Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

तत्काल संघीयता असम्भव

१६ शनिबार , फाल्गुण २०७१११ बर्ष अगाडि

यो निष्कर्ष हो, एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको। नेपालमा संघीयता चाहिन्छ, पछि हट्न मिल्दैन, सकिदैन तर यो तत्काल सम्भव देखिदैन। संघीयतालाई आत्मनिर्णयको अधिकारका रुपमा जोडेर बुझ्न थालिएको छ। स्वायत्तता, स्वशासन, जनसहभागितामूलक अर्थमा संघीयतालाई बुझ्नुपर्ने हो, त्यसो भइरहेको छैन। संघीयतालाई जातीयता र आत्मनिर्णयको अधिकारका रुपमा अपव्याख्या हुनथालेको छ। बुद्धिजीवहरुले राजनीतिक संक्रमण चिर्न थिङ्क ट्याङ्कको भूमिका निर्वाह गर्नुपर्छ। माधव नेपालले फागुन १६ गते भक्तपुरको एक कार्यक्रममा यसै भनेका छन्।