Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कहाँबाट आयो यो बिखण्डनकारी महामारी?

०९ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

दीर्घराज प्रसाई
नेपालको भौगोलिक, सामाजिक अवस्थाको मूल्यांकन नै नगरी विदेशीहरुको चासोमा धर्मनिरपे212, गणतन्त्र र जातीय संघीयता लाद्न खोज्नु नै नेपालको अधोगतिको कारण हो। नेपालको एकीकरणभन्दा अगाडि नेपालमा कहाँ थिए जातीय राज्य?

काडमाडौं, ललितपुर, भक्तपुर राज्यमा ठकुरी मल्ल राजाको शासन थियो। यस्तै पश्चिमतिर सेनवंशी, बाइसी, चौबीसी राज्यहरु थिए। कहाँ थियो नेवारी राज्य, किरात, थारु, तामाङ, गुरुङ तथा मगर राज्य? नेपालजस्तो एकीकृत अधिराज्यमा कहाँबाट

आयो यो विखण्डनकारी रोग? 'अनेकतामा एकता' भन्ने नीति नै नेपालीहरुको मूल बाटो हो। नेपालका पाँच विकास 212ेत्रलाई नै विकेन्द्रीकरणको सिद्धान्तअनुसार शक्तिशाली बनाएर हिँडाइयो भने सम्पूर्ण जाति र समूहको हित हुन्छ। 'एकै देशका

सन्तान हामी, को टाढा र को नजिकको' भन्ने कुरा नै हामी नेपालीको एकताको सन्देश हो। एक उच्च्स्तरीय आयोग गठन गरी तराईका जनताका पीडा, अभाव, असमानता हटाउन सरकारले दृढ संकल्प लिनुपर्छ। सर्वाेच्च अदालतका बहालवाला

न्यायाधीशको अध्य212तामा पार्टीका प्रंतिनिधि समावेश गरिएको आयोग बनाई तराईका बासिन्दाका समस्या निराकरण सुझाव आयोग गठन गराउने र उक्त आयोगले प्रस्तुत गरेका सझावहरुलाई राज्यले कानुन बनाएर उन्मुक्ति दिलाउने क्रान्तिकारी

योजना कार्यान्वयन गर्न सक्नुपर्छ। जातीय, 212ेत्रीय, संघीयताको आधारमा यो सार्वभौम राष्ट्रलाई टुर्क्याउने सोच कसैबाट राख्नुहुन्न। 'एक मधेस एक प्रदेश'को विखण्डनकारी बाटो रोज्ने तत्वहरुबाट कहिल्यै पनि तराईका जनताको हित हुन सक्दैन।

भारतको बिहार राज्यमा ९ करोडभन्दा बढी जनसंस्था छ। त्यहाँका जनता यहाँका भन्दा अत्यन्त पिछडिएका र गरिब छन्। विहारमा चाहिँ संघीयताको आवश्यकता नहुने, ३ करोड जनसंस्था भएको नेपालमा संघीयता चाहिने? यो कस्तो विडम्बना?

विदेशीहरुको पैसा खाएर योे शान्तिपूर्ण र सानो देशलाई भड्खालोमा पार्न खोज्नेहरुलाई कारबाही गर्न नसकेकाले उनीहरुको पहुँच बढ्दै गएको हो।
हिमवत्खण्डका स–साना ५४ हिन्दूराज्यहरुलाई साम्राज्यवादी शक्तिको आक्रमणबाट बचाउन एकीकृत भएको यो नेपाल अधिराज्य हो। स–साना हिन्दूराज्यहरु एकीकृत भएर विशाल नेपालको सिर्जना भएको बेलादेखि जन्मदैको हिन्दूराज्य हो नेपाल।

विश्वमा नेपाल मात्र एक हिन्दूअधिराज्यराज्य भएकाले यो नेपालको पहिचान मात्र नभएर भारतलगायत विश्वका हिन्दूहरुको लागि पनि एक तीर्थस्थल हो। यसलाई बिथोलेर इसाईकरण गर्न खोज्ने दलका नेताहरु चाहे जो हुन्, ती ती देशको हित गर्न खोज्ने

होइनन्। विदेशीहरुलाई थाहा छ कि नेपालमा संवैधानिक राजसंस्था र हिन्दूराज्य रहुन्जेलसम्म नेपालमा खुट्टा घुमाउन पाइँदैन। त्यसो भएकाले नेपालका स्थापित आधारस्तम्भ भत्काउन भारतीय गुप्तचर संस्था, सीआईए र युरोपका इसाई देशहरु

नेपाललाई इसाईकरण गर्ने र चीन टुर्क्याउन यहीँका पार्टीका दलाल नेताहरुलाई छानी–छानी पैसाको खोलो बगाएर, नेपालका हितचिन्तक भएर नेताहरुका चोटा–चोटासम्म पुग्ने गर्छन्।
भारतबाट नेपालमा छिरेर व्यवसाय गर्दै आएका र पछि नेपाली नागरिकता प्राप्त गरेकाहरुले आफूहरुलाई मधेसी ठानेर भ्रम पालेका छन्। विदेशीले उक्साएका कतिपय मधेसवादी पार्टीका नेताहरुले आयातीत कुरा बोलेर, नेपाली जनतालाई दिग्भ्रमित

बनाउन खोज्नेहरुको प212मा लागेर, माओवादीहरुले पनि विखण्डनकारी बाटो लिएर आफ्नो हैसियत देखाए। युगयुगान्तरदेखि नेपाल विश्वमा एक सार्वभौम एकीकृत राष्ट्रको 181पमा चिनिदै आएको छ। हिमवत्खण्डको यो 212ेत्र विदेशी आक्रमणबाट

कहिल्यै पनि बिटुलो भएन। नेपालको एकीकरणको बेलादेखि नै एकतात्मक राज्यको बनोटको कारणले यस 212ेत्रका अनेकौं जातजातिहरुको संयुक्त181पमा स्फूर्त सहभागिताबाट एक बलियो सार्वभौम राष्ट्र बनेको छ। उत्तर–द212िणका दुई

ठूला छिमेकी राष्ट्रहरुको थिचोमिचोबाट मुक्त भइरहन र खतराबाट आफूलाई बचाउन यहाँका सबै जातजातिले राजाको उपस्थितिमा एकात्मक राज्यलाई नै नेपालको एकता र समृद्धिको आधारशिला मान्दै आएका छन्। सबै जातजातिका

भेषभूषा–भाषाको सम्मान हुँदै आएको छ। औपचारिक कार्यक्रम एवम् विदेशमा नेपालको राष्ट्रिय पोशाक पहिरिने अनि सबै जातीय भाषाहरुको बीचमा साझा भाषाको रुपमा नेपाली भाषालाई लिइँदै आएको छ। यसैबाट नेपालको राष्ट्रियता र

प्रजातन्त्रलाई दिगोरुपमा परिचालन गर्न सकिन्छ। ९ करोडभन्दा बढी जनसंस्था र जनता यहाँका भन्दा अत्यन्त पिछडिएका र गरिब भएको विहारमा विहारमा चाहिँ संघीयताको आवश्यकता नहुने, ३ करोड जनसंस्था भएको नेपालमा संघीयता चाहिने?

यो कस्तो विडम्बना?