रोशन कार्की-
प्रधानमन्त्रीको काम पद र पैसा बााड्ने मात्रै हो कि देश र जनताका लागि काम गर्ने पनि हो । ढुकुटी र सत्ता बााड्ने मात्रै काम प्रधानमन्त्रीले गर्ने हो भने त त्यो पदमा नेता नै किन चाहियो, जसलाई राखिदिए पनि त भयो नि ?
राष्ट्रलाई कहाा पुर्याउने, कसरी उकास्ने, जनताको जीवनस्तर र जनजिविकालाई कसरी सहज र सजिलो पारिदिने, सेवाग्राहीलाई कसरी सेवा उपलव्ध गराउने र विधिको शासन पद्धति बसाल्ने, यी तमाम जिम्मेवारी छाडेर लोकतान्त्रिक प्रणालीका हाकिम बनेका प्रधानमन्त्री खाली पद र पैसा बााडेर बसेका छन्, कस्तो अचम्म ?
देशका प्रधानमन्त्री पार्टीका सााघुरा गल्लीमा घुमिरहेका छन् । देशका प्रधानमन्त्री जसरी पनि सत्ता टिकाउने च्यााखेदाउमा लागेका छन् । देशका प्रधानमन्त्री विदेशीको समर्थन कसरी लिन सकिएला भनेर लम्पसारवाद आगालिरहेका छन् । अर्काकै लौरो टेकेर राजनीति गर्ने हो भने किन वाद बगार्नु, किन स्वाधीनताको भाषण हााक्नु, किन सार्वभौमिकता र नागरिक स्वतन्त्रताको कुरा गरेर नथाक्नु । केही गर्नै नपर्ने र अर्काले उचालिदिनुपर्ने, अर्काले बोकिदिनुपर्ने हो भने यस्ता नेताले न देश बोक्छन्, न जनताको जिम्मेवारी । यिनीहरु त देश बेच्छन्, जनताको सपना बेच्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् । भर्खर दल खारेजमा परेका निर्दल व्यक्तिलाई मन्त्री बनाए, ४३ जनाको मन्त्रिमण्डल भइसक्यो, अझै सरकार आज होकि भोलि ढल्छ जस्तो देखिन्छ ।
भूकम्प पीडितले राहत पाउन सकेनन्, बाढीपीडितले कुनै सहयोग पाएनन्, । हल्लिरहने प्रधानमन्त्री देशलाई किन चाहियो ? देश कसरी बनाउने, शान्ति, व्यवस्था र प्रगति कसरी सम्भव छ, त्यस्तो कुनै खाका सरकारले देखाउन सकेको छैन । जनताको विश्वाससमेत गुमाइसकेको सरकार अझै बहुमतको फुइाकी लगाएर जनताको टाउकोमा घिरिङ खेलिरहेछ । सरकार जनताका लागि कि राजनीतिक दलका कार्यकर्ता पालनपोषण गर्नका लागि ? जनताका लागि सरकार हो भने जनताप्रति जिम्मेवारी देखाउनु पर्यो । जनता चिच्याइरहेका छन्, जनताको कुरा सुन्नपुर्यो । मुस्लिम समुदायमा पुगेर अव तिमीहरुलाई मन्त्री र राजदूत बनाउाछु भन्नुको के अर्थ रह्यो र ?