Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

छिट्टै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुन्छ

२५ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
    चिनियाँ राजदूत गोङले यो सूचना सार्वजनिक गरेपछि पोखरामा हौसला देखिएको छ । आफ्नो सरकार र मन्त्रीहरुले सधैं आश्वासनमात्र बाँड्ने गरेकोले के हो के हो भनेर द्विविधामा पाकिरहेका पोखरावासीलाई पोखरामै पुगेर नेपालका लागि चिनियाा राजदूत यु होङले पोखरा अन्तर्रार्िष्ट्रय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताएपछि हौसला बढेको हो ।
    राजदूत होङले पोखरावासीको स्वागत स्वीकार्दे भनिन्– ‘तपाईंहरुले विमानस्थल निर्माणका लागि ४० वर्षसम्म कुर्नुभयो अब धेरै कुर्नु पर्दैन, निर्माणको प्रक्रिया अघि बढिसकेकाले अब केही समय धैर्य गर्नुहोस् । राजदूतले यसो भनिरहदा पोखरावासीले खुशीले गद्गद् भएर ताली बजाए, सिङ्गो पोखरामा खुशी फैलियो । अव अन्तर्राष्ट्रिय विमानस्थल बन्नेभयो भन्नथाले ।
    यतिमात्र होइन, नेपालको पर्यटन उद्योग बढाउन चीनले पर्यटक पठाउने बचन पनि दिइन् । उद्यमी, व्यापारी, पत्रकारहरुले अनेक आशंका गरिरहदा राजदूत होङ्ले आश्वस्त पारेपछि उद्यमी व्यापारीहरुले नेपाल चीनवीचको व्यापारमा नेपाललाई व्यापारघाटा बढ्दै गएको छ, त्यसलै थप व्यापारिक नाकाहरु खोलेर सहज पारिदिन आग्रहसमेत गरे । पोखरा यतिबेला छुट्टै उत्साहमा रमाइरहेको छ ।
    पोखरा विमानस्थल चिनियाँ ठेकेदार र चिनिया ठेकेदार र चिनियाँ अर्थिक सहयोगमा निर्माण हुने निधो भइसकेको हो । तर वर्षदिनदेखि कुरामात्र भएकाले र सरकारी सक्रियताको चालचुल नदेखिएकाले पनि पोखरावासी आश्वस्त हुनसकेका थिएनन् । राजनीतिक अस्थिरता र अराजकता पनि बढ्दै गएको थियो । खाली सत्ताको चलखेलमात्र देखिएका थिए । तर आर्थिक सहयोगकर्ता र ठेकेदार मुलुकका राजदूतले नै भनेपछि मात्र पोखरावासीले विमानस्थल बन्छ भनेर पत्याएका छन् ।