Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

खाडीमा नेपालीको बिजोग

१२ सोमबार , चैत्र २०७४८ बर्ष अगाडि

पदम हमाल -
यौवनमा बुढ्यौली, आरोग्यमा रोग र जीवनमा मृत्यु लुकेको हुन्छ । यो यथार्थ राजनीति गर्नेले कहिले पनि बुझेनन् । उनीहरु सधैं तन्नेरी भइरहे, सत्तारोगमा लिप्त भइरहे र कहिले मर्छु, राम्रो काम गरेर मरौं भन्ने भावना राखेनन् ।
राजनीतिक मान्छेको जात त साह्रै बुझी नसक्नु पो भयो गाठे हो । जति नै लाभ भएपनि उति धेरै लोभ बढाएकै छन्, राजनीति भनेको त सूर्यमुखी फुल रहेछ, जहिले पनि सत्तातिरै आँखा ?
त्यसैले त भनिन्छ– खिचडी एउटा यस्तो डीस हो, जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ । नेपालको राजनीति खिचडीजस्तै हो । नियम कानुन कहिले पाकेन, अनुशासन र विधि पनि कहिले पाकेन, जहिले पनि खिचडी पाक्यो र खिचडी सरकार चलिरहेको छ ।
त्यसैले त ६० लाख युवायुवती यसरी खाडीको चर्को धूपले डढेका छन् र शोषणमा परेर अस्तव्यस्त जीवन बिताइरहेका छन् । यिनका लागि न आमा छन, न बाबु ? यिनको न सरकार छ, न जनप्रतिनिधि ? यिनीहरुको यो कन्तबिजोग यिनको भाग्य भरोसा बनेको छ । यिनलाई मेरो नागरिकको संरक्षण गर्नुपर्छ मैले भन्ने बोध नेपाल सरकारलाई कहिले पनि भएन । चाहे कांग्रेस, माओवादी अथवा अहिलेको सर्वशक्तिमान एमाले नेतृत्वको सरकार होस् ।
अरु देशका सरकार आफ्नो नागरिक कुन कुन देशमा गएका छन्, तिनले हेल्प भन्ने शव्द सुन्यो कि जर्‍याक जुरुक उठ्छ र सहयोगका लागि तम्तैयार रहन्छ, हाम्रो देशको सरकार खाडीमा बिना कसूर मृत्युदण्ड कुरेको नेपाली, शोषणमा परेर टाट बनेको युवा, अस्मिता गुमाएर उद्धार कुरेकी युवती, ससानो सहयोगको अपेक्षाले दूतावास पुगेका व्यक्तिहरुलाई सहयोग गर्न पर्दा भाग्छ । सकभर वैदेशिक रोजगारीमा गएकाहरुको सम्पर्कमा आउनै चाहदैन सरकार । यस्तो सरकार लोकतान्त्रिक भन्छ, गणतान्त्रिक भन्छ, लोक र गणलाई हेर्दैहेर्दैन ,।