Advertisement Banner
Advertisement Banner

२२ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नांगो साबुनमा युनिलिभर षडयन्त्र

१७ सोमबार , माघ २०७३९ बर्ष अगाडि

रोशन कार्की- 
पत्रपत्रिकामा छ्यापछ्याप्ति विज्ञापन प्रकाशित भयो– नांगो सावुनको विरोधमा । यति महगा र करोडौं खर्च गरेर विज्ञापन कसले गर्‍यो ? यसबारेमा ठूलै मुद्दा उठिसकेको छ । प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भइसकेको छ र यस्ता गैरजिम्मेवारपूर्ण विज्ञापन नछाप्न प्रेस काउन्सिलले अनुरोध गरेको छ । अनुरोधले मात्र हुन्छ ? यस्ता विज्ञापन छाप्नेहरुलाई आचारसंहिता उल्लंघनको कारवाही गर्नुपर्छ । किनभने साना पत्रपत्रिकाले सानो गल्ती गर्दा नछाड्ने प्रेस काउन्सिलले यति गम्भीर त्रुटीमा क्षमा दिनु भूल हुनेछ र भोलिका दिनहरुमा प्रेस काउन्सिललाई नटेर्न पनि सक्छन् । होस गरौं ।
प्रेस काउन्सिलले कतै तपाईको नांगो साबुनमा बोसो त छैन भन्ने विज्ञापनका सम्बन्धमा प्रकाशित वक्तव्यमा भनेको– ‘विज्ञापनको विश्वसनीयताको लागि विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेमा सोको विपरित सम्प्रेषित उक्त विज्ञापनबाट पत्रकार आचारसंहिता, २०७३ को दफा ४ को ७, ५को ८ उल्ंघन भउको हुादा विज्ञापन दिने व्यक्ति र संस्थाको नाम उल्लेख नगरी विज्ञापन सम्प्रेषित नगर्न नगराउन हुन सम्पूर्ण सञ्चार माध्यमहरुलाई प्रेस काउन्सिल नेपाल सचेत गराउाछ ।
सबैले थाहा पाइसके, युनिलिभर र केही भारतीय साबुन व्यापारीले यस्ता महगा विज्ञापन छपाएर घरेलु, साना साबुन उद्यमीलाई बर्बाद पारेर आफ्ना उत्पादन विक्री गर्नका लागि यस्तो कूप्रचार गरिरहेका छन् । उद्योग मन्त्रालय र अन्य नियामक र नियन्त्रणमुखी संकायहरुले समयमै सतर्क हुन नसक्दा साना उद्यमीहरुले ठूलो नोक्सानी खेप्नु परेको छ र देशव्यापी रुपमा बोसो आतंक फैलिएको छ । अझै पनि सरकारले उचित कदम चालेको छैन । यस्ता छद्मभेषी षडयन्त्रकारीहरुलाई कडा कारवाही नगर्ने हो भने साना र घरेलु उद्यममा ठुलै चोट पर्न जानेछ र उनीहरुका उत्पादनहरु बजारमा बिक्री हुन छाड्नेछन्, लगानी नराम्ररी डुब्न जानेछ । निश्चय नै स्वास्थ्यप्रति नकारात्मक असर नपरोस् भनेर सरकारले ध्यान दिनुपर्छ र स्तर निर्धारणको अनुगमन गर्नपर्छ । यसको अर्थ विदेशी र गोप्य रुपमा षडयन्त्र गर्नेहरुलाई छुट दिनुहुन्न । सञ्चार जगतले पनि पैसा आउाछ भन्दैमा स्वदेशी उत्पादन र स्वदेशी रोजगारीमा चोट पुर्‍याउनु राष्ट्रवादी काम हुनेछैन ।