Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हुँदैन संविधान कार्यान्वयन

०२ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

शाश्वत शर्मा- 
फागुन ५ गतेपछि पूर्वराजा सक्रिय हुने : योमुरुख्य समाचारको खबर अहिले प्रायजसो अनलाइन मिडियाहरुमा अइरहेका छन् । बेंकक भ्रमणबाट हालै फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह सकृय हुनलाइ फाुगन ५ नै किन पर्खिनुपथ्र्यो र ? बेला बेलामा हुने देशाटन, वक्तव्य, अन्तर्वार्ताहरुमा पनि पूर्वराजा सकृय भइरहेको लख काट्न सकिन्छ । त्यसो त, फागुन ५ गतेको साइत पूर्वराजाको आधिकारिक साइत होइन । वामपन्थी हुादै कांग्रेस भएर अहिले कांग्रेसी कित्तामा पनि ठिक, राजा ज्ञानेन्द्रको कित्तामा पनि उत्तिकै ठिक हुने एकजना पत्रकारले आफ्नो साप्ताहिकमा समाचार दिएपछि चर्चित भएको हो । त्यसो त उक्तफागुन ५ को साइतलाई लिएर कतिपयले ज्योतिषीसाग परामर्श लिएर मात्र पूर्वराजाले सक्रियता देखाउन थालेका हुन् कि भन्ने अनुमान पनि गरिन्छ । फागुन ५ गते धनुले बृश्चिक राशीलाई छाडेर धनु राशीमा प्रवेश गरेको दिनलाई उत्तम साइत ठानेछन् पूर्वराजाले भन्ने पनि देखिए । खासगरी ज्योतिषी र तन्त्रमन्त्रमा विश्वास राख्ने पूर्वराजालई लिएर यस्ता टिकाटिप्पणी हुनु अस्वभाविक भने होइन ।
जेहोस्, चर्चित वैंकक भ्रमणपछिको रिजल्ट हेर्न सबै आतुर छन् । त्यो त, अघि अघि पनि पूर्वराजा बैंकक नगएका होइनन् । तर यसपटक भारतीय र चिनियाँ सुरक्षा अधिकारीसँग वार्ता गर्ने भन्ने कुराले अलि बढी चर्चा पाएको देखिन्छ । फेरि समाचारमा आएअनुसार जस्तो पूर्वरा फर्किदा दिल्ली हुँदै फर्किए वा फर्किएनन् ? त्यसको आधिकारिक पुष्टी हुनसकेन ।
आफूलाई राजतन्त्रवादी कांग्रेस भन्न रुचाउने उक्त साप्ताहिकको यो समाचारपछि अरु त कुरै छाडौं स्वयं राजावादीहरु अन्यौलमा देखिन्छन् । कहाँबाट भ्रमण सुरु गर्ने हो ? त्यो अहिलेसम्म प्रकाशमा आएको छैन । पूर्वराजाले देश संकटमा परेको बुझिसकेका छन्, त्यो संकट मोचनका लागि देशाटन, जनतासँग काँधमा काँध मिलाउन अघि सर्ने हो भने योभन्दा देशभक्ति अरु हुनैसक्दैन । किनभने छाडा साँढे बनेका राजनीतिक दलहरुलाई खबरदार भन्नेसम्म पनि कोही भएन ।
पहिले पहिले नागरिक समाज, बुद्धिजीवी, अधिकारकर्मीहरु खुब सलबलाउँथे, राजाले यसो गर्‍यो, उसो गर्‍यो भनेर हल्लाखल्ला गर्थे । आज देश जोखिममा परिसकेको छ, विदेशीहरुको चलखेल व्यापक रुपमा बढेर गएको छ, स्वतन्त्रको नाममा परतन्त्र हावी भइसकेको छ । यो अवस्थामा पनि सबै चुपचाप बस्नुले विदेशीको छनक मनक देखिन्छ, स्वदेशीको मौनताले खतरा बढेर गएको छ र यस्तो अवस्थामा पूर्वराजा सक्रिय भइदिए भने समाचारमात्र गजबको हुने होइन, देश बचाउने मूल मन्त्र र सूत्र समेत यही सक्रियता बन्नसक्छ ।
पूर्वराजा ०४७ सालको संविधान ब्यूँताउन लागिपर्ने समाचार छ । पूर्वराजा सडकमै उत्रिने हो भने त्यसको पूर्व जानकारी सार्वजनिक हुनुपर्ने हो, किन हुन सकेन, धेरैको जिज्ञासा पनि छ । सक्रिय राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनमा होमिन तैयारी गरिरहेका बेलामा पूर्वराजाको सक्रियताको समाचारले अनेक अर्थ निकाल्न लागिएको छ । यद्यपि ठूला दलहरुमा विवाद छ, संविधान संशोधनदेखि कार्यान्वयनसम्मको बबाल जारी नै छ । संविधान संशोधनले मधेसको कुन चाहिं माग पूरा गर्छ स्पष्ट छैन तर पहाड र मधेस अलग गर्ने भारतीय षडयन्त्रको संवोधन हुन्छ भनेर न सत्तारुढ माओवादी, कांग्रेसले भन्न सकेको छ, न आन्दोलनरत मधेसी मोर्चाले नै स्पष्ट पार्न सकेको छ । नेपालको संविधान संशोधनले विदेशीको इच्छापूर्ति हुने कुरामा ज्यान फालेर लागेका दलहरु कतिसम्म गएगुज्रेका रहेछन्, यतिबेला आमनागरिकले प्रष्टै देखिरहेका छन् ।
लोकतन्त्रमा लोक के चाहन्छ, लोकको अपेक्षापूर्तिमा दलहरु लाग्नुपर्ने हो, हाम्रो लोकतन्त्रमा त विदेशी के चाहन्छ भनेर त्यो पूर्ति गर्न राजनीतिक दलहरु लागिरहेका छन् । जनता जे हुन्न भन्छन्, दलहरु हुन्छ भनिरहेका छन् । यो लोकतन्त्रको दुर्भाग्य, देशको दुर्भाग्य र दलहरुको नैतिकहीनता हो ।
संविधान संशोधन र निर्वाचन : ठूलै मुद्दा हो राजनीतिको । परिवर्तनले स्वभाविक कोर्ष लिन सकेन । देशको अस्तित्व नै संकटमा पर्न थालिसक्यो । संविधान र चुनावकै कारण राजनीतिक दुर्घटना सन्निकट देखिन्छ । राजनीतिक सहमति पर पर धकेलिएको यो स्थितिमा चुनाव घोषणा भइहाले पनि त्यो क्षणिक न्यानोमात्र हुनेछ । मूलमुद्दा देश र जनताको स्वाधीनता र सार्वभौमिकता हो, त्यो मुद्दामा राजनीतिक दलहरु घातक शिद्ध भएका छन् । यसकारण पूर्वराजा सक्रिय भइदिए भने राजतन्त्रभन्दा पनि देशको अस्तित्व बचाउन मद्दत पुग्नेथियो ।