Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कांग्रेसलाई जिल पार्ने कानेखुसी

२३ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

रोशन कार्की - 
खुलेआम भागबण्डा गर्ने र सत्ताको भागबण्डामा कानेखुसी गर्ने चलन लोकतन्त्र आएपछि निकै बढेको छ । आफैले खडा गरेको ओली शासनलाई देउवासँग कानेखुशी गरेर गर्लम्मै ढलाएका प्रचण्ड प्रधानमन्त्री बने । कानेखुशीमै देउवासँग ९, ९ महिनाको शासन आलोपालो गर्ने कानेखुशी भएकै हो, यस्तो कानेखुशीलाई यिनले भद्र सहमति भन्ने गरेका छन् ।
जसरी कानेखुशीको भद्रसहमति ओलीले मानेनन् र प्रचण्डले तोडे, अहिले देउवासँगको भद्र कानेखुशीलाई प्रचण्डले अमान्य गर्नका लागि ओलीसँग कानेखुशी गर्न थालेको देखिन्छ । संशयमा परेका देउवाले प्रचण्डलाई भनिसकेका छन् कि जेठ १ गते सत्ता छाड्नुपर्छ, अर्थात मलाई प्रधानमन्त्री बनाउनु पर्छ । प्रचण्ड भने ओलीसँग कानेखुशी गरेर नयाँ भद्रसहमति गर्नेतिर प्रेरित भएको देखिदैछ ।
संविधान संशोधन गरेर मधेसीलाई खुशी पारेर चुनाव जित्ने प्रचण्डको सपना शोम शर्माको सपना भइसक्यो । राप्रपाले समेत प्रचण्डलाई टेरेन र संशोधन न पास, न फेलको स्थितिमा घडीको रालो बनेर हल्लिन थालेको छ । स्वयम् प्रधानमन्त्री प्रचण्डले अव संशोधन पारित नहुने भो भनेर केही स्थानीय निकाय बढाएर मधेसीलाई मनाउने प्रयास गरिरहेका छन् । मधेसी भने चुनावमा भाग नलिने, आन्दोलन गर्ने भनेर घुक्र्याइरहेको छ । नयाँ सत्ता समिकरणका लागि भित्रभित्रै कानेखुशी चलिरहेको छ । यही कुरा राप्रपाले पनि उठाएको छ ।
अहिले देखिएको कानेखुशी नयाँ सत्ता समिकरणका लागि हो । नयाँ समिकरणमा मधेसी मोर्चा पनि सामेल हुनसक्छ । चुनावलाई भन्दा सत्ता परिवर्तनको खेललाई ठूला दलहरुले महत्व दिइरहेका छन् । हुनसक्छ, चुनाव रोकियोस् र संविधान संशोधनको माध्यमबाट संसदको म्याद मिलेर थप्ने र आलोपालो सत्ताको खेल चलाइरहने स्थिति पनि आउन सक्छ ।
राप्रपाका नेताहरु मधेसवादीलाई सत्ता पक्षले सहमतिमा ल्याउन नसक्ने स्थिति प्रष्ट भएको अवस्थामा सत्ता समिकरणको सम्भावना छ भन्न थालिसके । यसका लागि अनौपचारिक सहमति बन्दै गएको राप्रपाका नेताहरुको भनाइले राप्रपा सत्तामा बसेर चुनावमा जान चाहन्छ भन्ने बुझ्न कठिन छैन ।
बाहिर सहमति र संशोधनको प्रयास भइरहे पनि राजनीतिभित्रको राजनीति देख्नेहरु भन्छन् : सत्ता समीकरण बदलिन सक्छ । कानेखुशी दिनदिनै व्यापक बन्दै गएको छ । प्रम दाहाल र केपी ओली, वीचमा राप्रपा र मधेसवादी मिलेर सत्ता बदलिदिए भने मेजर पार्टी कांग्रेसको हात खाली हुनसक्छ, प्रतिपक्षी कांग्रेस बन्नसक्छ र चुनावमा कांग्रेसको करारी हार पनि हुनसक्छ । स्थिति त्यतै मोडिएको देखिदैछ भन्छन् विज्ञहरु । मधेसी मोर्चाले पनि चैत पहिलोहप्ताभन्दा उता नकुर्ने भनिसकेको छ ।
भनिन्छ, केपी ओली र पुष्पकमल दाहालवीच भित्रभित्रै एमालेलाई सत्ता हस्तान्तरण गर्न सकिने सहमति भइसकेको छ । यो कानेखुशी स्थानीय तहको निर्वाचन मिति नखलबल्याइकन सत्ता परिवर्तनका लागि हो ।
व्यवस्थापिका संसदको वर्तमान स्थिति यस्तो छ– 
संख्या                      ५९४
संसदमा बहुमत संख्या    २९७
एमाले                    १७३
माओवादी                 ७८
राप्रपा                    ३६
फोरम लोकतान्त्रिक         १४
कुल                     ३०१
कांग्रेस प्रतिपक्षमा पुग्नसक्छ ।