पासाङ शेर्पा
स्वयम्भूनाथको चर्चा गर्दाखेरी सिङ्गै काठमाडौं उपत्यकाको परिचय गाासिने गर्दछ। वास्तवमा तत्कालिन कान्तीपुरी र स्वयम्भू एक अर्काका प्रयाय रहेका छन् किनभने त्यतिबेलाको कान्तीपुरी अहिलेको काठमाडौंको इतिहासमा स्वयम्भूनाथ नै प्रथम त्यो पवित्र देवालय भएको पुस्टी हुन्छ। यो इतिहासले के पनि सुझाउाछ भने बुद्धिष्टहरु यो भूभागमा प्राचिन कालदेखिनै सक्रिय थिए। यहाा अन्य सम्प्रदायको खासै प्रभाव थिएन। पूर्व समयमा पनि बुद्धिष्टहरु आफ्नो त्यो दुरदर्शी दृृष्टिकोण मानव उपयोगी, जीव कल्याणकारी धर्म संस्कृतिको प्रचार प्रसारमा तल्लीन थिए भन्ने कुरा प्रस्ट हुन्छ। नेपालमा परापूर्व कालदेखि नै बिबिध भाषाभाषीहरुको बसोवास भएकाले ती सबै भाषाभाषीहरुले समेत प्रष्ट बुझ्ने गरी बुद्धिष्ट सम्प्रदायलार्ई युक्त बनाउनु पर्छ भन्ने अभिप्रायले पर्याप्त प्रयत्न नभएको अनुभूति हुन्छ। यदि सबै भाषीहरुले बुझ्नेगरी बुद्धिजमको विकास गर्नुपर्छ र त्यस्को निमित्त अथवा राष्ट्रिय भाषामा यो बुद्धिष्ट सिद्धान्त अथवा बुद्ध दर्शनलार्ई अनुवाद गरेर व्यापकता दिनुपर्छ भन्ने महत्वाकाङक्षी कार्र्यहरु नभएकाले नै होला बुद्धिजम आजसम्म विश्वव्यापी भइसकेको छैन। पछिल्लो १५–१६ सय वर्षको इतिहासमा बुद्धिजम दुब्लाएको देखिन्छ। त्यसपछि नेपाली भाषा नै राष्ट्रिय भाषामा रुपान्तरित भएको र अयोध्या तथा मथुराबाट पैठारी गरिएको संस्कृत आधार भएको हिन्दुधर्म संस्कृतिलार्ई नेपालीमा अनुवाद गरेर आम नागरिकको निमित्त बुझ्न बुझाउन सजिलो पारिएको देखिन्छ। अन्यथा हाम्रो आफ्नो पुर्खाको नासोको रुपमा सारा दुनियाकै मानव समुदायको समेत कल्याणकारी र प्रभावकारी प्रमाणित भएको बुद्धिजम हामीहरुको पहिचान बनिसकेको हुनेथियो। हामीले बिगतमा अनेक कारणले बुद्धधर्म संस्कृतिको बारेमा गहिरिएर बुझाएनौं बुझेनौकी भन्ने लाग्छ। त्यो पनि विशेषगरी नेपालकै हकमा नेपाली भिक्षु, भन्ते, गुवाजु र आम नागरिकको हकमा यस्तो विडम्वना देखिन्छ। बुद्धिजमले नेपाली इतिहासमा लामो कालखण्ड पार गर्दै गर्र्दा स्वतन्त्र दृष्टिकोणले समिक्षा गरेर हेर्ने हो भने स्वयम बुद्ध धर्मावलम्वीहरुको निस्कृयता, असक्षमता, अयोग्यता देखिन्छ। यही कमजोरीले बुद्धिजमको वृक्ष झकिझकाउ हुन नसकेको हो। बुद्धिजमलार्ई रोपिएको गमलामा हिमालबाट बगेर आएको स्वच्छ, पवित्र पानी र आराधना सिंचन गरेनन्। लामो कालखण्डसम्मका शासकहरुले नुनपानी हालिदिएको तथ्य पनि भेटिन्छ। बुद्धिजम आपेक्षाकृत विकास र विस्तार नहुनुका अनेक कारण छन्।
अतित अतित हो, अतितका कमजोरी सच्याउने वर्तमानमा हो उज्ज्वल भविष्यका लागि। भावि सन्ततीको शान्ति र प्रगतिका लागि। समयले हामीलार्ई कर्तव्यवोध गराएको छ, बोध गरौं। स्वयम्भू साक्षी छ। स्वयम्भूका त्रिनेत्रले हामीलार्ई नियालीरहेको छ, उत्प्रेरणा दिइरहेको छ। हामीले त्यो काठमाडौंको शिरमा सजिएको गौरबमय र शोभयमान ऐतिहासिक धरोहर स्वयम्भूबाट उर्जा लिन सक्नुपर्छ।
