Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

संसद नमान्ने, चुनाव मान्ने ?

२१ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - 
    बैद्य बाको गजबको चरित्र देखिएको छ । नेकपा–माओवादीका अध्यक्ष हुन् मोहन बैद्य । उनले चुनावको क्रान्तिकारी उपयोग गर्ने नीति अगाडि सारेर जग हसाएका छन् । संसद नमान्ने, चुनाव मान्ने ? चुनावको क्रान्तिकारी उपयोग गर्ने ? बरु सिधै भने भयो नि माओवादी केन्द्रसँग एकीकरण भइसकेको छैन, नहुन्जेल चुनावको पक्षमा केन्द्रलाई सघाउँछौं । बरु यो पो इमान्दारी हुन्थ्यो कि बा ?
    बैद्य बाको सटिक टिप्पणी छ : सामान्य अर्थमा नेपालमा चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता पनि पाइन्छ । त्यो गलत हो । यति भनिसकेपछि बैद्य बाको पार्टीले खुस्केको लगौंटी तान्दै भनेको छ– वर्तमान दलहरु देशघाती हुन्, तिनको भण्डाफोर गरिनेछ । क्रान्तिको तैयारीका लागि जनाधार तयार पार्ने तथा संगठन विस्तार गर्ने उद्देश्यमा आधारित चुनावको उपयोग पार्टी स्तरमा होइन, मोर्चा स्तरमा गरिनेछ ।
    संसदीय चुनाव नै क्रान्तिको आधार हुने हो भने पार्टीले नै चुनावमा भाग  लिने निर्णय गरे त भइहाल्यो नि ।, आधारमात्र होइन, क्रान्तिको जग नै बलियो हुनेछ ।
    ड्यास माओवादीको मान पाएको बैद्यबा को नेतृत्वको पार्टीले अव निर्वाचन उपयोगको क्रममा हामीले राप्रपा, नेपाली कााग्रेस, एमाले, माओवादी केन्द्रसहितका राजनीतिक दलहरुको प्रतिक्रान्तिकारी तथा राष्ट्रघाती चरित्रको सशक्तविरोध तथा भण्डाफोर गर्नुपर्दछ भन्ने भनाई कसरी सार्थक पार्ने हो, तमासा हुने भएको छ ।