Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वाम सरकारले यति काम गर्ला ?

२५ सोमबार , मंसिर २०७४८ बर्ष अगाडि

पदम हमाल -
चुनावका नतिजाहरु आइरहेका छन् र वाममोर्चाको लहर नै चलेको देखियो । जनताले वाममोर्चाले देश चलाओस् भनेर जनादेश दिएको देखिन्छ । केही दिनभित्रै एमालेको नेतृत्वमा सरकार बन्छ, एमालेले सरकार चलाउने निश्चित छ ।
यो अवस्थामा प्रजातान्त्रिक अभ्यास गर्दै आएको एमालेको भावी सरकारले कम्तिमा यी चार काम गर्नुपर्छ, यसमा कमीकमजोरी देखियो भने अर्को चुनावमा वाम मोर्चा, एमालेको त्यही हालत हुनेछ, जुन यतिबेला कांग्रेसको देखियो ।
पहिलो– वन्द भएका कलकारखाना खोल, नयाँ उद्योगनीति बनाएर देशी र विदेशी लगानीलाई आकर्षित गरेर रोजगारीको सिर्जना गर ।
दोस्रो– दैनिक हजारौं युवाहरु विदेशीने क्रमलाई कसरी रोक्न सकिन्छ, विदेशका गएका युवालाई कसरी स्वदेशमा फर्काउन सकिन्छ, विदेशमा बेहाल भएकालाई जसरी पनि फर्काउने प्रयत्नमा अव बन्ने सरकारले ध्यान दिनु जरुरी छ ।
तेश्रो– सीमा अतिक्रमण रोक्नुपर्छ, अतिक्रमित भूमिलाई फिर्ता गर्न कूटनीतिक क्षमताको विकास गर्दै सबै राजनीतिक दलहरुले मिच्न नसक्ने सर्वसहमतिको राष्ट्रियनीति निर्धारण गर्नुपर्छ । ताकि नेपालको विदेशनीतिमा एकमत बनोस् ।
चौथो– निश्चित रुपमा पार्टीहरुको संख्या कम हुनेछ । पार्टी कम, काम ज्यादा गर्न सकिने आधारको निर्माण हुनु राम्रै हो । औद्योगिकीकरणका साथै आर्थिक विकासका योजनाहरु ल्याएर उन्नतिको अनुभूति दिनुपर्‍यो ।
पाँचौं– सरकार निर्माण गर्नुपूर्व वाम मोर्चाले संविधानप्रति प्रतिवद्धता, राजनीतिक भागबण्डा नगर्ने र भ्रष्टाचार गर्दैनौं भन्ने कबुल गर्नु उचित हुनेछ । किनभने भ्रष्टाचार र भागबण्डाले देशलाई खोक्रो पारिसकेको छ ।
देशलाई समस्याको दलदलमा नहाल्ने हो भने जनादेश त पाएका र ५ वर्षका लागि आउने नेतृत्वले दूरगामी कूअसर पर्ने निर्णय अव गर्नुहुन्न ।
मेरो विचारमा सफलता हासिल गर्न सधै पालना गर्न‘पर्ने नियमहरु– 
– असम्भव केही छैन भन्ने विचार मनमा राख्नु, जुनसुकै कुरा पनि सिक्न लाज नमान्नु, माष्तिष्कलाई तन्दरुस्त राख्न आराम गर्नु, मुखले ठीक्क पार्दै बगलीमा छुरा नराख्नु, सधै उचाईमा पुग्ने ईच्छा पाल्नु, आफ्नो लक्ष्यमा दृढ रहनु, स्वास्थ्य प्रती ध्यान दिनु, एकताबद्ध हुन सिक्नु, लक्ष्य निर्धारण गर्नु, खुसी रहने कोसिस गर्नु, खतरासँग नडराउनु, देश र जनताको मुटुमा बस्ने प्रयास गर्नु ।