काठमाडौं नामाकरण ईसापूर्व कालमा भएको हुनुपर्छ। त्यो भन्दा परापूर्वकालमा यो भूभागलार्ई यम्भू भनेर बुभिन्थ्यो। अहिले पनि शेर्पा, तामाङ्ग समुदायमा प्रचलित रहेको यम्भू भन्ने शब्द उच्चारण जव जव हुनेगर्दछ काठमाडौ भन्ने नै बुझिन्छ। यसकारणले पनि काठमाडौको जिवनमा यो पवित्र देवस्थल स्वयम्भूनाथको अहम महत्व छ र स्वयम्भूनाथ नेपालको गजूर भएर उभिएको छ। यस संरचनालार्ई बृषदेवले बनाएको इतिहास छ बनाउनु सुरु गर्दै शान्तिका चार्य जस्तो पवित्र भावना भएको देवतुल्य पात्रले सुरुगरेको हुादा यो नै अध्यात्मिक किल्लाको रुपमा पुनरोदय हुनेछन्, यो नेपाल र नेपालको राजधानी काठमाडौंको जिवनमा। पूर्व इतिहासको पानाहरुलाई विस्तारपूर्वक मिथक र किम्मदन्तीहरु पल्टाउादै आद्योपान्त चर्चा गर्ने हो भने ठूलै ग्रन्थ बन्नेछ तर यहाा संक्षेपमा केही परिचर्चा गरेर स्वयम्भूनाथको चरण कमलमा भक्तिभाव दर्शाउने मेरो अभिप्राय रहेको छ। यो कलमले विद्यमान स्वयम्भूनाथ र भविष्यको स्वयम्भूनाथको बेलिविस्तार निखार्नमा केही कुशल प्रयत्न गर्नेछन्। स्वयम्भूनाथको यथार्थ र नितान्तै गहिराइमा त पुग्न अवश्य नसकौंला तथापि यो नाथलार्ई मेरो विम्वमा समाहित गर्न प्रयास गर्नेछु, मेरा अल्पज्ञानप्रति ज्ञानी पाठकहरुले गल्तीमा क्षमा दिनुहुनेछ।
काठमाडौको भूभागमा विराजमान रहेका पवित्र देवस्थलहरुमध्ये एक महत्वपूर्ण र पुण्यथलो हो स्वयम्भूनाथ। जस्लार्ई पुष्ट्याई गर्ने आधारयुक्त मिथक र किम्मदन्तीहरु यथार्थ परक छन्। परापूर्वकालमा मञ्जुश्रीले नागर्जुनको त्यो उचाइबाट दृष्टिदिादा यो कान्तिपुरी तलाउ तथा पानीको दहको रुपमा पाउनुभएछ र दिब्यशक्तिको चमात्कारिक बाहुवलद्वारा कमलको फूलको कल्पनागरी वीउ फाल्नु भएछ। त्यसपछिका केही कालखण्ड पछि यो ठाउालार्ई महा मञ्जुश्रीले पुनः दृष्टिगत गर्दा असाध्यै चम्किलो कमलको फूलको अवलोकन भएछ र जिज्ञासा भएछ यो तलाउपूर्ण जमेको पानीलार्ई व्यवस्थित गरिदिने हो भने अरु खालका बनस्पति र प्राणीहरुको निमित्त यो क्षेत्र उपयोगी हुनसक्छ। मञ्जुश्रीमा उद्धार मनशाय उब्जियो र चोभारको डााडोलार्ई खड्गले काटेर तलाउपूर्ण पानीलार्ई निकास बनाईदिएको मानिन्छ। करिब भूवनोटको आधारलार्ई मध्यनजर गर्नेहो भने यथार्थ परक छन् यी बयान। तत्कालीन समयमा अहिलेको जस्तो पहाड फोड्नलार्ई प्रयोग गरिने अत्याधुनिक तरिका केही थिएनन्। सत्य, त्रेता, द्वापर युगसम्ममा अलौकिक र चमत्कारिक शक्तिलार्ई प्रयोग गरेर पनि कतिपय कार्य सम्पादन गर्ने गर्थे सत्यवादी पात्रहरु। हो, महा मञ्जुश्रील ेपनि दिव्यशक्ति र बाहुवलको प्रयोग खडगद्वारा सम्पन्न गरेका हुन् भन्न र मान्न सकिन्छ।
जब पानीले निकास पायो, मञ्जुश्रीले ध्यानपूर्वक विचरण गरेर हेर्दा तेजोमय रश्मि प्राप्त कमल यस्तो देख्नुभयो की त्यो कमललार्ई जो कोहिले नाङ्गो आाखाले हेर्न नसकिने, त्यो फूलको निकट कोहि केहि टिक्नै नसकिने दिव्यताको उत्पन्न भएछ र लागेछ महाा मञ्जुश्रीलार्ई कि यो त उपयोग विहीन जस्तो भयो। त्यसैले यो फूललार्ई छोपिदिनु भएछ र त्यो छोपेको ठाउमा स्वयम्भूको स्तुपा बनेछ। यसकारण पनि यो स्वयम्भूनाथको पवित्रता अतुलनीय र अलौकिक छ। यो अलौकिकताको वर्णन गर्न नसके पनि मेरो प्रयास मेरो प्रणाम हो।