Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आमालाई पागल बनाए छोरा बुहारीले : सहदेव सिग्देल...

१८ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

सामान्य अवस्थाकी आमालाई पागल भनेर थुन्ने छोराबुहारी अभागी कि बुढी आमा? हिंसाको यस्तो रौद्र रुप। छोरा दीपक र बुहारी मीना रिजालले घरको माथिल्लो तलामा तीनवर्षदेखि थुनेर राखेको थाहा पाएपछि अधिकारकर्मीले उद्धार गरे। पाँचथर

अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा बुढी आमाको स्वास्थ्य सामान्य देखियो। छोरा बुहारीलाई आमा कतिसम्म भारी हुनेरहेछ? घरपरिवारमा बुढाबुढी भएपछि कुन हदसम्मको मानसिक हिंसा हुने रहेछ? यो त प्रतिनिधि घटनामात्र हो।
यस्ता हिंसाका घटना सहरमा पनि देखिन्छन् तर पहाडमा कहालीलाग्दो खालको देखिन्छ। बुढी भएपछि छोराबुहारीले खान नदिने, दिए पनि हेला गर्ने र दुर्वाच्य बोलेर मानसिक पीडा दिने गरेका अनेक घटना भेटिन्छन्  हरिमायाको घटना पनि यस्तै

हो। उनलाई खाना दिन कुच्चेको एकथान थाल र एउटा कचौरा कोठामै दिइएको थियो भने, दिसा पिसाव गर्न एउटा भाँडो कोठामै राखिएको थियो, दिसा पिसाव लाग्दा त्यहि भाँडामा गथिर्न,छोरा बुहारीले साँझपख कोठा खोलिदिएपछि चर्पीमा लगेर

फ्याक्थिन, त्यसपछि पुनःकोठामा थुनेर बाहिरबाट ताला लगाइदिन्थे। देख्ने छिमेकीहरुको बयान यस्तै छ। छोरा बुहारीले उनलाई खानेकुरा दिँदा थाल बाहिर निकाल्न लगाएर पनि झ्यालबाटै मिल्काइदिन्थे। त्यो पनि उनीहरुकै अनुकुल समयमा मात्रै,

प्रायः उनलाई पेटभरी खान कहिल्यै दिइएन, ओढ्न ओछयाउन दिइएका कपडा पनि फाटेर झ्याङप्वाल परेका छन्। गाउँमा पूजापाठ, कर्मकाण्ड हुँदा पनि उनी रुन्थिन्, कराउँथिन, छोराबुहारीले कुट्थे, जान दिदैनथे। जानु पर्दैन भन्थे। योभन्दा

मानसिक यातनाको हद के हुनसक्छ? उनले झ्यालबाटै कराएर भोकभोकै र पीडामा दिनरात काटेको आवाज सुनेपछि उद्धारकर्मीसम्म कुरा पुग्यो र उनको उद्धार भएको छ। उनका श्रीमान त छन् तर २०४४ सालदेखि दोस्रो विहे गरेर अन्तै बस्छन्।

छोरीको विहे भएर गएकी छिन्। जेठो छोरो त छ, शारीरिक अपाङ्ग। पाँचथर जिल्ला कार्यालयका प्रमुखका अनुसार यस्ता घटनामा कानुनले संरक्षण दिनुपर्छ, हामी त्यसैमा लागेका छौं।
हरिमाया रिजाल यतिखेर बल्ल दुःखबाट शान्ति पाइयो भनेर सुस्केरा हाल्छिन्। छोराबुहारीले बुढेसकालमा हेर्लान्, सुख देलान् भन्ठानेको, साह्रै दुःख दिए भनेर तुरुक्क आँसु झार्छिन्। र, भगवानसँग आराधना गर्छिन्, कसैका छोराबुहारीले मलाईजस्तो

नगरुन्। यस प्रकारका घटना समाजमा बढ्न थालेका छन्। संस्कार र कर्तव्यवोध कमजोर बन्दै गएका छन्। समाजशास्त्रीहरुले यसबारे सोचुन्।