Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुशील कुनै एउटा क्षेत्रमा सफल भएका छन् त?

१६ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

शाश्वत शर्मा खतिवडा
सुशील कोइराला नेतृत्वको वर्तमान कांग्रेस–एमाले–राप्रपा गठबन्धनको सरकार कुन चाहिँ क्षेत्रमा सफल भएको छ त? जवाफमा स्वयं प्रमुख सत्ता साझेदार कांग्रेस कै नेता तथा कार्यकर्ताहरु भन्न थालेका छन्, यो सरकार गृह मामिला, अर्थ मामिला र

विदेश मामिला सबैमा असफल सावित भइसकेको छ। हुन पनि आन्दोलन गरेर, अनशन बसेर, धम्क्याएर, तर्साएर आदी–इत्यादी हतकण्डा अपनाएर हरेक क्षेत्रमा यो सरकारलाई घुाडा टेकाएर असफल तुल्याएको छ।  सुशील कोइराला नेतृत्वको

सरकार यति विघ्न असहाय सावित भएको छ कि, जो सुकैले पनि आन्दोलन गरेर यसलाई घुाडा टेकाउन सफल भएका छन्। हो, एउटा कुरामा चाहिा यो सरकार सफल नै मान्नु पर्छ, त्यो के भने जसरी पनि यो सरकारलाई टिकाइराख्न चाहिा सुशील

मन्त्रिमण्डलका सदस्यहरु सफल भएका छन्। भन्नलाई संविधान जारी हुने वित्तिकै सत्ता छाड्छु भन्ने बाचा बन्धन (?) गरेका सुशीलले त्यो पनि (संविधान जारी गराउन पनि) गर्ने/गराउने छााटकााट देखिएन। त्यसो त, आउादो भादौ महिनामा हुने

कांग्रेसको महाधिवेशनसम्मका लागि  सुशीलले 'जीवनदान' पाएका छन् पनि भनिादैछ।  तर महाधिवेशनसम्म सुशील प्रधानमन्त्रीको पदमै आसिन भइरहेमा त्यसले महाधिवेशनमा प्रभाव पार्ने निर्क्योल गरेर विरोधी खेमा (शेरबहादुर देउवा खेमा)

छट्पटिन थालिसकेको छ। समाचार अनुसार देउवा समूहले आफ्ना मनमिल्ने कार्यकर्ताहरु, जिल्ला सभापतिहरुको बैठक तारान्तार गरिरहेको छ।
....त्यस्तै गरेर यही वैशाखमा राप्रपा र राप्रपा नेपालकाबीचमा एकीकरण भइसकेपछि एमालेलाई मनाएर भएपनि सुशील कोइरालाको विकल्प अगाडि तेर्साएर शेरबहादुर देउवा समूह महाधिवेशनमा ढुक्क हुन चाहान्छ भन्ने पनि धेरै नै छन्। वरु एमाले

खेमाबाट कोही होस्, (देउवा नभएपनि) तर सुशीललाई प्रधानमन्त्रीमै राखेर महाधिवेशनमा जानु हुन्न भन्नेभित्रि दबाब देउवा(समूह)मा परेको छ। यसरी कांग्रेसभित्र भााडभैलो अर्थात् प्रधानमन्त्री परिवर्तनको गर्मागर्मी चलिहरेको छ भने उता एमाले पनि

अब सुशीललाई राखिरहनु हुन्न भन्ने निष्कर्षमा पुगेको बताइन्छ।  एकातिर असक्षम सुशीललाई कायम राखिराख्दा त्यसको असर आफूलाई पनि पर्ने र ओलीको प्रधानमन्त्री हुने इच्छा पनि पुरा नहुने बुझाई एमालेेभित्रको ओली समुहलाई छ। उता

माधव नेपाल समुहचाहिा कुनै हालतमा पनि ओलीलाई त्यो पदमा पुग्न दिनुहुन्न भन्नेमा छ। अध्यक्ष हुादा त आफ्नो यो हालत छ झन प्रधानमन्त्री नै भइसकेपछि ओली समुहबाट आफूहरुलाई आउने झन डरलाग्दो खतराप्रति माधव समुह एकदमै सचेत

देखिन्छ। त्यसैकारणले पनि माधव समुह एमाओवादी र उसको तीस दलीय मोर्चासाग बरु 'सहमति' गरेर ओली समुहलाई किनारा लगाउन हतारिएको छ भन्ने विश्लेषण पनि नआएका होइनन्, अहिले। अरु कुरा जे भएपनि एउटा कुरा चाहिा पक्का के

हो भने यो सुशील कोइरालाको वर्तमान सरकार  हरेक तप्का र क्षेत्रमा असफल भइसकेको चाहिा हो।  
अझ एमाले मन्त्रीहरुलाई नै पेल्ने कुरामा स्वयं सुशील नलागेता पनि उनका सहयोगी मन्त्रीहरु नै लागेको महसुस गरेका एमालेका मन्त्रीहरु यसरी लाचार भएर बसिरहनुभन्दा बरु अन्य विकल्प तिर जाने कि? भन्नेमा चाहिा लागेको देखिन्छ। त्यसो त,

एमालेभित्रबाट आएका आग्रहलाई सुशीलले व्यक्तिगत रुपमा मानिरहेको अवस्था छ पनि, तर सुशीलसाग टाास्सिएर बसिरहादा जनताका अगाडि नाजवाफ हुनु पर्ने परिस्थति आाकलन गरेर अब सहज रुपमा काम गर्न दिने प्रधानमन्त्री, जसमा

महत्वपूर्ण मुद्दाहरुमा आफ्नो कुराहरुको सुनुवाई हुन सकोस् त्यसको खोजीमा लागेका छन्, एमालेका ओली पक्षीय मन्त्रीहरु भनेर एकथरी आफ्नो दृष्टिकोण दिादैछन्। त, यसरी सुशील कोइरालालाई सत्ताबाट च्यूत गर्ने तानाबाना बुनिँदैछ। अझ झन

बुढा पञ्च सूर्यबहादुर दिल्ली भ्रमण सकाएर फर्किएपछि झन् के के खिचडी पाक्ने हो? त्यो आाकलन गर्न बाँकी नै छ। त्यसो त पानी बाराबारको स्थितिमा रहेका डा.बाबुराम र केपी ओलीका बीचमा हालै बालकोटमा भएको समझदारी (केपी ओलीलाई

प्रधानमन्त्री बनाउने?) पनि यहाा उल्लेखनीय हुन जान्छ। सुशील कोइराला राजनीतिक दाउपेचमा मात्र असफल भएका होइनन्, आफ्नै काम कारबाहीबाट असफल भइ पदच्यूत हुने अवस्थामा छन्। सुशील कोइरालाका (पहिले) भनाई र गराईमा

देखिएको अन्तर अनि आफ्नै निर्णयलाई लागू गराउन नसक्ने कमजोरीले गर्दा सम्भवतः वैशाखभित्र मुलुकले नयाा प्रधानमन्त्री पाउनेछ भनेर लख काट्नेहरुको बाहुल्यता दिनहुँ बढ्दै छ।