शाश्वत शर्मा -
मोदी शुक्रवार र शनिवार नेपालको राजकीय, धार्मिक भ्रमण सकेर फर्किए । उनले मीठा चिप्ला चिप्ला कुरा तगरे नै, आश्वासन र सहयोगको पुलिन्दा पनि खोले । तर त्योभन्दा पनि नेपालभित्रै नेपाली नेपालीहरुवीचमा शंका, अविश्वास र तिक्तता उत्पन्न गराइदिए । खासगरी जनकपुर अर्थात प्रदेश २ मा पाइला टेक्ने वित्तिकै देखि श्रीमान मोदीले प्रदेश २ लाई छुट्टै राष्ट्रझैं मानेको अझ त्यस प्रदेशका मुख्यमन्त्री रमन्त्रीहरुले श्रीमान मोदीजीलाई आफ्नै मुलुकको प्रधानमन्त्री सरह व्यवहार र संवोधन गरेको । आफ्नो आन्तरिक र घरेलु मसलाको कुरा मोदीलाई लगाएको आदि बाहेक प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र मन्त्री जितेन्द्र सोनलको हाउभाउ र बोली व्यवहारलाई पुन: एकपटक स्मरण गरेर निजहरुमाथि कारवाही हुनुपर्छ भन्ने माँग बढ्न थालेको छ ।
छिमेकी बिहार प्रान्तका बिहारीहरुलाई समेत झिकाएर जनकपुरको रंगभूमिमा गरिएको नागरिक अभिनन्दन कार्यक्रम पुरै नेपालविरोधी थियो । अझ फ्रि मधेश लेखिएको व्यानर मोदीलाई देखाउँदा पनि प्रदेश सरकार र स्थानीय प्रशासनले कुनै कारवाही गरेको सुनिएन । अव प्रदेश सरकारले नेपालको झण्डाको स्वरुप बिगारेको, आफ्ना प्रधानमन्त्री केपी ओलीभन्दा बढी खातिरदारी मोदीलाई गरेको अनि पोशाकदेखि लिएर भाषासम्ममा भारतलाई झल्काएको देखेरै होला, मोदीले पनि आफू विदेशमा नभई आफ्नै देशमा भएको अनुभव आफ्नो भाषणमा सुनाएको । कूटनीतिमा धेरै अर्थ राख्ने मोदीका हावभाउ ओलीले बुझेनन् ।
त, जनकपुरमा जति नेपालको मानमर्दन गरियो, कथित नेपाली अनुहारका बिहारहिरुबाट, त्यो भन्दा बढी यता काठमाडौंतिर, मुक्तिनाथतिर, पशुपतिनाथतिर, गरियो भन्ने पनि धेरै देखिए । अव मुक्तिनाथमा क्यामेरा निषेध गरिउको स्थानमा समेत भारतीय पत्रकारहरुलार्य छिराएर मुक्तिनाथको गर्भगृहको तस्वीर उतार्न दिइयो । पशुपतिनाथमा नेपालका राजाहरुले मात्र गर्ने पूजा विधिबाट पूजा गराइयो । लोकतन्त्रवादीले नरेन्द्र मोदीलाई नयाँ राजा मानेकै हो त ?
राष्ट्रिय सभागृहमा गरिएको नागरिक अभिनन्दन समारोहमा भारतीय पत्रकारहरुलाई प्रवेश पास र नेपालका निजी क्षेत्रका पत्रकारहरुलाई प्रेशपासहुँदा पनि रोक लगाइयो । आफ्नै मुलुकमा नेपालीहरुलाई भारतीयहरुका अगाडि दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरियो । भारतको कर्नाटक राज्यको प्रान्तीय चुनावलाई यही नेपालबाट हिन्दुकार्ड प्रयोग गरेर चुनाव जित्ने मनसुवा राखेर चुनाव प्रचार प्रसारको क्रम आचारसंहिता अनुसार बन्द भएपछि नेपाल पसेका श्रीमान मोदीले बाहिरबाट देखाउँदा नेपाल र नेपालीहरुप्रति उच्च सम्मान देखाएता पनि खासमा सीमामा अतिक्रमणका क्रममा नेपालीहरुले गरेका प्रतिकार, चीनको प्रभावकारी उपस्थिति, कथित भारतविरोधी गतिविधि र भारतीय मूलका नेपालीहरुमाथि गरिएको विभेदका सम्बन्धमा नेपालका सत्तापक्ष र विपक्ष दुबैथरिलाई दह्रो कुरा सुनाएको बुझिन आएको छ ।
बाहिर सार्वजनिक भाषणमा मेरे भाइसाप भनेर ओलीलाई संवोधन गरेर साखुल्ले बने पनि वास्तवमा भित्र त्यो स्थिति नरहेको पनि बुझिन आएको छ ।नेपालीहरु माझ भारत विरोधी, मोदी विरोधी छवि प्रस्तुत गर्नका लागि यहाँका राजनैतिक दलहरु जिम्मेवार रहेको छनक दिएका थिए, मोदीले ।
माोदीको यो पटकको भ्रमण पनि सुरुदेखि नै विवादमा रह्यो । खासगरी मोदी आउनु हप्तादिन अघिदेखि नै जनकपुरमा भारतीय सेनाको परेड भएपछि नेपालीहरु असन्तुष्ट बनेका थिए । त्यसपछिका गतिविधिहरुले थप असन्तुष्टि बनायो । भ्रमण अन्तिम दिन जारी गरिएको १६ बुँदे घोषणापत्र पनि कुनै उल्लेखनीय बन्न सकेन । नयाँ सहमति कार्यान्वयन कहिलेसम्म हुने यकिन मिति देखिएन । एकजना आम नेपाली कुनै टीभी च्यानमा यसै भन्दै्र थिए । जारी विज्ञप्तिमा पनि नेपाल पक्षीय कुरा केही छैन । मिचिएका नेपाली भाूभागहरु, १९५० को सन्ध्,ि विराटनगर र वीरगञ्जमा वाणिज्य कार्यालयको आवरणमा खोलिएका जासुसी अड्डाहरुलाई बन्द गराउने कुरा, नोटवन्दीले नेपाललाई गरेको असर, आदिका सम्बन्धमा पनि घोषणा पत्र मा नै कुरा आउनु पर्दथ्यो भन्ने धेरै छन् । तेश्रो पटकको मोदी भ्रमण झन बढी बिबादित बन्न पुगेको छ । यसमाथि भाजपाकै नेता कीर्ति आजादको जनकपुर भारतमा गाभ्ने कुराले समेत प्रदेश २ का कोही पनि नबोल्नुले दालमे कुछ काला है भन्ने पक्का भएको छ ।
मोदीले जनकपुरबाट दिएको अभिव्यक्ति झन घातक छ किनभने उनको अभिव्यक्तिमा मधेश देशको गन्ध चाल पाइन्छ । यसपटकको मोदीको नेपाल भ्रमण मृत्युघण्ट नै हो, अव नेपाली एकताको झन बढी खाँचो देखिएको छ ।