Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राष्ट्रियता, लोकतन्त्र र नेपाल

०९ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

शेखर ढुंगेल- 
नेपालको सार्बभौम अस्तित्वको लडाइमा फसेको ७ दशक  भयो । बिश्वको  १७औं जेष्ठ देश नेपालको यो नियति लज्जास्पद र विडम्बनायुक्त छ । नेपाल  आज हाम्रो बौद्धिक पराधीनताको पछिल्लो उदाहरण बन्न पुगेको छ । न त हामी लोकतन्त्र संस्थागत गर्न सक्षम भयौ, न  राष्ट्रियताप्रति ढुक्क हुन सकेका छौ । लोकतन्त्रको नाममा भारतको वा युरोपियानको हस्तक्षेप वा राष्ट्रियताको नाममा भारत बिरोधी भावना किन छ ? र, अब कतिन्जेल ? २००७ को परिबर्तन पश्चात ७ दशकसम्म निरन्तर भारत बिरोधी सेन्टिमेन्ट को राजनीति दुवै देशको हितमा छैन । यो  भावना किन अन्त हुन सकेको छैन ? यस बिषयमा भारतको मात्र एक तर्फी दोष छ वा हाम्रा कथित नेतृत्व वा शासकहरुको कमजोरी पनि छ ? नेपालमा  छिमेकी वा बिदेशीको हस्तक्षेपको लागि   बाताबरण र सहजताको ढोका खोल्ने को   हो ? नेपालले इष्ट इन्डिया कम्पनी 
(ब्रिटिश)सित युद्ध नै लडेर आफ्नो सार्बभौमिकतालाई अक्षुण राख्न सफल भएको थियो भने भारत स्वतन्त्र भए पश्चात् बिबिध बिषयमा अविस्वास वा असमझदारी अनि भूबनौटको कारण धार्मिक सास्कृतिक भाषिकजस्ता अनेक बिषयमा सबैभन्दा नजिकको मित्रता  भएर पनि सधै थिचोमिचो वा असमझदारीको बाताबरण सृजना हुनु दुवै देशको हितमा छैन । शासकहरुले बिगत ७ दशक अगाडी देखिनै नेपालको राष्ट्रियता माथि भारतीय खतरा मात्र देखाउादै आयो तर युरोपियन अमेरिकन अनि चिनियाा खतरालाई छायाामा पार्यो । आज परिणाम यहाासम्म आइ पुग्यो कि स्वयम् भारत नेपालमा उपस्थित युरोपियन अमेरिकन र चिनियाा मार्फत उसको राष्ट्रिय सुरक्षामा समेत  खतरा महसुस वा सशंकित हुनुपर्ने अबस्थामा हामीले पुर्याई दिएका छौ । नेपालले अब कि सिधासिधा यो सन्धि सम्झौता खारेजी वा यो यो बुंदा खारेजी परिबर्तन वा परिमार्जित गरौं भन्न सक्नुपर्यो कि अब चुप लागेर परिस्थिति लाई सामना वा ब्यबस्थापनका बिकल्प निर्माण गर्नुपर्छ । राष्ट्रियताको नाममा भारत बिरोधी सुगा रटाइ अन्त हुनुपर्छ । राजनैतिक व्यापारको लागि नागरिक सतहमा पुग्ने गरि वैमनस्यता बढ्ने बढाउने प्रवृतिको अन्त हुनुपर्छ । दुई छिमेकीको सुरक्षा चासो लाइ नेपालले पुलको रुपमा रहेछ सम्बोधन अनि बिश्वस्त पारि दुई छिमेकीलाई नजिक पुर्याउन अहम् भूमिका खेल्नु नै नेपालको राष्ट्रियतालाई बलियो र सम्बृद्ध पार्ने उत्तम बिकल्प हुन्छ ।
जात क्षेत्रीयता र बादभन्दा माथि उठेर प्रत्यक नागरिक जो राष्ट्रप्रतिको जिम्मेवारीलाई बिबेकपूर्ण तरिकाले सम्बोधन गर्न चाहन्छन । सत्तामा पुग्न र सत्ता जोगाइ राख्न दक्षिणको ‘समर्थन’ वा बिरोधको कुरो किन उठ्छ ? तराईबासी नेपालीलाई बिहारी (भारतीय) को बिल्ला किन र कतिन्जेल भिराइ रहने ? परिभाषित हुनुपर्छ र स्पष्ट हुनुपर्छ । समय समयमा बिभिन्न दल बिभिन्न सम्झौताको कुरो उठाउने अनि राष्ट्रबादी हुने धुत्र्याईपूर्ण नाटक मन्चन हुन्छ तर न त पंचायत न बहुदल पश्चात कम्युनिष्ठले अनि स्वघोषित उग्र राष्ट्रबादी नारा बोकेको एमाओबादीले कुनै सन्धि सम्झौता खारेज गर्ने संसोधन वा परिमार्जित गर्ने गराउने प्रयास गर्यो । फेरी किन अझै भारत बिरोधि सेन्टिमेन्टलाई जिउदो वा निरन्तर दिन अभिप्रेरित छौ ? उपचार बिहिन बनाएर यो सेन्टिमेन्टलाई जिउादो किन राखिरहेका छौ ? गम्भीर विश्लेषण गरेर