सहदेव सिग्देल-
ओशोभक्त स्वामी आनन्द अरुणको कामना छ : धोती र टोपी दुबै होस् । आाप र स्याउ दुबै फलोस् । संघीयता, धर्मनिरपेक्षता र समानुपातिक–समावेशी प्रणाली तत्काल आवश्यक छैन । यसले नेपालमा राजनीतिक अराजकता बढेको र नेपाली जनतामा चरम निराशा छाएको हो । ओशोभक्तले नेपाली राजनीतिप्रति यसरी खरो टिप्पणी गरेको यो पहिलो अवसर हो । यद्यपि प्रचण्ड ओशोधाम पुग्दा हार्दिक स्वागत गर्ने र राजनीतिमा देखिएको कुनै पनि विकार र बिकृतिबारे चर्चा नगर्ने ओशोभक्तले अष्ट्रेलिया पुगेर यस्तो टिप्पणी गरेका हुन्, यो पहिलो आलोचना हो ।
पहिले आर्थिक रुपमा सवल हुनुपर्छ अनि संघीयतामा जानु उपयुक्त हुनेछ । संघीयतामा जाानेबेलामा चार राज्य(प्रदेशको परिकल्पना गरेको छु । मलाई चार राज्यको सपना थियो, जहाा धोती, टोपी दुबै होस् । आाप र स्याउ दुबै फलोस् । सपना देख्न पाइन्छ, आनन्द अरुणले सपना देखेका हुन् । उनले राजधानीमा नेताहरुलाई बोलाएर यस्तो सपना र यथार्थ कहिल्यै बताएनन् ।
कुरा मिठा छन् किनकि यथार्थ यही हो– ८० को दशकसम्म नेपाल चीनभन्दा पनि राम्रो थियो तर, अहिले विकृत भयो । राजनीतिक अराजकताले उद्योगहरु डुबे । र, ५० लाख नेपालीहरु पलायन हुन बाध्य भए । आज नेपालमा न विमानस्थल सुरक्षित छ, न विमान सुरक्षित छन्, न सडक सुरक्षित छ । यस्तो अवस्थामा कसरी पर्यटकहरु नेपाल आउाछन् ? त्यसैले म पनि तनावमा छु । संविधान मात्र राम्रो बनाउनुभन्दा राम्रा मान्छे बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ । अहिलेको नेपालको राजनीतिले व्यक्ति–व्यक्तिबीच विभाजन ल्याएको छ, अध्यात्मको माध्यमबाट एकतावद्ध गर्न खाजिरहेको छु । राजनीतिले सामाजलाई जोड्न सकेन । हामीले दुनियाालाई बदल्न नसके पनि आफैंलाई बदलौं । हाम्रो देशमा मानव निर्मित गरिबी छ । म यसमा पीडित छु,। यो मूर्खताको गरिबी पााच वर्षमा हटाउन सकिन्छ । टिप्पणी : आनन्द अरुणले हाम्रा नेताहरुलाई ज्ञान दिन प्रयत्न गरेको कहिल्यै सुनिएन ।