Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गिद्धको टाउकोमा लोकतन्त्रको मुखुण्डो

०६ शुक्रबार , चैत्र २०७११० बर्ष अगाडि

राजन कार्की
घरको छानामा गिद्ध बस्यो भने अपसकुन हुन्छ भनिन्छ। २०६४ सालदेखि संविधानसभाको छानामा बसेको लोकतान्त्रिक मुखण्डो लगाएका गिद्धहरु अहिले पनि जमेर बसेका छन्। यही अपसकुनले देशमा शुभ केही भइरहेको छैन। भोजभत्तेरमात्र खाइरहने विवेकहीनहरु भिजिलान्तेभन्दा कम छैनन्। गिद्धरुपी भिजिलान्ते संविधानसभाको छानोमा बसेका कारण दोस्रो संविधानसभा समेत आमहड्तालजस्तो आपातकालीन पहिरोको विपत्तिमा पर्न पर्न लागेको छ। रक्तापात हुने त्रासदीको आतंक फैलिन थालिसक्यो। प्रचण्ड र बाबुरामले प्रधानमन्त्री निवास छिर्दा बोको र थुमो भोग दिएका थिए तैपनि उनीहरु देशका प्रधानमन्त्री बन्न सकेनन्। सुशील कोइराला दाह्री सुमसुम्याउादै प्रधानमन्त्री निवास पसेकाले हो कि ३ थान मोवाइलमात्र सम्पत्ति भएका कोइरालाको भान्छाबाटै १२ लाख हरायो। बुढ्यौलीले छोइसकेका सुशील कोइराला जिब्रोको क्यान्सरले तोते तोते बोल्थे, उनलाई उनकै दलका देउवा पक्षधरहरुले असफल भयौ भन्न थालिसके। न सरकारमा, न संविधानसभामा दुबैतिर असफल भएका सुशील कोइरालाको पदीय अवसान नजिकिए जस्तो छ। सत्ता परिवर्तन भएर कालो बोको बली दिएपछि भत्केको संविधान निर्माणको वार्ता सुलह होला कि? खोपामा थन्क्याइएर ताल्चा मारेको संविधानसभाको बैठक खुल्ला कि? सुरु सुरु आइरहेको मीठो खान्की 'तलवभत्ता' खाएर उग्राइरहेका सभासदहरुले टेबुल ठटाउने र ताली पिट्ने वा टेबुल भााच्ने र माइक तोड्ने काम पाउलान् कि?
ठूला दलका चारथरि नेताले रिसोर्टको सयर धेरै गरे। आध्यारो कोठामा गुप्तगु पनि गर्नुगरे। सत्ता र शक्ति बााडिएको भए वार्ता भााडिने थिएन। सिण्डिकेटका यी चार सदस्यमध्ये कसैले खोजेको पाए, कसैले मागेको पाएनन् र वार्ता भााडियो। भााडिएको वार्ता र हुनैपर्ने सहमति खोज्न दिल्लीदेखि वाशिङ्टनसम्म, लण्डनदेखि बेइजिङसम्म सरखराउन थालेका छन्। नेपालको संविधानमा के लेख्ने, कस्तो बनाउने, कसरी बनाउने भन्ने विषयमा जनप्रतिनिधि सेलाउनु र विदेशीहरु तात्नु भनेको लायकहरु नालायक बन्नु हो। नेपाली जीवनहरु परजीवी हुनु हो। मुख्य जिम्मेवारी भनेको संविधान निर्माण पूरा गर्नुपर्ने दलहरु हड्ताल, नाराबाजी, कालो झण्डा, लाठी जुलुस, टायर बालेर आमहड्ताल गर्न तम्सिन्छन् भने संविधानसभालाई पञ्चदेवल र तलवभत्तालाई हण्डी सम्झेर खानेहरुलाई कसरी गिद्ध नभने के भन्ने? गिद्धहरु क्षमताअनुसार घिचिरहेका छन्, लुछाचुाडी गरिरहेका छन्। लोकलज्जाको कसैलाई पर्वाह छैन, लुट मच्चाइरहेका छन्। लुट मच्चाउने छुटका लागि ल्हासा जाने कुतीको बाटो भनेझंै संविधान लेख्न संविधानसभा पुगेका पार्टीहरु एकथरि सत्ता मुठ्याइरहेको छ, अर्काथरि सडकमा उफ्रिन थालेको छ। जनता हस्तक्षेप गर्ने साहस गर्न सकिरहेका छैनन्, यस्ता जनतालाई राजनीतिक दलहरु गाईजात्रे मनोरञ्जन दिइरहेका छन्। गणतन्त्रमा अर्को गुण्डातन्त्रको नजाराको रिहलसल सुरु भएको छ।
