अधिवक्ता शिवप्रसाद सिग्देल-
२० वर्ष अघि वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारले महाकाली सन्धि पेश गरेर आधारातमा पास गरायो । महाकाली सन्धि पारित भएपछि भारतको प्रतिक्रिया थियो– मीठो संगीतको धून बजेजस्तो लाग्यो । नेपाली नेताहरुको प्रतिक्रिया थियो– अव नेपालको सूर्य पश्चिमबाट उदाउाछ ।
वर्तमान एमाले अध्यक्ष केपी ओली सबैभन्दा बढी उत्साहित थिए र उनले नेपालको आर्थिक विकास अव कसैले रोक्न सक्दैन भनेका थिए । तत्कालीन महासचिव माधव कुमार नेपालले त अव स्याटेलाइटबाट विजुली निर्यात गरिन्छ सम्म भन्न भ्याए । आज यो कुरा उठाउादा उनीहरुमा लज्जाबोधसम्म पनि देखिदैन ।
महाकाली सन्धि भएको २० वर्ष पुग्यो, ६ महिनामा तैयार गर्ने भनिएको डीपीआरसम्म पनि तैयार भएको छैन । र, महाकाली सन्धिका पक्षधरहरु शेरबहादुर देउवा आज मेजर पार्टी नेपाली कांग्रेसका सभापति र सत्तासाझेदार छन् । महाकाली सन्धिका धुवााधार विरोधी र जनयुद्धकारी शक्ति माओवादीका अध्यक्ष प्रचण्ड दोश्रोपटक सरकार प्रमुख छन् । एमाले दोस्रो ठूलो पार्टीका रुपमा प्रमुख प्रतिपक्षीको स्तरमा छ ।
र, बिस्तारवादसाग सुरुङ युद्ध गर्छु भन्ने माओवादीका बिधि व्यवहार, चरित्र र चर्तिकलाले भारतका सामु लम्पसार परेको भनेर लम्पसारवादीका रुपमा लाञ्छित भइरहेको छ । त्यही पार्टीको एउटा चोइटो डा.बाबुराम भट्टराई नयााशक्ति पार्टी खोलेर बैकल्पिक राजनीतिक शक्तिको स्वाद दिन अग्रसर त भएको छ तर नेपालवादका लागि उठाउनै पर्ने सवाल उठाउादैन, राष्ट्रियताका लागि गर्नैपर्ने विद्रोही स्वभाव पनि देखाउादैन । उल्टै भारतको भक्तिमा शक्ति देख्ने मधेसी मोर्चाका सदस्यहरुसाग कार्यगत एकता गर्ने तरखरता देखाइरहेको छ ।
राप्रपा र राप्रपा नेपाल एकीकृत भए । संवैधानिक राजतन्त्र मान्ने र गणतन्त्र घोषणा हुादा संसदमा सबैभन्दा जोडले टेबुल ठोक्नवीच कुन्नी कुन तत्वले एकीकृत गरायो थाहा छैन । तर एकीकृत भए । हिजोका महापञ्चहरुको पार्टी हो यो । यी कस्ता भने सत्ताका लागि घरी घरी मिल्के पार्टी । आफूलाई हिन्दूवादी भनेर दुबै कित्ताले घोषणा गरे । दुबै पार्टीका नेताहरुले धर्मनिरपेक्षता र संघीयतासहितको गणतान्त्रिक संविधानमा ल्याप्चे ठोके र पटक पटक सत्तामा सहभागी पनि भइरहेका छन् । यिनको निष्ठा कता, सिद्धान्त कता ? यिनीहरु पनि पटक पटक दिल्ली धाइरहन्छन् र दिल्लीको बासमती चामलको बासीभात खाइरहन्छन् । यिनको टेको तोक्मा पनि दिल्ली नै हो भन्ने जगजाहेर भइसकेको छ ।
मधेसी मोर्चाका दलहरु त विहारमा सुझाव लिएर र दिल्लीको समर्थनमा भारततिरबाट ढुंगा हान्न लगाउाछन्, नाकावन्दी गर्न उक्साउाछन् र नेपालमा साम्प्रदायिकता फैलाईरहेछन् । यिनैले कैलाली घटना गराए, तिनलाई दिल्लीको आदेशमा प्रचण्ड सरकारले आममाफी दिने प्रस्ताव तैयार गरेको छ । यिनै मधेसी दलहरु भन्छन्– हामी मधेसलाई देश बनाउाछौं । मधेसमा छन् सीके राउत । सामान्य जनताको टाउकोमा लठ्ठी बजार्छ र मधेसलाई देश बनाउने प्रचार गरिरहेका र सशस्त्र समूह गठन गरेर तालिम दिन थालिसकेका सीके राउतलाई नदेखेजस्ता गर्छ । यस्तो सरकार कसरी स्वाभिमानी सरकार हुनसक्छ ? यस्ता दलहरु जो देशविरुद्धका क्रियाकलापमा आवाज उठाउादैनन्, संसदको बैठकमासमेत आवाज निकाल्दैनन्, तिनीहरु कसरी सार्वभौमशक्ति । जनप्रतिनिधि ?