टुंगो लगाउनु ढिला भैसकेको छ । कहिले माटोलाई छोएर देश र देशबासीको नाममा राजनीति गर्ने कसम खाने ? केही राजाबादी र कम्युनिष्टहरुले लोकतन्त्र बादीहरुलाई दक्षिणको को छिमेकी को दलाल भनेर राजनीति गर्ने ? अनि कहिले त्यो  आरोपबाट लोकतन्त्रबादी मुक्त हुने ? नेपालको राष्ट्रियताको नाममा जोडिएको अर्को बिषय हो नागरिकता यस बिषयमा जति  दक्षिणतिरको कुरो उठ्छ त्यति उत्तरको उठेको छैन तर गृह मन्त्रालयमा समेटिएको र  न समेटिएको तथ्यांकलाई स्वतन्त्र अध्ययन गर्ने हो भने उत्तर पनि दक्षिणतिर जतिकै अंगिकृत वा अनियमितताबाट ग्रसित छ ।तसर्थ अब नेपालले पनि अमेरिका बेलायत अष्ट्रेलियाको झौ नागरिकता वितरण गर्दा बंसज होस् वा अंगिकृतलाई सामुहिक रुपमा राष्ट्रिय झन्डा मुनि राष्ट्रिय गित गाएर न्यायाधीशको अगाडी “देश प्रति इमान्दार रही काम गर्नेछु देशहित बिपरित काम गर्दिन’ भनेर शपथ खुवाउने नियम बनाउनु परेको छ साथै अंगिकृतलाई ३ देखि ५ बर्ष अस्थायी नागरिकता दिने र उसको चालचलन नेपालको हित बिपरित छैन भन्ने लागे मात्र स्थायी नागरिकता दिने गर्नुपर्छ ।
लोकतन्त्र र  राष्ट्रियताको कुरो गर्दा नेता वी पी र राजा महेन्ऽको स्मरण गर्न‘ पर्ने हुन्छ । वी पी र महेन्ऽ थप १० बर्ष मात्र बााची दिएको भए प्रजातन्त्र र राष्ट्रियता मजबुत हुन्थ्यो नेपाल बिश्वकै अनुकरणीय रुपमा बिकसित हुन्थ्यो । वी पी र महेन्ऽले नै नेपालको स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अस्तित्व लाइ बिश्व सामु चिनाउन सफल भए त्यसको बिरुद्ध कहिले वी पी को बिरुद्ध महेन्ऽ त कहिले महेन्ऽ, वीरेन्ऽ बिरुद्ध बिपी प्रयोग भए । यो कुरो महेन्ऽको देहान्त पश्चात २०३३ सालमा वी पीलाई महसुस भयो र उनी स्वदेश फर्किए जनमतलाइ स्वीकार गरे । वी पीको एउटा कमजोरी अहिले महसुस हुन पुग्यो उनले आफु पछिको उत्तराधिकारी तयार गर्न असफल भए । यदि एक कुसल उत्तराधिकारी तयार गर्न सकेको भए पंचायत पश्चात प्रजातन्त्र मार्फत नेपाल झन् अनुकरणीय रुपमा प्रगति तर्फ अगाडी बढ्थ्यो । त्यसो हुन सकेन र  लोकतन्त्र कमजोर मात्र होइन असफल नै भयो र कारण स्वार्थी अदूरदर्शी सत्तालिप्त झुण्ड को रुपमा लोकतान्त्रिक भनिएका दलहरु  अगाडी बढे त्यह नै आजको यो बिडम्बनायुक्त परिणति हो । 
०६३ सालपछि कांग्रेस लगायतका दलहरु  माओबादीको एजेन्डाको पुच्छर भए । राष्ट्रियता बिहिन लोकतन्त्र र  लोकतन्त्र बिहिन राष्ट्रियताको कल्पना गर्न सकिदैन । यी दुई बिषयको मिलन एकता र स्थायित्वले नै देशले काचुली फेर्न सक्छ । अहिले वी पी र महेन्ऽको  परिकल्पना गर्न सकिदैन । नागरिकको मानसिकतामा ठूलो परिबर्तन आइसक्यो तसर्थ समय साक्षेप लोकतन्त्र र ग्लोबलाइजेसनको अबधारणा अनुरुप राष्ट्रिय स्वार्थलाई फराकिलो रुपमा परिभाषित गर्नुपर्ने अवस्था छ ।
नेपालजस्तो सानो देशको लागि उसको राष्ट्रियता भनेको उच्चस्तरीय शान्त कुटनीति मार्फत चलाखीपूर्बक देशलाई आत्मनिर्भर बनाउनको लागि आकर्षित गर्नु हो । “देश भनेको चारैतिर रेखांकित कुनै भूभाग मात्र  होइन देश भित्र उसको मौलिक धर्म, सस्कृति सामाजिक परम्परा भाषा  भेष जस्ता  विशिष्टता हुन्छ । नेपाल जस्तो देशको आफ्नै मौलिकता बचाई राख्नु पनि राष्ट्रियताको अर्को पाटो हुन्छ । नेपालको लागि त झनै गम्भीर हुनुपर्ने स्थिति छ तर यहाा नेतृत्व बर्ग बिबेकहीन र गैह्रजिम्मेवार भएर प्रस्तुत भइरहेका छन्, जुन राष्ट्रियताका लागि धेरै चिन्ताको बिषय भएको छ ।