राजन कार्की
आतंककारीले पुस १ (डिसेम्बर १६) का दिन पाकिस्तानको पेशावरमा आर्मी पव्लिक स्कूलमै पसेर १३३ बालबालिकाको कत्लेआम गरिदियो। विश्वलाई स्तव्ध पार्ने त्यो घटनापछि पाकिस्तानका सवै दल एकै थलोमा बसेर निर्णय गरे– आतंककारीलाई अव सहन गरिने छैन। प्रधानमन्त्री नवाज शरिफले घोषणा गरे– आतंक समाप्त पार्ने अपरेशन गरिनेछ। र, उनले आतंककारीलाई गुड र ब्याड भनेर बर्गीकरण पनि गरे। सत्तालाई सहयोग गर्ने गुड, बच्चा मार्ने ब्याड भनेको हो? आगो आगो हुन्छ, आगोको न शत्रु हुन्छ, न मित्रु। आतंक पनि आतंक हो। १३३ बालबालिका मार्ने ब्याड, अरु आतंकी कसरी गुड हुनसक्छ? यस्तो बर्बरता हिटलर र बार्बाक कर्मालले पनि गरे कि गरेनन्? तालिवानको त्यो कर्तुत दक्षिण एसियाको स्थायित्व र शान्तिका लागि सधैं मानवता तर्साउने भूतका रुपमा इतिहासमा अंकित भएर रहनेछ। पाकिस्तान सरकारले ५ सय आतंकीको संख्या नै तोकेर फाूसी दिने हावा चलाएर हंगामा सिर्जना गरेको छ। संख्या किन किटान गर्नुपर्यो, यो पनि अर्को आश्चर्यपूर्ण राज्य आतंक नै हो।
जनयुद्धको आतंक नेपालमा पनि १० वर्ष चल्यो। सुलसुले र सुराकी भन्दै किरियापुत्री मारिए, कसैलाई रुखमा पाता कसेर मारियो, कोही सुतेको सुत्यै पारिए, कति अपहरण गरेर पनि मारिएका छन्, कति भिडन्तमा मारिए। मागेजति चन्दा नदिएर अथवा जनयुद्धकारीको आदेश पालना नगर्ने पनि सिध्याइए। र, त्यो घाउ निको भइसकेको छैन। लडाका असरल्ल छन्, कैयौं महिला लडाका बेश्यावृत्ति गरेर पेट पाल्न बाध्य छन्। कैयौं खाडी मुलुकमा ज्यान जोखिममा पारिरहेका छन्। कैयौं हत्या आरोपी र प्रमाणित हत्यारा सत्य निरुपण तथा मेलमिलाप आयोग पर्खेर बसेका छन्। द्वन्द्व पीडितहरु न्याय पाइने आशमा रहेका छन्। आतंकको अगेनोमा भुङ्ग्रो देखिदैन तर खरानी खोतल्नेहरु आतंक देख्छन्, आतंक थामिएको छ, समाप्त भइसकेको छैन। २०५२ साल फागुन १ गते सुरु भएको आतंकको विषालु हावा, २०७१ साल मंसिर ९ गते अर्थात २० वर्षपछि फेरि तुष बल्भि्कएर पिलो बन्दैछ, पाक्न थालेको छ। पुस १९ देखि बन्द, हड्तालदेखि आमहड्तालसम्मका कार्यक्रम सार्वजनिक भएका छन्। यही हो लोकतन्त्र? यही हो नयाँ नेपाल?
