनीतिक उद्देश्य आफैंमा ठूलो आन्दोलन हो ।
देश र जनताको समस्या भनेको नेपाल अहिले पनि नवऔपनिवेशिक अवस्था, विदेशीको दबाब, हस्तक्षेप र उत्पीडनमा हो । निकास भनेको छ, त्यसबाट देशलाई मुक्त पार्नु हो । जनता राज्यसत्ताको नियन्त्रण वा अधिनायकत्वभित्र रहेकाले उनीहरूका नैसर्गिक र आधारभूत अधिकार सुनिश्चित हुन सकिरहेका छैनन् । जनतालाई त्यसबाट मुक्त गर्नुपर्छ । यसैको लागि हामी संघर्षरत छौं । जनताले भनेको सुन्दै नसुन्ने राज्यसत्ताको क्रियाकलाप सबैले अनुभूत गरिरहेका छन् ।
अंग्रेज इन्डिया वा भारतीय शासक वर्गको रबैया नेपाललाई भारतमा गाभ्ने खालको छ भन्ने घामजत्तिकै छर्लंग छ । सक्ने नसक्ने कुरा उनीहरूको हो, तर नेहरू डक्ट्रिनदेखि अहिलेसम्मका गतिविधि हेर्दा भारतले नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा हेर्ने त के, त्यस्तो व्यवहार पनि गर्दैन । त्यो भारतीय विस्तारवादका रूपमा मात्रै होइन, अब भारतीय साम्राज्यवादकै रूपमा एसियामा फैलिदैछ । नेपाललाई त्यो चक्रबाट मुक्त राख्ने कि नराख्ने ? राष्ट्रियताको सन्दर्भमा नेपालको समस्या भारतसाग नै हो । यो खुला सत्य हो । यो सत्य सबैले स्वीकारेर अघि बढ्न’पर्छ ।
नौलो जनवाद र वैज्ञानिक समाजवादभित्र उत्पीडित जातिको स्वायत्त शासन नेपालको लागि उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष हो । संघीयतालाई अहिले अर्को अतिमा लगिएको छ । नेपालको अस्तित्व नै समाप्त गर्ने डिजाइनमा विभिन्न खालका साम्राज्यवादी शक्तिहरूले त्यही अतिमा लैजान खोजेका छन् । यसबाट नेपाल त रहादैन नै, नेपाली जनताको मुक्ति त झन् टाढाको विषय भइहाल्यो । हामीसाग नौलो जनवाद र वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प छैन ।