Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पासाङको हतियार उठाउने धम्की

०९ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ
नन्दकिशोर पुन पासाङ: जनयुद्धकालीन जनमुक्ति सेनाका कमाण्डरमात्र होइनन्, अहिले माओवादी आन्दोलन पुनर्गठन अभियानका सक्रिय नेता नि हुन्। उनका अनुसार वार्ता र सहमति हुनसकेन भने 'हतियार उठाउन तैयार छौं।' लामो समयदेखि

मौन बसिरहेका पासाङ एकाएक हतियार उठाउने आक्रोस लिएर किन देखा परे? के एमाओवादी र मधेसवादीको मोर्चा र सत्तापक्षवीच वार्ता र सहमतिको वातावरण बिग्रिएपछि निरास भएर पासाङजस्ता पूर्वकमाण्डरले आक्रोस निकालेका  हुन्? यद्यपि

संविधानसभाको निर्वाचनमा राजधानीबाटै हारेका उमेदवार पनि हुन् उनी। पासाङको किन निरास छन् भन्ने सम्बन्धमा स्वयं पासाङ भन्छन्– माओवादी भएर परिवर्तनका एजेन्डा बोकेकै आधारमा अपमानित हुनुपर्ने अवस्थाको सिर्जना हुनु दुर्भाग्यपूर्ण

हो। यसको अर्थ उनी टुक्रिएका माओवादीहरुको शक्ति क्षिण भएकोमा पनि दुखित छन्। र भन्छन्: लाठी जुलुस निकालिन्छ, दमन गरिए बन्दुक बोकिन्छ। पासाङको यस्तो अभिव्यक्तिले वाईसीएल व्यापक रुपमा हौसिएको देखिदैछ।
स्मरणरहोस्, एसएलसीको परीक्षा सकिएको भोलिपल्टै चैत १४ गते भाटा र १५ गते लाठी जुलुस निकाल्ने कार्यक्रम छ। यो कार्यक्रममा बढी सहभागिता र सफलताले चैत १९ र २४–२६ को आमहड्ताल सफल हुने आधार निर्माण गरिने मोर्चाको

रणनीति रहेको देखिन्छ। आन्दोलन फिर्ता लिन सत्तापक्ष र आमनागरिक समाजले प्रतिपक्षीलाई आह्वान गर्दै वार्ता र सहमति गर भनिरहेका छन्। के प्रचण्डको नेतृत्वबाट पासाङ खुश छैनन्। परिवर्तनका एजेन्डाहरु छायाँमा परेका छन् र पासाङजस्ता

नेताहरु शारीरिक र मानसिक विरामी भइरहेछन्। मिर्गौलाले काम नगर्दा समस्यामा परेका पासाङ विदेश गएर उपचार गराउन नकार्दै आएका छन्। उपचार स्वदेशमै पनि हुनसक्छ। उनको उपचारमा पार्टी र सरकारले दिनुपर्ने ध्यान नदिएको आरोप

पनि लाग्न थालेको छ।
पासाङ कम बोल्ने र एक्सनमा विश्वास राख्ने नेता मानिन्छन्। एक माओवादी नेता भन्छन्: चित्त नबुझे उनी टेबुल भाँचेर आफ्नो कुरा मनाउन सक्छन्। स्वयं प्रचण्डजस्ता नेताहरु पासाङको कुरा सुन्छन् र आत्तिन्छन् पनि। पासाङकै सुझावमा प्रचण्डले

माओवादी एकीकरणको प्रस्ताव अघि सारेका हुन्। पासाङका अनुसार एकीकरणको कुनै विकल्प छैन। एकीकरण नहुने हो भने अहिलेसम्म जेजति उपलव्धिहरु हासिल भएका छन्, ती सबै धरापमा छन्, गुम्न सक्छन्। त्यसैले पासाङको सुझाव छ,

आगामी विशेष अधिवेशन सबै माओवादी एक भएर साझा रुपमा गर्न सके माओवादी पुनः शक्तिशाली बन्नसक्छ। तर, कम्युनिष्ट नेताहरु पदका भोका देखिन्छन्। विचारमा कुनै भिन्नता छेन, दिल्लीलाई देवता सम्झने उनीहरुको प्रवृत्तिमा पनि फरक

छैन। लाभ हुन्छ भने कुनै पनि माओवादी दिल्ली छलाङ हान्न तैयार देखिन्छन्। ०५२ सालको ४० बुँदे धरातलप्रति कुनै पनि माओवादी नेता प्रतिवद्ध छैनन्। सबै स्खलन भइसकेका हुनाले यिनको एकीकरणले तात्वीक अर्थ राख्लाजस्तो देखिदैन।