Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

लौ शुभकामना छ है

१६ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

शाश्वत शर्मा - 
यो मुलुकमा दुई व्यक्तित्वप्रति जनताको अध्यधिक चासो देखिन थालेको छ । पहिलो पूर्वराजा र दोश्रो प्रधानसेनापति राजेन्द्र क्षेत्री । लोकतन्त्र, नेता, महानेता जोकोहीको कुनै चासो राख्न छाडिसके आमनागरिकहरुले ।
फागुन ७ गतेको पूर्वराजाको प्रजातन्त्र दिवसको कडा सन्देशपछि सेना दिवस, फागुन १३ गते प्रधानसेनापतिको झन कडा खालको सन्देश आएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सकल दर्जालाई संवोधन गर्दै बिखण्डनकारी समूहलाई निस्तेज पार्न नेपाली सेना सदैव तैयार छ भन्ने स्पष्ट पारेका छन् । पुर्षाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छिनीय गतविधिलाई निस्तेज गर्न नेपाली सेना हरहमेसा तैयार रहनेछ भन्ने स्पष्ट पारेर प्रधानसेनापतिले नेपाली सेना नमकको सोझो गर्न सदैव सक्रिय छ भन्ने सन्देश दिएका छन् । र, अराष्ट्रवादीहरुलाई मुखभरिको जवाफ दिन सफल भएका छन् ।
वास्तवमा नेपाली सेनाप्रति अझै पनि बहुसंख्यक नेपालीहरुको विश्वास छ । धेरैको विश्वास छ कि नेपालमा यही एउटा संस्था हो, जसमा विदेशीहरु छिर्न र स्वदेशी नेताहरुले चाहेर पनि राजनीतिकरण गर्न सकेका छैनन् । होलान्, एकाधको उठबस त्यस्ताहरुसँग होला तर नेपाली सेना व्यवसायिक संगठनका रुपमा चोखो छ । देख्नेले दूतावासको सक्रियता र सिमाना संकुचन, अतिक्रमणमा सेनाको कमजोरी देख्छन् तर संविधानले बाँधिदिएका कारण जनमत र संविधानभन्दा बाहिर ाजन सक्दैन । संविधान, ऐनकानुन र सरकारको आदेशलाई शिरोपर गर्ने सेना भएकाले अनुशासित छ ।
देशलाई संकट पर्दा संकटमोचकका रुपमा अन्तिम शक्ति यही नेपाली सेना हो । अहिले अतिवादीहरुले जसरी अखण्डतामाथि धावा बोल्ने क्रम बढाएका छन्, बाध्य भएर नेपाली सेनाले मुख खोल्नु परेको हो र बिखण्डनकारीलाई निस्तेज पार्न सक्षम छौं भनेको हो । यसमा पनि सरकारले संवैधानिक प्रक्रिया पुर्‍याएर सेना परिचालन गर्ने निर्णय गर्नैपर्छ । त्यो अवस्थामा नेपाली सेनाले कर्तव्य पूरा गर्ने पक्का छ ।
सरकारमाथि लम्पसारवादको आरोप लागेको छ । सरकार लम्पसारवादी नै भयो भने पनि परिआए नेपाली सेनाले सरकारलाई कन्भिन्स गर्छ, गर्छ र अन्तिम शक्तिका रुपमा अखण्ड नेपाललाई बिभाजित हुनबाट बचाउनेछ । बिखण्डनवादीहरुले सफल हुन्छु भनेर नसोचे पनि हुन्छ । नेपाली सेना बोलेपछि पूरा गर्ने राष्ट्रिय शक्ति हो, नेपाली सेनाले भनिसक्यो– बिखण्डनकारीहरुलाई निस्तेज पारिन्छ ।
नेपालमा सुरक्षा निकाय चारथरिका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राजनीतिक भागबण्डाले लोकतान्त्रिक महिमा र गरिमा गिराउने काम भयो । नोटका विटाको, भनसुन र राजनीतिक दबाब र प्रभाव खुलस्तै देखियो । हुन त न्यायाधीश नियुक्ती नै राजनीतिक भागबण्डामा हुने देशमा, देशका प्रतिनिधि राजदूतको नियुक्ती सिफारिस नै लेनदेनका आधारमा आरोप प्रत्यारोप लागिसकेको स्थिति देखिसकियो । राष्ट्रिय अनुसन्धान विभाग त गृहमन्त्री र सचिवको हुक्के बैठके बनेर चलेको छ । नेपाली सेनामात्र यस्तो संस्था हो, जसले देशको गौरव र जनताको विश्वास बरकरार राखेको देखिन्छ । यही संस्थाको आडभरोसामा यतिबेला नेपालको अस्तित्व कायम छ ।
ईश्वरलाई धन्यवाद । नेपाली सेना राजनीतिक भ्रष्टाचारको अखण्डा बनेको देखिदैन । राजनीतिक बिबादको मैदान बनेको छैन नेपाली सेना । प्रधानमन्त्रीले कटवाल प्रकरण गर्दा बाध्य भएर राष्ट्रपतिले सेनाको पक्षमा उभिनुपर्‍यो र त्यो विषालु प्रधानमन्त्रीको निर्णय लागू हुनबाट नेपाली सेना बच्यो, जोगियो । स्मरणीय छ, राजनीतिक कारणले भारतबाट लागू भएको नाकावन्दीको निराकरण समेत सैनिक कूटनीतिबाट हल भएको थियो । जुन देश हितको ताजा उदाहरण हो । दैवी प्रकोप, बाह्य आक्रमण र भित्री अशान्ति र विकास निर्माणमा समेत नेपाली सेनाको उपयोगकारी भूमिका देखिन थालेको छ । सेनाले कल्याणकारी काम अझ बढाओस् ।