Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नाथुला नाका : भारतको नाकमा नत्थी

१९ सोमबार , असार २०७४९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
१९७५ मा सिक्किम भारतमा मिलाएपछि लामो समय चीनले विरोध गर्‍यो । तर भारत र चीनवीचको व्यापारका कारण चीनले सिक्किमबाट जोडिने नाथुला नाका खोलेर अप्रत्यक्ष रुपमा सिक्किम भारतले खाएकोमा समर्थन जनाएको थियो । यद्यपि घोषित रुपमा चीनको विरोध कायमै छ । खतरा के पनि छ भने व्यापारमा लाभ भयो भने भारतले नेपालमा हस्तक्षेप गर्दा पनि चीन चुप बस्ने त होइन ?
सिक्किम भारतमा मिलाएको ४२ वर्षपछि त्यही नाथुला नाकामा भारत र चीनवीच सीमा विवाद सुरु भएको छ । भारतीय सेनाले सिक्किम क्षेत्रमा सीमापार गरेर चीनले हस्तक्षेप गरेको भनेर चीनले कडाइ गरेपछि भारतको सातोपुत्लो उडेको छ । यही विषयमा चीनको सैनिक गतिविधि बढेपछि भारत तर्सेको छ ।
चीनले कैलाश मानसरोवर तीर्थयात्रीका नाममा भारतीय सैनिक गतिविधि बढेकोमा शंका गरेर नाथुला नाका नै बन्द गरिदिएको छ । कुनै पनि शंकास्पद गतिविधि सह्य नहुने, चीनविरोधी क्रियाकलाप रोक्नुपर्ने भनेर चीनले नाथुला नाकामा सैनिक गतिविधि बढाएर सीमा सुरक्षा कडा पारिदिएको छ । र, चीनले चीनले भारतीय सैनिकद्वारा सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रुपमा अतिक्रमण गरेको भनेर दिल्लीलाई त्यसो नगर्न, सह्य नहुने चेतावनी दिएको छ ।  चीनले दिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाएको छ । यो बिरोध र दुबै देशवीच तिक्तता बढेर गएको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङका अनुसार बेइजिङ र नयाँ दिल्लीमा औपचारिक रुपमा गम्भीर आपत्ति जनाएका छौं । हाम्रो भौगालिक सार्वभौमसत्तालाई जोगाउने अभियान अविचलित रुपमा अघि बढ्नेछ । हामी विश्वास गर्छौं भारतीय पक्ष यस विषयमा सोहीअनुरुप अघि बढ्नेछ र तुरुन्तै चिनियाँ भूभागबाट आफ्ना अतिक्रमणकारी सेनालाई फिर्ता लग्नेछ । चीनले सुरक्षाका कारण देखाएर नाथुला प्रवेशमार्ग हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई रोक लगाइदिएको छ ।
यसपछि फेरि चीनका परराष्ट्र मन्त्रालयका अधिकारी गेङ सुवाङले विज्ञप्ति नै जारी गरेरे भारतीय सुरक्षा गार्डलाई तुरुन्त फिर्ता गरी के कति कारणले सीमा अतिक्रमण गरिएको हो अनुसन्धान सुरु गर्न आग्रह गरेको बताउनुभएको छ । यो समाचारले विश्वभरि भारत र चीनवीच युद्ध नै हुनसक्ने भनेर चिन्ता प्रकट गरिरहेका छन् । भारतीय सञ्चार माध्यमले चीनको विरोध गरिरहेको छ र २०१७ भनेको १९६२ होइन भनिरहेका छन् । जबकी चीन मैदानमै उत्रिसकेको छ ।