Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

देशको जिम्मा जनतालाई

१२ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

शाश्वत शर्मा -
देश धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गर्नेतिर लाग्ने बित्तिकै गाईगोरु काण्ड मच्चाइएको छ । पुराना मानिसहरुलाई थाहा छ, कृस्तान भनेका कस्ता हुन्छन् ? कुन ग्रहका हुन् भनेर कल्पना गर्नुपर्ने हुन्थ्यो ।अझ गाई र गोरुको हत्या गरेर मासु खानु भनेको त कल्पना र मनमा समेत आउन्नथ्यो । कस्तो नेपाल कस्तो भयो ?
सममाजिक सद्भाव र एकता दह्रो थियो, तर जब ०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना गरियो, त्यो समयदेखि पश्चिमा कृस्तानहरु सलबलाउन थाले । जनआन्दोलनसम्म पनि गाह्रो तरिकाले खुलेका चर्चहरु ०६५ सालदेखि खुलेआम धर्मपरिवर्तन गराउने उद्देश्का साथ नेपालका गल्ली गल्लीमा खोलिए । त्यसो त, एकथरि यस कुरामा ताज्जुव मान्छन् कि हाम्रो जस्तो सानो मुलुक जहाँ न पेट्रोलको खानी छ, न सुनको, न प्रमाणित रुपमा अरु केही नै भेटिएको छ । अव यस्तो मलुकमा ती गोराहरुलाई यति बिघ्न धर्मपरिवर्तन गराउन हिन्दु धर्मलाई मास्न किन चासो होला ?
यहाँका जनजाति, थारुहरुलाई ती गोराहरुलेकिन लगानी गरेका होलान् ? बाहुनक्षेत्री देखि लिएर शाहबंशीय राजतन्त्रलाई निमिट्यान्न पार्नका लागि यी सातसमुद्र पारिका गोराहरु किन यति बिघ्न हतारो गरेका होलान् ? यी रयस्ता यावत प्रश्नहरुले नेपालीहरुको मथिंगल खल्बलिएको छ । बुज्रुकहरु यस्ता छन्, जो यी सब नेपाल विरोधी कृयाकलापहरु हेर्दा मात्र नेपाल विरोधीजस्तो देखिने हो,वास्तावमा यो उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई हान्न तैयार पारिएका मिसाइल हुन् ।
संघीयता, धर्मनिरपेक्षतालाई प्रयोग गरेर गोराहरुले चीन हान्ने रणनीति तैयार गरिरहेका छन् । त्यसो त गोराहरु मूर्ख कहाँ छन् र ? बिना सित्तिमा पैसाकोखोलो बगाउन ? यहाँका जनजाति, थारु, कथित आदिवासीहरुलाई एनजीओ, आइएनजीओ मार्फत पैसा खन्याएर नेपालमा जाति जातिवीच द्वन्द्व भड्काउने, कृस्तानहरुलाई बढी भन्दा बढी उत्पादन गरेर तिनलाई आफ्नो प्यादा बनाएर सीमा जोडिएको चीन विरुद्ध प्रयोग गर्ने तिखालु, विषालु हतियार थुपार्ने रणनीति पश्चिमा गोराहरुको रहेको छ ।
हुँदाहुँदा तराईका सीके राउतजस्ता पृथकतावादी पनि यिनै गोराहरुका प्यादा हुन् । देख्दा भारतको कृयाकलाप देखिएता पनि ती राउत सीआइएका खाँटी प्यादा हुन् भन्ने धेरै घटनाक्रम रहेका छन् ।अव अहिले राधिका तामाङ नामक प्रदेशसभा ३ की उपसभामुखलाई पनि लगनी थुप्रै गरिउको छ । एउटा व्यक्तित्व बनाइसकेकी राधिका तामाङले गोरु काट्न पाउनुपर्छ, काट्नेलाई थुन्न पाइदैन भन्ने जस्ता माँग राख्नु, जुन प्रचलित संविधान विपरित छ, पनि ठूलो उपलव्धिका रुपमा लिएका छन् । ती गोराहरु र यहाँका पिछलग्गुहरुले ।
सामरिक र रणनीतिक दृष्किोणले चीन हान्ने कार्यक्रम त यथाबत छँदैछ । त्यो बाहेक यो सानो हिमाली राज्यलाई जाीय झमेलामा फसाएर सीमा जाडिएको चीनलाई हान्ने सुनियोजित चाल चलाइदैछ । अव यो कुरालाई बुझेर आम नेपालहरुलाई सतर्क र सचेत गराउने कस्ले ? खाली युरोपियन युनियनलाई गालीमात्र गरेर भएन । सीआइएको रणनीति हो भनेर पनि हुन्न । लहैलहैमा लागेका र केही रकमको लोभमा लागेर धर्म, संस्कृति, भाइचारालाई नै समाप्त पार्न लागेका अझ भनौं राधिका तामाङ जस्ता प्रवृत्तिहरुलाई सही बाटोमा ल्याउनतिरलाग्नु पर्छ । हिजो एकताका प्रतीक राजतन्त्र थियो, त्यो संस्थालाई यस्तै कृयाकलाप गर्नकै लागि विस्थापन गराइयो जबरजस्ती तरिकाले ।
अव हामीहरु यतिबिघ्न बेबकूफ छौं कि गु र गोवर समेत छुट्याउन सक्दैनौं । थाहा छ, नेपालमा बिदेशीहरुले अनेकन तरिकाले हस्तक्षेप गरिरहेका छन्, बिखण्डनको बिउ छरिरहेका छन् तैपनि हामी मौन छौं, मानौं केही पनि थाहा छैन । जसले जे गरे पनि हुन्छ । नेपाललाई बिभिन्न किसिमबाट टुक्रा टुक्रा पार्न खोज्नेहरु हाम्रा नेता भए । नेपाललाई जोड्ने, सुरक्षित राख्ने राजतन्त्र चैं दुश्मन भयो । राजतन्त्रलाई किनारा लगाइएको १२ वर्ष भयो, यो १२ वर्षमा देश भन्ने, जनता भन्ने कुन चाहिं नेता निस्कियो ? कुन चाहिं नेतालाई राष्ट्रिय नेता भनेर आमनागरिकले मान्यता दिएका छन्, मानेका छन्, तैपनि नेतातन्त्र चलिरहेको छ र यही नेतातन्त्रलाई लोकतान्त्रिक गणतन्त्रको जामा पहिर्‍याउने काम भएको छ, जुन गतिछाडा, मतिहारा बनेको छ ।
खासमा, सबै एनजीओ, आइएनजीओ मार्फत घुसेको विदेशी डलरले फिजाएको शिक्षाको असर हो । अव पनि आँखा नउघार्ने हो भने हाम्रो देशको अस्तित्व समाप्त हुनेछ ।