Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भित्र गणतन्त्र दिवस : बाहिर मूर्दावाद

१७ सोमबार , माघ २०७३९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ- 
दूतावासभित्र ६८औं गणतन्त्र दिवस मनाइदै थियो, मधेसका पार्टीहरु मजाले भत्तेर खाँदै थिए, बाहिर ग्रेटर नेपालका अधियन्ता फणिन्द्र नेपाल र उनका कार्यकर्ताहरु भारतीय हस्तक्षेप मूर्दावाद भनेर नारा लगाइरहेका छन् ।
उनलाई प्रहरीले कर्‍यापझ्याप पार्‍यो, लठ्ठी पनि हान्यो र विरोध प्रदर्शन गर्ने र तिनले बोकेका ब्यानर कब्जा गरेर लग्यो । प्रश्न उठ्यो यी प्रहरी नेपालका कि भारतका ? यो सरकार नेपालभन्दा भारतप्रति नतमस्तक किन भइरहेछ ?
फणिन्द्र नेपाल भन्छन् : ब्यानर राम्ररी खोल्न नपाउँदै चिलले कुखुरालाई झम्टे झौ नेपाल प्रहरीका मित्रहरूले हामी माथि झम्टिहाले । विरोध कार्यक्रममा सहभागी हुन छेउमै आइपुग्नुभएका साथीहरूले प्रतिरोध गर्ने अवसरै पाएनन् । कतिपयलाई लाग्यो होला त्यहाँ केवल तीन जना थिए । साथीहरु थुप्रै थिए र आउँदै थिए ।
नेपाल गणतन्त्रवादी मुलुक भइसक्यो । शान्तिपूर्ण रूपमा भेला भएर विरोध गर्न पाउनुपर्ने हो । हिजो राजतन्त्रमा राजालाई कालो झन्डा देखाउनेहरू आज सत्तामा छन् । तर उनीहरू कालो झन्डा भन्ने बित्तिकै किन यसरी तर्सिएका ? कालो झन्डा कसैलाई किन देखाइन्छ भन्ने पनि यिनले बिर्सिसके ? दोस्रो कुरा, हिजोको विरोध प्रदर्शन भारतको गणतन्त्र दिवस विरुद्ध होइन। आफ्नो राजदूतावास भित्र गणतन्त्र दिवस मनाउनु भारतको अधिकार हो । हामीले त सुगौली सन्धिपूर्वको नेपाली भूभागमा भारतले सन् १९५० को जनवरी २६ देखि जसरी गणतन्त्र दिवस मनाउँदै आइरहेको छ, त्यो अवैधानिक हो भन्ने आशयले मात्र विरोध गरेका हौं । सन्दर्भलाई उल्ट्याएर त्यसको गलत आशय निकाल्नु भारतीय स्वार्थमा सहयोग गर्नु हो । हाम्रा शासकहरु देशप्रति गद्दारी गरेर भारतका सामु लम्पसार परेका छन् ।
नेपालले आफ्नो गुमेको भूभाग फिर्ता पाउनुपर्छ । फिर्ता पाउनु नेपालको नैसर्गिग अधिकार हो । त्यो अधिकारलाई भारतले कुल्चला, हाम्रा शासकहरुले भारतको पाउमा लम्पसार परेर जी हजूरी गर्लान्, तर नेपाली जनताले आफ्नो अधिकारलाई त्यसरी बलात् भारतको कब्जामा गएको हेरिरहने छैनन् । हाम्रा नेताहरुलाई ज्ञात होस्, नेपाली जनता देशभक्त छन्, देशभक्ति हाम्रो शक्ति हो ।