Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आक्रमण सुरु भइसक्यो, किन चुप ?

०३ सोमबार , बैशाख २०७५७ बर्ष अगाडि

शाश्वत शर्मा -
आफूलाई राजनीतिक विश्लेषक, अझ भनौं मधेस सम्बन्धि जानकार भन्न रुचाउने मधेशका अधिकर्मी भनेर चिनिने विद्वान तुला नारायण साह अध्यक्ष रहेको नेपाल मधेश फाउण्डेशनले पश्चिमा राष्ट्रहरुको संगठन युरोपियन युनियनबाट सात करोड एकचालीस लाख सत्र हजार तीन सय उनासी रुपैयाँ लिएको तथ्य सहित बाहिर खबर आयो । विद्वान तुलानारायण साहले मधेसशीहरुलाई नजानिदो तबरबाट पश्चिमाहरुको हितका लागि प्रयोग गर्ने, इसाई धर्मफैलाउनका लागि मधेसशीहरुलाई प्रोत्साहितगर्ने र मधेसशमा जातीय र धार्मिक द्वन्द्व बढाउन र कालान्तरमा नेपालका दुबै छिमेकीहरुलाई बिबादको लपेटामा पार्नका लागि काम गरिरहेको आरोप पनि लगाइएको छ 
त्यसो त, नेपालको तराई मधेशमा सिके राउत, दीपेन्द्र झा लगायतका शंकास्पद व्यक्ति जो नेपाली भएर पनि भारतीय कलेवरमा पश्चिमाहरुका लागि काम गर्छन्, हरु उहिल्यै देखि खासगरी गणतन्त्र घोषणा भएपछि, सशक्त ढंगबाट नसलबलाएका होइनन् । तर नेपालका लागि यो सौभाग्य नै हो कि परापूर्वकालदेखि एक अर्कालाई सम्मान गर्दै, अर्काको भावनालाई कदर गर्दै, एक अर्काको संस्कृति, रितिरिवाज अनि धर्मलाई कहेी हदसम्म स्वीकार गर्दै आएकाले पनि नेपालमा जाति, धर्मका द्वन्द्वको सम्भाबना अहिलेसम्म टर्दै गएको छ ।
वास्तवमा, यो सव हुनुमा सबै खाले नेपालीहरुका वीच अहिलेसम्म सद्भाव कायमै रहनुमा हिन्दुत्व र राजसंस्थाको पनि ठूलो योगदान
 रहेको छ । करीव अढाइसय वर्ष अघिदेखि जतिबेला नेपाल एकीकरण गरियो, त्यतिबेलादेखि नोली नेपालीवीच सुमधूर सौहाद्र्रता कायम गराउन राजसंस्थाले जुन नीति लियो, त्यसको रङ अहिलेसम्म कायम छ । यही रङ फिका पार्ने प्रयास हो इसाइकरण ।
अहिले आएर चर्चा गरिएका तुलानारायण साह त एक पात्र हुन्, यस्ता साह धेरै छन् । यही काठमाडौंमा गत वर्ष प्रतिनिधिसभाको चुनाव लडेका रवीन्द्र मिश्र ‘चर्च अफ स्कटल्याण्डसँग जोडिन पुगे, त्यतिबेला विवेकशील साझा पार्टीलाई नेपालको भविष्य झैं देख्नेहरुलाई नराम्ररी झस्काए विरोधीहरुले ।
डा.बाबुराम भट्टारईदेखि लिएर दमननाथ ढुंगाना, गगन थापादेखि एर रवीन््र अधिकारी, हालका मन्त्री, सम्म इसाई मेसिनरी अन्तर्गत छन् भन्ने आरोप लागेको लाग्यै छन् । अझ कतिजना त हामीसँग प्रमाण छ भनेर दावी गरिरहेका छन् । गणतन्त्रको नाममा मुलुकमा इसाईका अझ इसाइृकरणबाट द्वन्द्वतिर लैजाने कामलाई द्रुतगतिमा अगाडि बढाइदो छ । चर्चको संख्यामात्र बढाइने गरिन्थ्यो अव त व्यक्ति हत्यासम्म पनि देखिन थाल्यो । हालै विराटनगरको जतुवामा अज्ञात समूहले गोली हान्यो सन्त गुरु श्रीनिवासाचार्यमाथि । बिस्तार बिस्तार पुरानो नेपालदेखि कायम रहेको समाजिक सद्भावको कडी चुडिन थालेको देखिन्छ । नेपाल र नेपलीबाट होइन कि जातजाति, धर्म, भाषा, भेग आदिबाट नेपालीहरुलाई उकास्न थालिएको छ ।
भारतीय विस्तारवादबाट मात्र प्रताडित हामी अव इसाई र मुसाई दुबैतिरबाट चेपिन पुगेको  छन् । यी सबका लागि यहाँ विद्वानहरु र तिनबाट सञ्चालित एनजीओ, आइएनजीओलाई परिचालित गरिउको छ । ठिक यस्तै परिस्थितिलाई मध्यनजर राखेर पूर्वराजा ज्ञानेन्द्र शाहले नववर्ष २०७५ को अवसरमा ‘नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई ‘एक नेपालीले अर्को नेपाली देख्दा झस्कने रया तर्सनुपर्ने परिस्थिति नबनोस्...भनेर चेतावनी दिएका छन् । सन्देशमा ‘यहाँ शव्द जालको भुलभुलैयामा राखेर अन्तत: राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महसुस गरेको वर्तमान अवस्था राष्ट्रको यथास्थिति हो भनेका छन् ।’
हुन पनि हो, अव त राजनीतिक हिंसा भन्दा बाहेक धार्मिक हिंसाको खतरा देखा परिसकेको छ। यो क्रम बढ््ैछ । जातीय, भेग र भाषीय हिंसा पनि हुनसक्ने सम्भाबना हलक्क बढेर गएको छ । यो सब यहाँका नेता र स्वनामधन्य विद्वानहरुको कमाल हो। अझ आश्चर्य, विराटनगरमा हिन्दु सन्तमाथि गोली प्रहार गरियो,... तर अहँ माइतिघर मण्डलामा विरोधका स्वर देखा परेनन् । इसाई शैलीको मैनबत्ती समेत जलेन ।
के नेपालको मौलिकपनालाई मास्ने कार्यमा जानी नजानकन यहाँका अमसर्वसाधारणहरु पनि सामेल भएका हुन्  त ? डा.गोविन्द केसीको कार्यक्रममा हजारौं जुट्नेहरु, सडक बिस्तारविरुद्ध हजारौं आन्दोलनमा उत्रनेहरु, आफ्नै धर्ममाथि आक्रमण हुँदा पनि किन बोल्दैनन् ? नेपालीहरुको आत्मा मरेकै हो त ?