गणतन्त्रमा गणको महत्व सर्वश्रेष्ठ हुनुपर्ने हो। यही कारण सभ्य मुलुकमा जनतालाई जनार्दनको मान्यता दिइन्छ। नेपालमा जनयुद्ध र जनआन्दोलनको एजेन्डा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता थिएन। एकाएक पलाएका यी एजेन्डा भालुको कन्पट बन्नपुगेका छन्। छोडे मारिहाल्छ, नछाडे कति समाइरहने? नेपाली समाजमा उखान छ– सर्पको विष झार्न नजान्नेले सर्पलाई नचलाउनु। संघीयताको मुद्दा त उठ्यो, एकल जातीय पहिचान कि बहुजातीय पहिचान? मधेस एक प्रदेश कि बहुप्रदेश? हिमाल, पहाड, तराईको एकता कि कित्ताकाट? यता सम्याए, उता भत्किन्छ, उता सम्या यता भत्किन्छ। राजनीतिक वार्ता बिथोलिनु र सहमति हुन नसक्नुको मूल कारण अवधारणाले समाजालाई बााध्न सक्ने नेता र पार्टी एउटा पनि भएनन्। सबै पार्टी जोगीका घरमा सन्यासी पाहुनाजस्ता।
पहिलो संविधानसभाको चार वर्ष खाएर सिध्याए। दोस्रो संविधानसभाको १५ महिना पनि खाएरै सिध्याए। यी खन्चुवा गिद्धहरु हुन्। जो देश र जनताको हाडछाला लुटिरहेका छन्। एक थान संविधान लेखेर बिधिको शासन स्थापित गर्ने इच्छाशक्ति र दूरदृष्टि देखिन्न यिनीहरुमा। देख्नाका डाल, खानाका काल भनेका यिनै हुन्। सत्ताको तिर्खा अचम्मको हुन्छ। जति खाए पनि आात भरिन्न। यी नेताहरुमा खाली खाउा खाउा लाग्ने खन्चुवा तिर्खा मेटाउन देश र जनताले ६ सय १ जनाको भेडा बथानलाई घरज्वाई पालेसरह पालिरहनु परेको छ। युवाहरुले नांगो जुलुस निकाले, थाल ठटाए, पर्याप्त ज्याला लियौ, अब संविधान देउ भनेर प्रदर्शन गरे, तातो पानी लागेन। खाईदेउहरु खाईरहेका छन्, लोकआवाज काग कराउादैछ, पिना सुक्दैछ भइरहेको छ।
देश बनाउन एकजना आदर्श, आाटिलो, निस्वार्थ नेता भए पुग्छ भन्ने उदाहरण हुन् लीक्वान यु। उनले सिंगानपुरजस्तो अस्तव्यस्त मुलुकलाई आजको सभ्य र सम्पन्न सिंगापुर बनाइदिए। लुटराज्यको रुपमा बदनाम सिंगापुर आज विधियुक्त सिंगापुर बनेको छ। यही कारण लीक्वान युलाई आज थर्ड कन्ट्रीका सबैले सलाम गर्छन्, युरोप अमेरिका उनको कदर उच्च सम्मान गरिरहेको छ। देशभक्ति भनेको त्यो हो।
राजतन्त्र गनायो भनेर गणतन्त्र ल्याउने नेताहरु ९ वर्षदेखि एकथान संविधान लेख्ने भगिरथ प्रयत्न गरिरहेका छन्। फोस्रो प्रयत्नले संविधान लेखिने कुरै थिएन, लेखिएन। १९४० को दशकमा माओले खुवाएको अफिमको नशा नेपाली कम्युनिष्टहरुलाई अहिले लाग्न थालेछ कि के हो? संविधानसभा त्यागेर सडक संविधान जारी गर्छौं पो भन्न थाले। हामीले भनेको मान्ने भए मान, होइन भने आमहड्ताल हुन्छ, अर्को जनयुद्ध गरिन्छ भनेर त्रासदी फैलाउन खोजे। यतिले नपुगेर विदेशीलाई हस्तक्षेपका लागि निम्त्याउन खोजे। यस्ता निर्लज्ज लोकतन्त्रवादीले लोकको हित गर्लान्? यिनले संविधानसभामा उभिएर बहस पैरवी गर्नुपर्थ्यो, जनताको मत जित्न सक्नुपर्थ्यो। दिमागमा गोबर भरिएपछि संविधानसभाको छतमा गिद्ध बसेको अनुभूति हुनथालेको छ। पञ्चायतलाई कालरात्रि, बहुदललाई कुशासन भनेर डामियो, त्योभन्दा गएगुज्रेको स्थितिलाई कसरी लोकराज भन्नु?
