धर्मरत्न श्रेष्ठ-
नेपाल राष्ट्र बैंक र स्टेट बैंक अफ पाकिस्तानका वीचमा एक सम्झौता भएको छ । यो सम्झौता भएपछि नेपाल र पाकिस्तानवीच सुपरभिजन तथा एक्सचेन्ज अफ सुपरभिजर इन्फरेशनका क्षेत्रमा सहकार्य गर्न सहज भएको छ ।
हुन त यस अघि पाकिस्तानको हविव बैंक र नेपाली साझेदारीमा धेरै वर्ष अघिदेखि नै हिमालयन बैंक सञ्चालनमा आएको हो । यो बैंकमा हबिब बैंकको २० प्रतिशत शेयर रहेको थाहा भएको छ । यो समझदारी पत्रमा दुबै मुलुकका केन्द्रिय बैंकको हस्ताक्षर भएकाकाले द्विपक्षीय व्यापार सम्बन्ध विस्तार हुने तथा अन्तरदेशीय बैंकिङ् सुपरभिजनका क्षेत्रमा मिलेर काम गर्न बाटो खुलेको छ । पाकिस्तानले बंगलादेश, श्रीलंकापछि नेपालसाग यस्तो समझदारी गरेको हो ।
नेपाल पाकिस्तानवीचको वैंकिङ सम्बन्ध बिस्तारबाट भारत खुश देखिदैन । कतिपय समाचार र भारतले गर्ने व्यवहारमा भिन्नता आउन थालिसकेको छ । भारत चाहन्छ, नेपालको सबै प्रकारका सम्बन्ध र लेनदेन भारतबाटमात्र होस् । नेपालको सम्बन्ध भारतको सहमति बेगर अघि बढेकोमा नाखुश हुने गरेको छ ।
भारतले नाकावन्दी गर्दा नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्यायो । अहिले चीनले तातोपानी नाकाभन्दा सहज र सरल तरिकाले केरुङ नाका खोलिदिएको छ । चीन यही नाकाबाट नेपाल र दक्षिण दक्षिण सम्बन्ध विकसित गर्न रेलसेवा बिस्तार गर्दैछ । चीनले सिल्क रोडको नीतिलाई पनि अघि बढाएको छ ।
चीन यसरी आक्रामक रुपमा नेपाल प्रवेश गरेको र भारतीय एकाधिपत्य कमजोर पारेर अघि बढेको भारतलाई असह्य हुनेगर्छ भन्ने कुराको दुई उदाहरण दिन सकिन्छ । पहिलो भारतले हजार र ५ सयका नोट खारेज गरेर नयाा नोट प्रचलनमा ल्यायो । भारतकै समर्थन र स्वीकृतिमा नेपालले डलरबाट किनेको भारु नेपालमा प्रचलनमा ल्याएको हो र २५ हजारसम्म प्रतिव्यक्ति राख्न पाउने सुविधा पनि थियो । ती पुराना नोटहरुलाई भारतले अझैसम्म सटही गरिदिने व्यवस्था गरेको छैन । सटही हुन्छ कि हुन्न, यसै भन्न सकिने स्थिति छैन । दोस्रो भारतले सााढे ४ प्रतिशत सेवा शुल्क सीमा नाकाहरुमा लिन थालेको छ । अधिकांश आयात भारतबाट अथवा भारत भएरमात्र हुनेगर्छ । भारतबाट अथवा भारत भएर आयात गरिएका सामानहरुमा भारतले एकाएक यसरी सेवा शुल्क लिनु द्विपक्षीय सम्बन्धको गहिराईमा चिसोपन हुनु नै हो । एकातिर भारत नेपाललाई अस्थिर पारिरहेको छ, अर्कातिर नेपालको आर्थिक स्थिति डावाडोल पार्न लागिपरेको छ । यस्तो अवस्थामा नेपाल पाकिस्तानवीचको आर्थिक सम्बन्ध विकास भएको भारतले देखिसहला र ?