स्वयम्भुनाथ कार्की-
नेपालीको राष्ट्रप्रेमलाई हमेशा कठघरामा खडा गरियो । कहाँसम्म भने राष्ट्रवादको उच्चारण गर्न पनि धक मान्नु पर्ने अवस्था पनि श्रृजना भयो । नेपालीले राष्ट्रको प्रतिक मानेका हरेक विम्बहरुमा प्रहार हुदैछ । कुनै ढालि सकियो कुनैमा ढाल्न प्रहार हँुदैछ , हुँदाहुँदा देशको नाम पनि कसै कसैलाई अपच भयो । झण्डा कसैलाई अपच भएको छ । पृथ्वीनारायण शाहले दुई केपुचिन पादरीलाई देश निकाला गर्दा विजारोपण भएको मुलुक विखण्डन गर्ने षडयन्त्रले अहिले बिरुवाको रुप लिदैछ भनेर भन्दा अन्धो राष्ट्रवादको संज्ञा दिइयो । राष्ट्रका विम्वमा हमला गर्न कोही सशरिर बाहिरबाट आउनु परेन । नेपालका नेता, अगुवा, बुद्धिजििवहरुले नै यो हमला गरे । अवोध सचारकर्मीहरु यसलाई लोकतन्त्रको समर्थन सम्झे, पत्तै नपाई यस्ता विद्वेषका स्वरहरु मुखरित गरेर जनतामा बिष घोल्न घण्टौं समय उपलब्ध गराई रहे, हजारौ पेजहरु रंगाउन दिई रहे । अर्थात ‘सौताको डाहले पोईको काख .....’ ।
अचानक सि के राउत भन्ने एक पात्र चर्चामा आए । मधेश अलग राष्ट्र हो भनेर मधेस मुक्ति क्रान्तिको उद्धोष गर्दै । जब यी पक्राउ परे नेपालीको मुटुमा रहेको देश दुख्यो , हरेक माध्यममा तीनको विरोधमा स्वर उठ्दैछन , आक्रोस व्यक्त हुदैछन , यो स्वभाविक पनि हो । तिनको पक्षमा मानवधिकारको कुरा उठाउनेहरुको मुखमा ताल्चा लगाउनु पर्दछ भनेर चर्को स्वर उठेका छन । यो कुरा भने आक्रोस मुक्त भएर हेर्ने हो भने उचित हैन । ‘टाँसेर आफ्नो अंग हुदैन ’ त्यसैले कसैलाई उनको पक्षमा लाग्न नदिएर त्यसलाई राष्ट्रप्रेमी बनाउन सकिन्न । उदाहरणको निमित्त माहाभारतको शल्य प्रसंग नै प्रयाप्त छ, नकुल र सहदेवका मामा शल्यलाई दुर्योधनले जवरजस्ती आफ्नो सेनामा हुल्दा महारथी कर्णको मृत्युको कारक बन्न पुग्यो । कौरवको सेनापति भएर युद्ध गर्दा पनि शल्यले पाण्डव कै हित गरे । त्यसैले यो राम्रो मौका हो को एकताको पक्षधर को विखण्डनको पक्षधर भनेर ध्रुबिकरण हुन दिनु पर्दछ ।
जहासम्म सि के राउतले उठाएका कुरा छन त्यो खुल्लामनले हेर्ने हो भने त्यसमा पनि प्रश्न उठाउन सकिने प्रसस्त ठाउँ छन, तर त्यसो गर्दा अहिले राम्रो भनेको फिटिक्कै नगरेको भनेर भनिएको कालखण्डमा भएका सकारात्मक कुराहरुको उल्लेख गर्नु पर्दछ । अनि यसो गर्नु भनेको अपराध नै ठान्नेहरु बरु मुलुक विखण्डन भए होस ज्यान गए जाओस् ती कुरा उल्लेख नै गर्दिन भनेर अड्डि कसेका छन । उनीहरुलाई सबैभन्दा ठुलो कुरा कुनै कालखण्डको विरोध नै भएको छ चाहे त्यसको निमित्त जुनसुकै मुल्य चुकाउनु परोस । नत्र अरुलाई मात्र हैन सप्तरीका सि केलाई नेपालको न्यायक्षेत्र, प्रविधिक क्षेत्र, शिक्षण क्षेत्र आदिमा