पाकिस्तानको प्रजातन्त्र आतंकलाई गुड र ब्याड भन्न थालेको छ, नेपालको जनयुद्ध, जनआन्दोलनपछिको लोकतन्त्रको यो त्रासदीपूर्ण अनुहार गुड हो कि ब्याड? लोकतन्त्रले लोकाचार राखेन। न आचारमा छ, न संहितामा। नेतृत्व बर्ग र सभासदहरु न आफैले बनाएको अन्तरिम संविधानमा बाँधिए, न राजनीतिक नैतिक बन्धन अथवा लोकतान्त्रिक आचरणमा। लोकतन्त्रभन्दा माथि संविधान हुनुपर्ने हो, संविधानभन्दा माथि नेताहरु गजधम्म बिराजमान छन्। यिनलाई पञ्चखत माफ छ त्यसैले लोकसामु लोकादेशमा चल्छौं भन्छन् तर हुकुमी शासन चलाइरहेका छन्। हुकुमी नेताहरु, यो कस्तो लोकतन्त्र हो? न नागरिकले गरि खान पाए, न शान्तिसूग बस्न? जंगबहादुरले भाइहरु झगडा नगरुन् भनेर रोलक्रम बाूधिदिएका थिए। १७ भाइवीच मनमा जे भए पनि देखावटीमा मेल थियो। लोकतन्त्रमा चार भाई छन्– कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चा। (चौथोदेखिका अन्य शक्तिहरु त दासपुत्रजस्ता विभेद र निषेधमा परेका छन्।) यिनमा मेल छैन, बेमेल बढी छ। पुस ७ गते सोमवार प्रधानमन्त्रीले बैठक डाके, प्रचण्ड गएनन्। ८ गते मंगलवार प्रचण्ड गए, ओली गएनन्। मह दलेजस्तो मीठो शव्दमा सहमतिको कुरा गर्ने नेताहरुमा अहंकार र बदलाभाव भयंकरसँग बढेको उदाहरण छताछुल्ल भइसकेको छ। कांग्रेस राष्ट्रपति बन्यो, एमाले सभामुख र एमाओवादी तथा एमाले पालैपालो प्रधानमन्त्री बने। सबैसँग निकट रहेर मधेशी मोर्चाले सत्तालाई मधेशकै उखु चुसेझैं चुसे। साँच्चै सहमति गर्ने बेलामा कांग्रेस, एमाले सत्तामा छन्, माओवादी र मधेसवादी सडकमा सलाई कोर्दैछन्। जनता, जनादेश, राष्ट्र र राष्ट्रिय एकतामाथि यति ठूलो बज्रघात? इतिहासमा क्विजलिङ्, लेण्डुपहरुको कालो इतिहास छ, बसन्त पर्व गरेर आएका नेताहरुको राष्ट्रवाद यही हो? कता हरायो प्रतिवद्धता? ३३ जना बालबालिका मार्ने आतंक हो भने नेतृत्वको हतियारले साूढे तीन करोड लोकको लाकांक्षा, लोकविश्वासको घाूटी रेट्नु आतंक होइन?
र, सीके लाल, सुकदेव साह र सीके राउतहरु मधेशीलाई विषालु बनाउँदै छन्। सत्ताको शिखरमा मधेसी छन्, न्यायालयको उचाइमा मधेसी छन्, तर नेपाली नागरिक भएकै कारणले एनजीओदेखि वर्ल्ड वैंकसम्मको डलर डकारेका सीके लाल र सुकदेव साहहरु लेख्छन्– पहाडीयाले मधेशीको हक लुटे। मधेशी अन्यायमा परेका छन् किनकि तिनीहरु पहाडे होइनन्। सेना, प्रहरी, प्रशासनमा जागीर पाउँदैनन् किनकि तिनीहरु पहाडेबाट पीडित छन्। राज्य संयन्त्रमा तिमी छैनौं किनकि तिमी मधेशी हौ, पहाडीयाले पेल्नु पेले। सीके राउतले त नेपाल आमालाई बेश्यासमेत भनेर लाञ्छना लगाए। मधेशलाई नयाू राज्य बनाउने वकालत गरिरहेका छन्। यस्ताहरुको विचारलाई नाङ्ले अखवारहरु प्रचार माध्यम बनिरहेका छन्। (हेर्नोस् रिपव्लिका पुस ८ र १६ दिन अघिको कान्तिपुर) देशविरुद्ध एउटा नागरिकको लेख यस्तै हुन्छ? छाप्नेहरुले यस्तै लेख छाप्ने? लोक नेता र लोकतन्त्रका नायकहरुको कुनै प्रतिक्रिया किन आउूदैन? देशको नमक खाएको सेना र न्यायालय देशविरुद्धका आवाज किन सुनिरहन्छन्? लोकतान्त्रिक सञ्चारनीतिको योभन्दा ठूलो बेइजति र सञ्चारमाध्यमको योभन्दा डरलाग्दो बेइमानी अरु के हुनसक्छ? सञ्चारमाध्यमले देश र जनतालाई जोड्नुपर्ने हो, यहाँ फोड्ने काम गरिरहेको छ। नेताहरु नीतिलाई धोती लगाएको