उपेन्द्र प्रेमी-
परिवर्तित नेपाली राज्य पद्धतिलाई अग्रगामी नवीन, नूतन, समावेशी र सर्वस्वीकार्य जनहितकारी भनेर भनिन्छ । तर विगत दश वर्षमा नौवटा सरकारहरुको कामकरवाही गतिविधि र सालबसालीको स्थितिलाई हेर्दा देख्दा स्पष्ट हुन्छ– बस्तुत: परिणति त्यस्तो छैन । शव्दमा पद्धति स्थिति जति नै चित्ताकर्षक भए पनि व्यवहार कर्म र सार रुपमा पद्धतिको चरम विकृति एवं सर्वत्र बेथिति व्याप्त छ ।
जनताको जनवाद सर्वहाराको गुणकारी प्रणाली र समाजवादी शासन व्यवस्था भनेर अहं गर्वित राजनीतकि पात्रहरुले जति नै डंका पिटे पनि व्यवहारमा त्यसको कुनै छनक छैन । उही परम्परागत पद्धति, उही शासकीय शोष शैली र उही प्रकारको आत्मकेन्द्रित सुविधाभोगी प्रवृत्ति अद्यापि विद्यमान छ । अझ राजा फालेर साझा व्यवस्था ल्याइयो र गणवादी बनियो भनेर अहं गर्जन गर्नेहरुबाट झनै बढी सामन्ती अधिनायकी र तानाशाही चरित्रको अझ बढी प्रदर्शन भइरहेको छ ।
जनतालाई गाास वास कपासशिक्षा स्वास्थ्य सुरक्षा इलम उद्यम र रोजगारीको ग्यारेण्टी गर्ने भनेर जति नै गणतान्त्रिक बाजा बजाइए पनि त्यो जनताका निम्ति, जनगणका निम्ति र आमसर्वसाधारण नेपाली मन मस्तिष्कका निम्ति सर्वथा मिथ्या तथा सर्वथा कटुताको कर्कश माब बन्न पुगेको छ । शिक्षा सारहीन भएको छ, स्वास्थ्य सर्वसाधारणकोपहुाच बाहिर रहेकोछ र उद्यम इलम सर्वत्र अल्पत्र अवस्थाभित्र छ । शासन प्रशासन विधि बन्दोवस्त व्यवस्था र राज्य परिपार्टी सबै अहिले ठूलबडाको हथकण्डा भएको छ । सानालाई ऐन ठूलालाई चैन भन्ने कुराको चरितार्थ अहिले यत्रतत्र देख्न हेर्न पाइन्छ ।
सर्वसाधारण रोगी विरामी मरे मरुन्, केही ठूलाबडा नेताहरुको स्वास्थ्य संरक्षण भए देश चल्छ देशको राजनीति टिक्छ र सत्ताको खेल खेल्न पाइनछ भन्ने मनोभावले चलेको वर्तमान राज्यकोष र राज्यको शासकीय स्रोत पूर्णतया सामन्ती मनोवृत्तिबाट सञ्चालित भएको पाइन्छ ।
हालै नेपालका उच्चतम प्रतिनिधिमूलक संस्था भनिने व्यवस्थापिका संसदले त्यहााका खेलाडीहरुका निम्ति भनेर खेल सुविधामा भारी बृद्धिको प्रस्ताव सहर्ष स्वीकृत गरेको छ र त्यो खान्की बान्की लिन खान थालि पनि सकेका छन् । आम जनता, आम सर्वसाधारणको लाभका हेतु विधि व्यवस्था बााधेर स्वयं उदाहरणीय बन्नुपर्ने माननीय सांसदज्यूहरु पहिले स्वयं भोजन गरौं अनि सर्वसाधारण किसान मजदूरको विधि व्यवस्थामा लगौंला भनेर आत्मसुविधा, आत्मस्वास्थ्यरषा र आफ्नो सुख सम्पन्नतातर्फ नै उद्दत रहे । भित्रभित्र आत्मान्नति र आफ्नो स्वार्थपूर्तितर्फ केन्द्रित विद्यमान राज्य पद्धतिका शोष्क शासकहरु तैपनि आफ्नै भजनगानमा निमग्न छन् । तीन महिनाको काम एक महिनामा भयो, एक दशकमा एक शतकको काम भयो र नेपाललाई रुपान्तरण गर्दै नवीन पथमा ल्याइयो भन्ने अहं उद्घोष शासन सत्ताका यी हर्ताकर्ताहरुबाट गुञ्जन हुादैछ । जुन भोजन र जुन भोजनका े कुनै अर्थ औचित्य छैन, त्यही भोजन र त्यही भजनको बन्दोबस्त चलिरहेछ ।
भोजनभट्टहरु टन्न खाएर जति नै हृष्टपुष्ट होउन्, जनतालाई कुनै हर्ष उल्लास छैन अनि सत्ताको कुसीमा बस्नेहरुले आफ्नो काम दामको गुणगानमा जति नै भजन भट्याउन् जनतामा त्यसप्रति कुनै भक्तिर प्रीति छैन । जनप्रियता र जनमनको आस्थाबाट रहित भएर आफ्नै सुख सुविधामा निर्लिप्त हुने मुठ्ठीभरका नेताजीहरुको मनमाफिकको मनतन्त्रलाई जनताको जनवादी गणतन्त्र र समाजवादी समावेशी शासन प्रणाली भनेर भजनगान गर्नुको कुनै अर्थ छैन । म खाउा मै लाउा र मेरै कुर्सी सुरक्षित पार्न म मेरै स्तुतिगान गरुा गराउा भन्ने यो खालको भुाडी पद्धति र स्तुति पद्धतिप्रति जनताको घोर अनाशक्ति छ ।
भोजन र भजन, सर्वजन हतिाइ एवं हृदयत आस्थामा आधारित हुनुपर्दछ तर विद्यमान राज्य पद्धितिको अभिष्ट र अभिप्राय त्यसको ठीक विपरित छ । पहिले आफु खाउा, आफु स्वस्थ रहुा र आफुलाई सुखी बनाउा, त्यसपछि देखा जाए भन्ने खालको विद्यमान व्यवस्थागत रीति पद्धतिले आम जनमानसलाई लाग्दछ – यो गणतन्त्रका नाममा नेतृत्वतन्त्र, जनवादका नाममा आत्मवाद र लोककल्याणकारी समाजवादी बहुलवादका नाममा सामन्ती एकलवादको संस्थागत एवं स्वार्थगत व्यवस्थापन भइरहेछ । भोजन र भजनको यस्तो राज्य पद्धिति होइन, नेपाली जनता सबैको भाग्य र राष्ट्रको सुन्दर भविष्यको आधारभूत प्रणाली चाहन्छन् । ढिलोचााडो यो भावातिरेकले भरपर्दो पद्धतिको परिप्राप्तिका ििनम्त मार्ग प्रशस्त गरोस् । नेपाली जनमनको अद्यावधि अपेक्षा हो यही ।