Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

यीमात्र होइनन्, सरकार पनि घातक

२९ सोमबार , जेठ २०७४९ बर्ष अगाडि

रोशन कार्की - 
    संविधान संशोधन नगरे हामी विदेशीसँग सहकार्य गरिन्छ भनेर खुलेआम धम्क्याए । जबरजस्ती चुनावमा गए दुर्घटना हुन्छ, सरकार जिम्मेवार हुनेछ भनेर धमास पनि दिए । यी सब संविधान विरोधी अभिव्यक्तिलाई सरकारले सुनिरह्यो, सही रह्यो, आखिर किन ? कसलाई खुशी पार्नका लागि ?
    यता संसदवादी भनिने मधेसी दलका नेताहरु यसरी अराष्ट्रिय अभिव्यक्ति दिइरहने र उता सिके राउत जो मधेस देश बनाउने विखण्डनवादी दस्ता तैयार गरेर काम गरिरहेका छन्, उनीचाहिं सेना लगाएर चुनाव गराइयो भने कोठा बाहिर छाप लगाएर चुनावलाई अर्थहीन बनाइदिउँ भनेर विखण्डनवाद उठाउने अभियान नै छेडेका छन् । सिके राउत र महन्थ, राजेन्द्र महतोहरुमा फरक कति छ र ? एकथरि संसदबाट राज्यविद्रोह फुकिरहेका छन्, अर्कोथरि सडकबाट षडयन्त्र गरिरहेछन् । देशविरुद्ध षडयन्त्र, संविधानविरोधी अभिव्यक्ति, राज्यले सुन्दैन भने यो राज्य कसरी चलेको छ, कसले चलाएको छ भनेर बुझ्ने होला ? देशमा अव जसले जे गर्दा पनि छुट भएकै हो त सरकार ? सरकार छ, नियमकानुन छ, संविधान छ भने कहाँ छ देखिनुपर्छ ।
    यी त एकताविरोधी हुन्, मधेसको हकअधिकारका नाममा विदेशी एजेन्डा बोकेका भरिया भए । सरकार के हो ? सरकार पनि यीभन्दा कम घातक देखिएन । सरकार नेपालवादी हो भने नेपाली एकता र नेपाली हितका लागि कटिवद्ध देखिनुपर्ने हो । कटिवद्ध भएको भए यसैगरी देशविरोधी कुरा उठ्थ्यो होला ?