उत्तेजित अतिरञ्जित गीता पढ्छन् र मौन बस्छन्। लोकतन्त्रको परिभाषा भनेको राजतन्त्रको अन्त्य र राष्ट्रको विखण्डन मात्र हो? लोकतन्त्रमा लागेको ऐंजेरु घटनाक्रम यस्तै तस्वीर देखाइरहेको छ। यो दृश्य पाकिस्तानमा तालिवानी आतंकभन्दा कसरी कम हो? सहमति सहमति भनेर ६ वर्ष घोकेको पाठ पन्छाएर राजनीतिक शक्तिहरुले आमहड्तालको आपातकाल कार्यक्रम घोषणा गरेका छन्। सडकलाई निर्णायक बनाउने भएपछि अव लोक सरकार र जन संविधानसभाको के काम ? संविधानसभामा पक्ष विपक्ष हुन्न भन्ने विश्वासमा पहिरो गयो। पक्ष विपक्षमा संविधानसभा विभाजन हुनपुग्यो। आ–आफ्ना चुनावी घोषणापत्रलाई ध्वार ध्वार च्यातेको देखियो। सडकमा लाठो लिएर बस्ने, टायर बालेर धुवाँ उडाएर असहमति प्रकट गर्ने यो तरिकाले सभाध्यक्ष सुवास नेम्वाङ र तिनले सञ्चालन गर्ने संविधानसभा ०६९ साल जेठ १४ को जस्तै आर्यघाट पुगेको अनुभूति भइसकेको छ। किनकि विपक्ष सडकमा उत्रने निर्णय गर्दा नगर्दै सत्तापक्षको २ तिहाई पनि 'चटके पञ्च भेला' गरेर शक्ति प्रदर्शन गर्न उद्दत भइसकेको छ। माघ ८ मा संविधान आउूछ भन्दा भन्दै अव के हुने हो? भन्ने भयावह वातावरण घरघरमा फैलिसक्यो। संविधान होइन वितण्डाकारी सुनामी पो आउन लाग्यो। लौन बचाउ, लौन बचाउ भन्ने गीत जस्तै बचाउने कसले? इतिहासपुरुष वीर भक्ति थापा, भीमसेन थापा, बलभद्रहरु थिए, वर्तमानमा जनयुद्ध, जनआन्दोलनकारी वीर त छन् तर तिनीहरु मसाने वीर खेलाउनेहरुको नागपासका बन्दी बनेका छन्। कर्मवीर हुनुपर्ने अभिभावकको शीरमा मसाने वीर चढेपछि छानो र छाताविहीन जनतामा नैराश्यता र आक्रोस बढ्नु स्वभाविक हो। त्यही आक्रोसको एउटा उदाहरण हो– पुस ८ को विभिन्न विद्यार्थी संगठनहरुले गरेको निन्द्रा जुलुस। नेपोलियनले भनेका थिए– तजभकभ ्कबल जबखभ लय दयियम ष्ल तजभष्च खभष्लक, लयतजष्लन दगत ाचयशभल उयष्तिष्अक। त्यसैगरी जिलासले भनेका थिए– कम्युनिष्टमा सुविधाभोगी बर्ग जन्मिन्छ। कम्युनिष्ट, कांग्रेस, एमाले, मधेसीलगायतका सबै राजनीतिक दलहरुको ९ वर्षे कालखण्डलाई हेरौं, हाम्रा नेताहरु न स्टेटम्यान बन्नसके, न सोल्जर। नेताहरुले सूर्यको किरणजस्तै समान उज्यालो लिएर झुल्किनु पर्ने लोकतन्त्रलाई विभेदकारी बनाए। लोकतन्त्रको न मन्दिर बन्यो, न नेता पुजारी बन्न सके। सजिव जनआन्दोलनपछि जन्मेको भाग्य र भविष्य निर्माण गर्ने लोकतन्त्र निर्जिव भइसकेको छ। नेपोलियन र जिलासका वाणी लोकतान्त्रिक ब्यानर झुण्ड्याएको नेपालमा सत्य साबित भएका छन्।
ओलीले प्रचण्डलाई अतिवाद थोपर्न खोजेको, मान्दैनौं भन्नासाथ प्रचण्डले ओलीलाई महाराजाधिराज होइनौ भनिदिए। मुखमा लोकतन्त्र बगार्नेहरु व्यवहारमा भ्रष्टाचार पगारीरहेका छन्। मुखले बर्ग संघर्ष र समानताको भाषण गर्नेहरु जातिवाद र बिखण्डनवादको घोडा चढेर हावाको बेगमा दौडिरहेका छन्। १९२२ को क्रान्तिबाट इटलीमा फासीवाद जन्म्यो, नाजीवाद बोकेका हिटलरले १९३३ मा १७ लाख भोट पाएर सत्तामा पुगे। एउटा राष्ट्र भन्थ्यो, अर्को राष्ट्र र जाति। दुवैले नरसंहार मच्चाए। हाम्रा पार्टी र नेताहरु स्वाधीनता, सार्वभौकिता, लोकतन्त्र, संघीयता भनिरहेका छन्। यिनीहरु पनि अर्को नरसंहारको आतंकलाई निम्तो थाले। के फेरि नेपालीको रगत पानीसरह बगाउने? नेताजीहरु, तिमीहरुको तिर्खा कहिले मेटिन्छ?