रह्यो कुरो एमालेको । एमालेको नेतृत्व तह डल्लै भारतवादी हो । हिजोका दिनमा दिल्लीसाग एमालेको जति राम्रो सम्बन्ध कांग्रेसको पनि थिएन । आज त्यही एमालेले संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघाती भन्यो । ५ नम्बर क्षेत्र टुक्य्राएर पहाड र मधेस अलग गर्ने प्रस्तावको विरोध गरिरहेको छ । एमालेजस्तो राष्ट्रवादी पार्टी त अर्को छैन भन्ने अनुभूति दिलाइसकेको छ ।
अर्थात कसलाई विश्वास गर्ने ? जनताका सामु ठूलै समस्या छ ।
छान्ने यिनै दलहरुलाई हो । दृष्टहरुमध्ये कम दुष्ट कुन हो ? जनताले छान्नुपर्ने बेला आएको छ । यद्यपि नागरिक हैसियतमा म पनि दुष्ट हुा । किनभने दुष्ट हो भन्ने थाहा पाएर पनि दुष्टलाई मत दिएर राष्ट्रिय पार्टी बनाउने म पनि हुा । अवको दायित्व भनेको कम दुष्टलाई पहिचान गरेर छान्ने र उसभित्र काई परेर बसेको दुष्टता खुर्केर फाल्ने जिम्मेवारी म र मजस्ता आमनागरिकको दायित्व बन्नपुगेको छ ।
नेताहरु नालायक भए । नेताहरुलाई नालायक बनाउने हामी जनता हौं । भनिन्छ, जनता जुन स्तरका छन्, तिनले त्यही स्तरका नेता पाउाछन् । अव हामीले सतर्क हुनुपर्छ र लायक नेता छान्नुपर्छ । नालायक छान्नुपर्ने स्थितिमा कम नालायक छानेर तिनीहरुलाई लायक बन्न बाध्य पार्ने स्थिति सिर्जना गर्नुपर्छ । अन्यथा मूल्य चुकाउने राष्ट्र र राष्ट्रवासीले नै हो ।
नेपालमा के छैन, प्राकृतिक सम्पदाले भरिपूर्ण छ नेपाल । यहाा सुनखानी, फलामखानी, तामाखानीमात्र होइन, युरेनियमको भण्डार नै छ । अष्ट्रेलियाले विश्वका ८० प्रतिशतभन्दा बढी युरेनियमको खान छ हामीसाग भनेर फुर्ति लगाइसक्यो । विज्ञहरु भन्छन्– मकवानपुरको चुरे रेन्जमात्र होइन, मुस्ताङमा समेत युरेयिनम पत्ता लागिसक्यो । पेट्रोलियम पदार्थको भण्डार पनि छ नेपालमा ३ दिन अघिमात्र पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेले भक्तपुर पुगेर खुलासा गरे– हामीसाग खानीको कमी छैन, छिमेकले हस्तक्षेप गरेर उत्पादन नै गर्न दिदैन । यसको अर्थ छिमेक नेपालको प्रगतिको दुश्मन हो ।
नेपाललाई कम गुणस्तरका सामान सप्लाई गर्ने र आर्थिक शोषण गर्ने कन्टेनर बनाइराख्न चाहन्छ छिमेकी । छिमेकको यो दुष्टनीतिलाई चिर्न सक्ने नेता कोही छैनन् । किनभने जति छन्, छिमेकमै गएर लम्पसार पर्नेमात्र छन् । स्वाभिमानी नेतृत्वको खााचो छ नेपाललाई । नेतृत्व लिन चाहने वर्तमान र भावी पुस्ताभित्र स्वाभिमान जगाउनु जरुरी छ । जब स्वाभिमान जाग्छ, तव स्वाधीनता स्वत: बलियो भएर आउाछ । अहिले जसरी पाइला पाइलामा विदेशीले हस्तक्षेप गर्ने हिम्मत गर्न सक्दैनन् ।
हामी कतिसम्म मूर्ख छौं भने बालकको दूध र बृद्धको ओखतीसमेत नपठाएर नाकावन्दी गर्ने भारतलाई विश्वास गरेर रक्सौल अमलेखगञ्ज पाइपलाइन बिछ्याइदिन हारगुहार गरिरहेका छौं । भारतले १५ वर्ष तेस्रो देशबाट पेट्रोलियम पदार्थ ल्याउन पाउादैनौं भन्दा पनि हस् हजुर भनेर सर्तवन्दी हुन मान्यौं । किन ? अत्यावश्यक वस्तुमा समेत नाकावन्दी गर्ने अमानवीय सोच राखेको शक्तिले भोलि सर नपर्दा रक्सौलबाट चावी बन्द गरिदियो भने त अमलेखगञ्जमा पेट्रोल आउादैन त ? यति सामान्य ज्ञान भएर पनि भारतकै दबाबमा पाइपलाइन बिछ्याउन हामी तैयार भएका छौं । जुन कुरा गलत निर्णय हुनसक्छ । सबैभन्दा पहिले त भारतबाट नेपालमाथि कहिल्यै नाकावन्दी गर्दैन भन्ने प्रत्याभूति लिनुपथ्र्यो र त्यसपछि थप निर्णयमा पुग्दा उचित हुन्थ्यो ।
अर्थात, भारतले भनेपछि टाउकाले टेकेर दौडन खोज्ने प्रवृत्ति राजनीतिमा हावी छ । यो प्रवृत्ति रहेसम्म नेपालको विकास र समृद्धि सम्भव नै छेन । जनताको विश्वास आर्जन गर्नेभन्दा विदेशीको साखुल्य बन्ने प्रवृत्ति हावी भएकाले आज आम नागरिकमा द्विविधा यही छ कि कसलाई विश्वास गर्ने ?
जनताको काम मतदान गर्नुमा सिमित छ । यो अवस्था लोकतन्त्रप्रति मजाक हो, दुर्भाग्य हो । यस्तो चाला अव रोकिनुपर्छ । जनमत लिनेले जनताप्रति जिम्मेवार हुनैपर्छ भन्ने वातावरण सिर्जन ागर्न जरुरी छ ।