Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

खाताबाटै पैसा हराउन थाल्यो

१६ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

रोशन कार्की
बैंकका कर्मचारीले आपराधिक व्यक्तिहरुसँग मिलोमतो गरेर आफैले बैंक लुट्ने गरेका अनेक उदाहरण देखिएका छन्। यसैवीच विदेशीले समेत नक्कली भीसा कार्ड बनाएर करोडौं झिक्ने गरेको प्रमाण पनि सार्वजनिक भइसकेको छ। यसैवीच

हिमालयन बैंकका कर्मचारीले नै ग्राहकको खाताबाट १२ लाख झिकेर गायव पारेको घटना सार्वजनिक भएको छ। यो घटनालाई हिमालयन बैंकले स्वीकार गरिसकेको छ। यस घटनाबाट थाहा हुन्छ– ग्राहक चनाखो नहुने हो भने ग्राहक पनि

ठगिन्छन्, सोझा ग्राहक कति ठगिए, हिसाव नै छैन। हिमालयन बैंकको पहिलेको मुख्य र हाल ठमेल शाखाका कर्मचारी गिरीराज देवकोटाले दैलेखका रविन खड्काको टाडी शाखाको खातामा रहेको रकम एटीएम कार्डका माध्यमले पटक पटक गरी

ग्राहकको खाताबाट १२ लाख झिकिदिए। पछि उजुरीका आधारमा छानबिन गर्दा बैंककै कर्मचारी संलग्न भएको पुष्टि भएपछि पक्राउ परेका छन्। प्रश्न यो छ कि यसरी सचेत ग्राहक सबै छन् भन्न सकिन्न। अधिकांश ग्राहक बैंकप्रति विश्वास राखेर रकम

जम्मा गर्छन् र निश्चिन्त भएर आआफ्ना काममा लागेका हुनछन्। उनीहरु कस कसको बैंक जम्मा घटेको छ, कतिलाई ब्याज दिइन्छ, कतिको सावाँ घटेको हुन्छ, कतिलाई थाहै हुने गर्दैन। त्यसकारण राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकका

ग्राहकहरुमाथि हुने कुनै पनि प्रकारको आर्थिक अपराधको जिम्मेवारी सम्बन्धित बैंकले लिनुपर्ने र बैंकहरुमाथि कडा कारवाही हुने व्यवस्था तत्काल गर्नुपर्छ। आर्थिक सुधारको यो पनि एक पक्ष हो। बैंकप्रति विश्वास घट्यो भने आर्थिक अराजकता

फैलिनसक्छ, मुलुक आर्थिक संकटमा फस्न सक्छ। यो गम्भीर विषय हो। सहकारी भाग्छन्, जनताकै बचत लुटिन्छ। साना ठूला बैंकमा पैसा राख्दा ग्राहकले पाउनुपर्ने सुविधा नपाउने मात्र होइन, आफ्नै पैसा ठगिएको पत्ता पाउँदैनन्। त्यसैले खाताबाटै

पैसा हराउने गरेका घटना रोक्न राष्ट्र बैंक कडा हुन जरुरी छ।