Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सेवा निवृत्त हुनासाथ निजीक्षेत्रको रातो कार्पेट

१८ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

रोशन कार्की
अर्थ, राजस्व र राष्ट्र बैंकका कर्मचारी सेवावृत्ति हुन्जेल राष्ट्रिय अर्थतन्त्रका नीतिनिर्माता र नियमनकारी निकायहरुमा बस्छन् र सेवा निवृत्त हुनासाथ बिग हाउस र वित्तीय संस्थानहरुमा रेड कार्पेट टेक्दै भित्रिन्छन्। सेवावृत्ति हुन्जेल निजीक्षेत्रको सेवा

पुर्‍यउने र सेवानिवृत्त हुनासाथ निजीक्षेत्रमै घुसेर सेवा दिने अर्थतन्त्रसँग टाँसिएका र गाँसिएका कर्मचारीहरुलाई आचारसंहिता नलाग्ने देश शायद नेपालमात्र हो। गभर्नर युवराज खतिवडा सेवा निवृत्त हुन लागेका छन्, उनी पनि कुनै न कुनै निजी कम्पनी,

बित्तीय संस्थान अथवा आइएनजीओमा संलग्न हुन जाने त होलान्। यस्तै छ यहाँको चलन।
जति पनि वैंक, इन्स्योरेन्स कम्पनी, धितोपत्र बोर्ड, विमा समिति, लगानी बोर्डलगायतका निकायहरुमा राष्ट्र बैंकका पूर्वकर्मचारीहरुले खचाखच भरिएका छन्। उनीहरुकै नातेदारहरु कर्मचारीका रुपमा काम गरिरहेका छन्। र, ठूला व्यापारी, उद्योग

प्रतिष्ठानहरमा पनि उनीहरुकै हालीमुहाली रहेको छ। आखिर किन हुन्छ यस्तो? पदमा हुन्जेल उनीहरुलाई पदीय मर्यादा नाघेर सेवा दिएवापतको बकस त उनीहरु खाइरहेका छैनन्? भनिन्छ, राष्ट्र बैंकका ठूला कर्मचारीले निजी बैंक तथा वित्तीय

संस्थानका क्रियाकलापलाई आँखा चिम्लेर सहयोग गरे बापत उनीहरु सेवा निवृत्त हुनासाथ उनीहरुलाई जब अफर गर्छन्। त्यसमाथि नीतिनिर्माण र नियमनमा बसेकाले उनीहरुलाई काम दिदा आफ्ना संस्थालाई काम गर्न सजिलो हुने र कुनै पनि

जोखिमबाट बच्न सहज हुने भएकाले पनि उनीहरुलाई निजीक्षेत्रका बित्तीय संस्थानहरुको ढोका सधैं खुला रहन्छ। पदमा हुन्जेल आकर्षक तलव, भत्ता खाने र सेवानिवृत्त भएपछि पनि आकर्षक तलव, भत्ता पाउने भएकाले उनीहरुले देशलाई बेइमानी

गरिरहेका त छैनन्? वित्तीय शिक्षा र वित्तीय आचरण विकास नभएकाले पनि एकथरिलाई मातैमात र अर्काथरिलाई पुर्पुरोमा हात भइरहेको छ। यसतिर पनि राज्यनीति कडा हुनुपर्ने बेला भएन र?