Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गन्तव्यविहीन अभियानका अभियन्ता

१६ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - 
नेपालीमा एउटा उखान छ ‘आशलाग्दो केटो, जेठाजु पर्‍यो’ । राजसंस्था र राष्ट्रवाद वर्तमान नेपालमा एक अर्काका परिपुरक हुन भन्नेधार बोक्नेहरुलाई लगातार यो उखान चरितार्थ हुँदैछ । राप्रपाहरुको चटक सरहको नाटकले विस्तारै त्यतावाट मोहभंग हँुदै गएको अवस्था हो । गणतन्त्रवादी धारका सय भन्दा धेरै दल हुँदा ‘भ्यागुताको धार्नी’ पुर्‍याउन जस्तै असंभव प्राय: भएका राष्ट्रवादीहरु चाँही किन बषौं एकै दल हुनु पर्ने जिद्धीमा छन ? यही जिद्धीले राष्ट्रवादीहरु वारंवार ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भोग्न वाध्य छन ।
राप्रपा पुराना पञ्चहरुको दल हो, यो कुरा पञ्चायतको समाप्ती पछि जन्मेर राप्रपाका सदस्य भएकाहरुले नमान्न सक्छन् । तर राप्रपका सदस्यहरुले बाहेक संसारले मानेको कुरा भने यही हो कि यो  राजावादी र पञ्चहरुको दल हो । राप्रपाको एक घटकले खुल्ला रुपमा गणतन्त्रको पक्षमा भएको घोषणा गर्‍यो । त्यसका केही ठूला भनिने नेताहरुले  तल्लो श्रेणीमा झरेर ‘मन्दिर घुमेर गद्धी फर्काउने सपना नदेख्न चेतावनी’ भन्न समेत भ्याए । तै पनि कसैले उनिहरुलाई पत्याएन । राप्रपाबाट राप्रपा नेपाल चोईटिनुको कारण पनि राजसंस्थाको वारेमा धर्मर नीति नै थियो ।
राप्रपा नेपाल, राप्रपा नेपाल समानान्तर आदि सबैको विभाजनको कारण पनि राजसंस्थाबारेको धारणा नै थियो । एकले अर्कालाई राजसंस्था छोडेको आरोप लगाई रहे । मानौ राष्ट्रवाद र राजसंस्था आफुलाई उजिल्याउने वस्तु हो । झगडा यसको सर्वाधिकारमा दावीको थियो । जतिनै गरेपनि गणतन्त्रवादीले नपत्याउने अनि राष्ट्रवादीले पराई ठान्ने ‘धोबीको कुकुर घरको न घाटको’ भएको कुरा राप्रपाले संविधानसभाको दोश्रो चुनाव परिणामले देख्यो । तैपनि सत्ताको चास्नी, तुरन्त फर्कन नजरशर्मी भएकाले ‘पञ्च एकता’को आधारमा एकिकरणको हल्ला चलाईयो । यो हल्लालाई दुवैतर्फ रहेका आत्मादेखि नै राष्ट्रवादी कार्यकर्ताहरुमा आश जगाई दियो ।
सिद्धान्त पछि तय गर्ने गरेर गरेको एकतामा राणा शासकका वंशका राणाले राजालाई ‘कठपुतली’ बनाउने राजसंस्थाको अवधारणा पारित गराउन सफल पनि भए । यति मानिदिएकोमा कमलथापालाई चाँदीको थालमा अध्यक्ष पनि सुम्पन तैयार भए । केन्द्रिय सदस्यको उम्मेदवार हुन ७ हजार , अनि अध्यक्षको उम्मेदवार हुन ५० हजारको प्रावधान निश्चित दायरामा पार्टीलाई राख्ने र अरु सदस्यहरुलाई दास बनाउने प्रयत्न हो । कुनैवेला राष्ट्रनायक भनेको र ‘वरद नेतत्व’ पाएकोमा गौरव गर्ने गरेको राजसंस्थालाई त खोपाको स्याउ बनाउने प्रस्ताव पारित हुन्छ भने अरुको त के नै कुरा भयो र ? जनभावनाको आड लिनै पर्दैन हरेक सार्वजनिक उपस्थितिमा जनताले लगाउने नारा ‘राजा आउ देश बचाउ’ पक्कै पनि खोपाको स्याउ खोजेको उद्वोधन हैन ।
वर्तमानमा नेपालको आवस्यकता भनेको एकमात्र राष्ट्रवादी दल हैन धेरै राष्ट्रवादी दलहरु हुन । तर एक अर्कामा सौतानी डाह गरेर झगडा गर्ने हैन मुलभूत काममा सहकार्य गर्ने एक अर्काका सहयोगी । राष्ट्रवादीहरुलाई एक दलमा समेटन संभव नै छैन । एकै दलबाट फुटेर दुईदल भएकाहरुको एकिकरणमा त केही समयको निमित्त नै किन नहोस दुई अध्यक्षको सुत्र प्रयोग गर्नु पर्‍यो भने एक अर्काका समातान्तर वसेका राष्ट्रवादीहरु जोडेर एक बन्ने दलमा कति अध्यक्ष पद चाहिएला ? त्यसैले राष्ट्रवादीहरु बीचमा एकिकरण संभव नै छैन, चाहे यसको निमित्त अर्को एक शताव्दी नै खर्च गरियोस । तर इमान्दार प्रयत्न हुने हो भने अर्को घण्टादेखि नै सहकार्य र सहयात्रा भने संभव छ ।
केही समय यता यही सहकार्य र सहयात्राको अभियान लिएर केही समुह, संगठनहरु सामुन्ने आएका छन । कुनै दलको हैन राष्ट्रिय झण्डाको मुनी गोलवन्द हुन गरिएको आव्हान साँच्चै आशाको किरण भएको थियो । यहाँ शव्द थियो प्रयोग भएको छ यसको अर्थ अव आशा ओईलाउदै जाने परिस्थिति बन्दै छ  । यो दुभाग्यपुर्ण त हो तर सत्य हो । सानेवाबुका छोरा सिनेट श्रेष्टको प्रयासले बढदै गरेको बृहद राष्ट्रवादी मोर्चाको सल्लाहकारमा एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानका संयोजक केशर बहानुर बिष्ट रहनु र अभियानको उपाध्यक्षमा सिनेट श्रेष्ट रहनुले प्रारंभ ठिक भएको थियो ।
केशर बहादुर बिष्टबाट राष्ट्रवादीहरुले आश गर्नसक्ने धेरै कुरा हुँदाहुँदै अहिले उनी नै गन्तव्य बिहिन बनेका जस्ता छन । तुफानी दौडाहा गर्दैछन तर त्यो दौडाहा राष्ट्रवादी खोजेर एकीकृत गर्ने भन्दा माला लगाउने र भाषण गर्नेमा समेटिदैछन । उनी आफुले जिम्मेवारी दिएका मार्फत मात्र राष्ट्रवादीलाई देख्छन वा सुन्छन जस्तो लाग्नु दुखद हो । कतै जसरी भए पनि मान्छे जम्मा गरेर गरेको भाषणले न सहकार्य र सहयात्राको वातावरण वन्छ न भलो नै हुन्छ । हो अर्को दल खोल्ने हो भने उनी ठिक कार्य नीतिमा छन । तर हाललाई उनी जेठाजु परेको आशलाग्दो केटामा रुपान्तरण हुँदैछन । त्यसैले यो खवरदारी आवश्यक छ, मर्जी यी दुई मुख्य अभियन्ताहरु कै ।