कुनै वेला बाक्लै उनले मदेसी भनेका नेपालीहरुको उपस्थिति थियो त्यसमा पनि विषेश गरेर सप्तरी अग्रस्थानमा थियो भन्ने कुरा थाहा नभएको हैन । नेपालको कुनै पनि स्थानमा यस्तो विद्यालय पाउन कठिन हुन्थ्यो जहाँ कम से कम एक शिक्षक सप्तरीबाट नहोस । बहुदलिय प्रजातन्त्रको पुर्नस्थापना पछि पञ्चायत छदै थिएन जस्तो गरेर छोपिनाले खेलखेलमा पनि मदेसी पहाडी उच्चारण गरेको कारणले पनि ढाडमा लोला बस्ने गरेर प्रहरीको डण्डा खाएका डाढ पनि छोपिए ।
आफै सुट टाईमा ठाँटिएका सिकेलाई पोशाकको कुराले कसरी अपमानित बनायो भनेर सोध्ने हिम्मत यी अग्रगामी भनाउदामा छैन । दिक्षान्त समारोहमा भाडाको गाउन र टोपी लगाएको फोटो टाँगेर राख्नेलाई कुनै समारोहको औपचारिक पोशाक हुन्छ र त्यो विधी पुग्नु पर्छ भन्ने थाहा नभएको कि बुझ पचाएको ? हुनत सर्लाहीका प्रभावशाली र राज्यमा पनि राम्रो मान भएका सहदेब प्र सिंहले नेपालमा बसाएको सितामढीको फेरीवाला व्यापारीको छोरा तिनै सहदेवका अंचलाधिश भएका छोरा शत्रुघन प्र सिंहका दाजु बलराम सिंहले ( जो वायुसेवा निगमका व्यापार प्रमुख थिए र बीआर सिंह कहलाउथे) काठमाडौ लिएर गए पछि लोडर नाईकेबाट अहिले प्रभावशाली भएका नेता राजेन्द्र महतोले पनि आफ्नो इतिहास भुलेको अभिनय गरेको, पढाई पुरा गरेर नेपालीसंग विवाह गरेर नेपाली भएकी सरिता गिरीलाई नेपाल नाम अपच भएको कुरा कसरी विद्वतवर्गलाई सामान्य लाग्छ त्यो पनि मनन योग्य नै छ ।
जहाँसम्म मदेश छुट्टै देश हो भन्ने तर्कको कुरा छ, प्रस्तुत कुरामा केवल केहि स्थान र जातिको नाम परिवर्तन गर्दा त्यो बोडो, कास्मिर, पञ्जाव मात्र हैन विश्वका अन्य मुलुकहरुमा पनि लागु हुन सक्छ । तर यहि तर्क भारतमा कसैले गर्यो भने भारतका तिनै नामहरु जो नेपालमा उठेका यिनै कुरालाई स्वभाभिक ठान्छन आफ्नोमा भने त्यसलाई राज्यद्रोह भन्छन । तिनीहरुलाई थाहा हुनु पर्ने हो कथंकदाचित नेपालमा आगो यो सफल भयो त्यसको लप्काले उनिहरुलाई पनि डढाउछ । जहाँसम्म मदेशी भनेर अलग गर्न खोजिएका नेपालीको प्रश्न छ उनिहरुलाई राम्रेरी थाहा छ कि यिनीहरु सफल भए भने आफुलाई त्यहि स्थानमा राख्नेछन जुन स्थानमा पाकिस्थानले ‘मुहाजिर’लाई राखेको छ । त्यसैले यस्ताका कुरा उठनै नदिने भुल गरिनु हुन्न यस्ताले उठाएका प्रत्येक कुराको जवाफ राष्ट्रवादीहरु संग छ । सत्ताधारीहरु र कथित अग्रगामीहरु संग त्यो जवाफ दिने नैतिकता नै बचेको छैन भनेर जनता पनि कमजोर छ भन्ने नठाने हुन्छ । यो नेपालको राष्ट्रवादको निमित्त राम्रो अवसर हो । को देशलाई माया गर्छ, को देशलाई माया गरेको जस्तो गरेर घात गर्छ ? त्यो चिन्न जजसले जुनजुन पक्ष लिन चाहान्छ त्यसलाई त्यो पक्ष खुलेर लिन दिनु पर्दछ ।