Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

फोहरको कन्टेनर हो कि लोकतन्त्र? : धर्मरत्न श्रेष्ठ

१६ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

तन्त्र होइन, नेता खराव हुँदा रहेछन्। तन्त्र जस्तोसुकै भए पनि नेतामा नैतिक जिम्मेवारी लिने साहसी गुण भयो भने जुनसुकै तन्त्रले पनि जनताप्रतिको दायित्व निर्वाह गर्न सक्छ। जब नेतामा नैतिक मूल्य र मान्यताको अभाव हुन्छ, जुनसुकै तन्त्र भए पनि

जनताका लागि काम गर्न सक्दैन। यसको ज्वलन्त उदाहरण हो, बहुदल र त्यसैको न्वारान गरेर नाम परिवर्तन गरिएको लोकतन्त्र। आखिर नेता त तिनै हुन्, तन्त्रको नाममात्र फेरेर के हुनेरहेछ र? बहुदललाई कूशासन भनिएकै हो, तिनै नेताले चलाएको

लोकतन्त्र सिण्डिकेट तन्त्र भइरहेकै छ।
जनतालाई के फरक पर्‍यो? हिजो भ्रष्टाचार व्याप्त थियो, आज झन बढी भ्रष्टाचार भइरहेको छ। बहुदलमा नेतातन्त्र चलेको थियो, अहिले झन भागबण्डातन्त्र व्यवस्था बसालिएको छ। पिउनदेखि राजदूतसम्म, सचिवदेखि संवैधानिक निकायसम्म पार्टीका

कार्यकर्ता भर्ति भइरहेकै छन्। न्यायाधीशसमेत पार्टीका कार्यकर्ता भर्ति भएको गुनासो सेलाएको छैन, चितवनमा भएको नेपाल वारको गोष्ठीले अदालतमा भ्रष्टाचार बढ्यो भन्ने प्रस्ताव पारित नगर्दै न्यायाधीश घुस्याह छन्, घूस खाएको प्रमाण हामीसँग छ

भनेर बारका पदाधिकारी, अधिवक्ताहरु खुलेआम कुर्लिन थालेका छन्। लाज भएन प्रधानन्यायाधीशलाई। र, उनी विदेशबाट फर्कदा एयरपोर्टमै चोखिनुपर्ने बाध्यता पनि देखियो। प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले मुख खोले– कुन

न्यायाधीशले घूस खाए प्रमाण लिएर आउनोस्, म कारवाही गर्छु। उनले भन्न सकेनन्– अदालतलाई स्वच्छ राख्छु, स्वच्छताका लागि छानबिन गराउँछु। बार र अदालतवीच भ्रष्टाचार मुद्दा छेडियो, राजनीतिकरणले न्याय व्यवस्था चौपट भयो भन्ने यथार्थ

न्यायालयको भ्रष्टाचारका प्रचारले थाहा नपाउनेले पनि थाहा पाउन थाले।
न शासन, न प्रशासन। न कानुन, न व्यवस्था। न नेता, न व्यापारी। सबै क्षेत्रमा भ्रष्टाचार र अनैतिकताबाहेक केही देखिन्न। नगरपालिकाको कन्टेनर हो कि लोकतन्त्र हो यो? भन्न बाध्य पारेपछि भन्नु परेन– हिजो एउटा राजा थिए, आज धेरै राजाहरु

जन्मिए। यस्तो मनपरीभन्दा त बरु हिजोकै राजतन्त्र ठिक।