Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

छोरो नभए नाति मान्दिनोस् : रोशन कार्की

०२ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

माधवकुमार नेपाल, एमालेका बरिष्ठ नेता। फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले मसँग गरेका सम्झौता कार्यान्वयन गर भन्दा बाउँठिएर सम्झौता भएकै छैन, कुरा गर्न मेरो घरमा आएहुन्छ भनेर अशिष्ट भाषा बोल्दै थिए। २ हप्ता पनि पर गएन, फागुन २८

गते विराटनगर पुगेका तिनै माधवकुमार नेपालले रहस्य खोले– भारतका मित्रले छोरो बदमास छ भने नातिलाई मान्दिनुस् भनेर भारतीय प्रस्ताव आएको थियो। त्यो प्रस्ताव कुन भारतीय नेताले ल्याए? त्यसबारे माधव नेपालले मुख खोलेनन्। र, भने–

हामीले मानेनौं। भारतमै १२ बुँदे सहमति गरेर त्यही तोक्मा टेकेर हिड्ने दल हुन्– कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलहरु। भर्खर बाबुराम भट्टराई दिल्ली पुगेर हारगुहार गरेर फर्किए। बोल्दै बोल्दैनौं, संविधानसभामा फर्किन्नौं, प्रक्रिया खारेज नभए

वार्ता गर्दैनाैं भन्ने एमाओवादीका लागि भट्टराईले भारतबाट के ल्याएछन् कुन्नी, वार्ता हुनथाल्यो। ओली वार्ता विरोधी हुन् भनेर झ्याली पिट्ने प्रचण्ड ओली निवासमै पुगेर वार्ता गरे। वार्ता हुनुपर्छ, सहमति निस्कनुपर्छ, संविधान बन्नुपर्छ। तर, २०६३

साल वैशाख ११ गते भारतका प्रतिनिधि कर्ण सिंहलाई साक्षी राखेर राजनीतिक सहमति भएको थियो भने त्यसमा राजनीतिक इमान्दार किन नहुने? कुनै दिन दरखास्त हालेर राजाको प्रधानमन्त्री खान र दाम राखेर राजालाई ढोग्न पुगेका माधव नेपालले

भनेका छन्: हाम्रो संकल्प राजतन्त्र फाल्ने थियो, हामी त्यही संकल्प पूरा गर्नतिर लाग्यौं। राजतन्त्र मानेनौं।
माधव नेपाल भन्छन्: जनआन्दोलनका बेलामा बेबी किङ राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको थियो। कुनै सहमति भएकै थिएन। ज्ञानेन्द्रले आफैले हुँदै नभएको सहमतिको कुरा ल्याएका छन्। सहमतिका बेलामा २ जनामध्ये गिरिजाप्रसाद

बितिसके, म ज्यूँदो छु, मलाई आएर सोधे हुन्छ। भारतीय सत्ताका प्रतिनिधि कर्ण सिंह पनि त थिए। कर्ण सिंहबारे माधवकुमार नेपाल मौन छन्। पशुपतिशमशेरले पनि भनिसके– सहमति भएको हुनुपर्छ। प्रचण्डले समेत भारतको भरिया भनेर

आरोपित व्यक्ति हुन् माधवकुमार नेपाल। तिनै माधवकुमार नेपालले कर्ण सिंह अथवा भारत सरकारलाई सोधेर प्रष्ट हुनसकिन्छ भनेर भन्न नसक्नुले पनि ज्ञानेन्द्र शाहले धोका पाएको देखिन्छ।
पारस शाहले उतिबेलै भनेका थिए– मलाई राजकाजमा कुनै चाख छैन। सवाल पारस शाहको हुँदा पनि होइन। उनी आफ्नो निजी जीवन बिताइरहेका छन्, त्यसबारे टिप्पणी गर्नुको अर्थ छैन। हृदयन्त्र झण्डै बेबी किङ बनेका थिए। यतिबेला बेबी

किङभन्दा पनि राजनीतिक इमान्दारितामा प्रश्न उठेको छ। जनताले चाहदैनन् भने राजतन्त्र त के, कुनै व्यवस्था वा व्यक्ति राजनीतिमा टिक्न सक्दैन। संक्रमणकाल छ, बिबाद अनेक छन्, राष्ट्रिय मुद्दाहरुमा जनमत संग्रह गरेर एउटा टुङ्गोमा पुग्न र

मुलुकलाई व्यवस्थित गर्न केले छेक्यो कुन्नी?