रोशन कार्की-
जति चिच्याए पनि न्याय नपाएपछि दार्चुला राजधानी आएको छ । सांसद गणेशसिंह ठकुन्नाको नेतृत्वमा आएको दार्चुलावासीको प्रतिनिधि मण्डलले राजधानीका पत्रपत्रिकामार्फत सरकारको ध्यानाकर्षण गराए– भारतीय नाकामा धेरै दु:ख पाइयो, भारतले साह्रै अन्याय र अत्याचार गर्यो, हामीलाई टिंकर नाका खोलिदिनुपर्यो । चीनपक्षसाग कुरा भइसक्यो, सकारात्मक छ, नेपाल सरकारले अनुरोध गर्ने हो भने चीनले टिंकर नाका खोल्न तैयार रहेको जनाउ दिएको उनीहरुको भनाई छ ।
ठकुन्ना एमाले सांसद हुन् र यतिखेर सरकार जसरी पनि एमालेलाई पछार्न खोजिरहेको छ । एमाले प्रतिपक्षमा बसेर सरकारको बिरोध गरिरहेकाले पनि एमालेको कुरा सुन्न सरकार तैयार देखिदैन । जनताले हारगुहार गरिरहेका छन्, सरकारले कानमा तेल हालेर बसेको छ । सांसद ठकुन्ना भन्छन्– संसदमा दश पटक कुरा उठाएा सुनवाई भएन । त्यसैले जनतासहित आएको हुा, अव त सुन्ला कि ?