मुखले लोकतन्त्र मान्छु भनेर हुन्न, व्यवहारमा लोकतन्त्रको इज्जत गर्नसक्नुपर्छ। संविधानसभामा ३१ दल छन्, ती कहाा छन्, के गरिरहेका छन्, आफ्ना प्रतिनिधिबारे जनता नै अनभिज्ञ रहेको अन्यौलको अवस्था विद्यमान छ। लोकतन्त्र संस्थागत गर्ने इच्छाशक्ति चाहिन्छ, मरेको इच्छाशक्तिले केही निर्माण गर्न सक्दैन। जनप्रतिनिधि नामधारीहरु तिनै देवत्वविहीन ढुंगाहरु हुन्। विदेशीका मतियारले स्वदेशीलाई हतियारमात्र बनाउन जानेका हुन्छन्, ०६३ सालदेखि आजसम्म त्योभन्दा बढी केही भएको पनि त छैन।
नेपालबाट मात्र २८ किलोमिटर उताको देश बंगलादेशका राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि अस्पतालमा डाक्टरले पोष्टमार्टम गर्न उनको लुगा फुकाल्दा उनले लगाएको पेटीगन्जी प्वाल परेको थोत्रो देखियो। पछि उनको बैंक खाताको स्टेटमेन्ट निकाल्दा न्यूनतम रकमभन्दा एकपैसा बढी देखिएन। भर्खर स्वीस लिकले लिक गरेको खबर अनुसार स्वीस बैंकमा ८ नेपालीको ५ अर्व लुकाइएको रहेछ। को हुन् ती नेपाली? कतै हाम्रा लोकतन्त्रका महारथी नेताहरुले त ती पैसा लुकाएका होइनन्? ०४६ सालपछिका कांग्रेस र ०६३ सालपछिका कम्युनिष्टहरु नवसम्भ्रान्त सामन्त अर्थात अरवी शेखभन्दा कम्तिका देखिदैनन्। महलमा बस्छन्, महगा रक्सी पिउाछन्, आरामदायी गाडी चढ्छन्, ५ तारे होटलमा खान्छन्, जनता जहााको तहीा छन्, नेताको हुनसम्मको प्रगति भएको छ। यस्ता नेता न सिंगापुरका लीक्वान यू बन्नसक्छन्, न बंगलादेशका जियाउर रहमान? गान्धी बन्न कुनै नेता तैयार छैनन्, सबै व्यक्तिगत र पार्टीगत सुखभोगका लालची देखिन्छन्। सूर्यमुखी फूल सूर्यको किरण देखेर फुल्छ, नेताहरु सत्ता देखेर झुल्छन्। सत्ता र शक्तिका लागि दिल्ली दौड लगाइरहने हाम्रा नेताहरु भारतकै लालबहादुर शास्त्रीको सादगीको अनुकरण गर्न चाहदैनन्। प्रत्येक भारतीय हमारा भारत महान भन्छन् र गौरव गर्छन्। हाम्रा एउटा नेता पनि मेरो नेपाल भनेर गौरव गर्न जान्दैनन्। भाषण गर्दा यिनै नेता आफूलाई नागरिक सर्वोच्चता र स्वाधीनताको पक्षधर भनेर फूर्ति लाउाछन्।
मर्नु त नेल्शन मण्डेलाजस्तो नेता भएर पो मर्नु। हाम्रा नेताहरुले मरेपछि एकजना नेता पनि मलामी पाउाछन् कि पाउादैनन्, शंकै लाग्छ। जनताको मन रोएको छ, यथार्थ यही हो। नेपाल मण्डेलाको जस्तो धैर्यता, जियाउर रहमानको जस्तो राष्ट्रियता, गान्धीको जस्तो देशप्रेम, नेहरुको जस्तो त्याग, लीक्वान यूको जस्तो प्रतिवद्धता खोजिरहेको छ। राजतन्त्र लखेटियो, राजनीतिक दलहरु टकटकिए। शान्ति, समानता र संविधानका माध्यमबाट स्थिरता खोजिरहेका नेपालीका सामु बेइमानहरुको भीडमात्र देखिन्छ। आधेर नगरी चौपट राजाको नियति भोगिरहेको छ देश।