Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

शताव्दिपुरुषको अभिनन्दन

०१ सोमबार , आश्विन २०७५८ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
वाङ्मय शताव्दि पुरुष सत्यमोहन जोशी देशैभरिका प्रशंसाका पात्र बनेका छन् । सबैले जोशीलाई ज्यूँदो इतिहास, संस्कृति र सभ्यताको प्रतीक पनि मनेका छन् । यस्ता धरोहर अभिनन्दित हुनु राष्ट्रकै गौरव हो, जेष्ठ नागरिकको सम्मान गर्ने संस्कारमा समेत यस्ता क्रियाकलापले सघाउ पुर्‍याएकोमा दुईमत छैन ।
सतुंगल बाजा तथा संस्कृति एवम् व्यवस्थापन समिति गत भदौ १६ गते विशेष कार्यक्रम गरेर शताव्दि पुरुषको अभिनन्दन गरेको थियो । प्रमुख अतिथि माता सपना देवी श्रेष्ठको प्रमुख आतिथ्यमा चन्द्रागिरी नगरपालिकाका १० र ११ का अध्यक्ष गोपाल कृष्ण महर्जन, हरिभक्त महर्जनलगायतका सदस्यहरु, सम्पूर्ण सतुंगलका बाजाहरु दाफा, धाा, धिमे, कों (इन्द्रबाजा), बासुरी, नायंखी बजाएर नगर परिक्रमा समेत गरिएको थियो । यो क्षेत्रमा यस्तो कार्यक्रमले सबैलाई सत्साहित पार्‍यो ।
यो कार्यक्रममा वाङ्मय शताव्दी पुरुष डा.सत्यमोहन जोशी लगायत १४ जनालाई सम्मान गरिउको थियो । सम्मानित हुनेहरुमा गुरुपुरोहित राजु राजोपाध्याय, गुरुहरु सानुकाजी श्रेष्ठ, केदार नाथ श्रेष्ठ, बुलाल महर्जन, चन्द्रबहादुर महर्जन, बेखालाल महर्जन, कृष्ण महर्जन, दानबहादुर महर्जन, दिलबहादुर साही, भाजु महर्जन, श्याम सुन्दर श्रेष्ठ तथा जेष्ठ नागरिकहरु तुय श्रेष्ठ र राम श्रेष्ठ रहेका थिए ।
यस्ता कार्यक्रमहरुले आधुनिकताले बराल्दै पूर्वीय संस्कृति र संस्कार मासिन सक्ने खतरासँग जुध्न सघाउ पुग्छ । सतुंगल बाजा तथा संस्कृति एवम् व्यवस्थापन समितिले आगामी दिनमा पनि गुरु, जेष्ठ नागरिक, साहित्य, संस्कृति र इतिहासका यस्ता ज्ञाताहरुलाइ यसैगरी सम्मानित गर्दै जाने र आउने पुस्तालाई समेत यस प्रकारको कार्यक्रमले संस्कृति बचाउने विषयमा प्रेरित गर्ने योजना समितिको छ ।