Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

सुस्ता बचाउ र नागरिकताको मुद्दामा बुद्धिनारायण श्रेष्ठ

२२ सोमबार , आश्विन २०७५८ बर्ष अगाडि

सुस्ता बचाउ अभियान बोकेर प्रतिनिधिमण्डल परासीबाट काठमाडौं आयो । प्रतिनिधिमण्डलले सबैलाई हार गुहार गर्‍यो, बुद्धिनारायण श्रेष्ठ पनि त्यसमा परे र उनी पनि सँगै अभियन्ता बनेर हिडे । शिक्षामन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको कार्यकक्षमा पुगेर बुद्धिनारायण श्रेष्ठले के भने ? 
‘सुस्ताको १४,५०० हेक्टर भूमि मिचानमा परेको छ । फिर्ता ल्याउनु पर्छ । त्यहाँ बाँकी रहेका नेपालीको अस्तित्व जोगाउन नारायणी नदीको त्यस स्थलमा लामो झोलुङ्गे पुल बनाउन लागेको ठेकदारलाई कुनै तत्वले भगाएको हुँदा खोजी गरी पुल बनाउन लगाउनु पर्छ । सुस्ताका नागरिकता प्रमाणपत्र पाउन बाँकी नेपालीले अविलम्व पाउने प्रवन्ध गरिनु पर्छ । त्यहाँ खाद्य संस्थान, नेशनल ट्रेडिङ्गको डिपो खोलिनु पर्छ । शिक्षा स्वास्थ्य चौकीको दरबन्दी बढाउनु आवश्यक छ । सशस्त्र प्रहरीको पक्की भवन बनाएर दरबन्दी संख्या थप गर्नु जरुरी छ ।’
नागरिकता विधेयक विरुद्धको अन्तरक्रियामा बुद्धिनारायण श्रेष्ठको विचार–
‘नागरिकता प्रमाणपत्र राजनीतिक पार्टीे चुनावमा पर्चा बाँडेजस्तो वितरण गर्ने वस्तु होइन । तर मलाई चाहियो भनेर आफ्नो थाँतथलो आदिको प्रमाण कागजातसहित माँग गर्नु पर्छ । अनि हेरी, जाँची, ठहर्‍याई निर्णय गरी नागरिकता प्रदान गर्नुपर्छ । तीनजनाले सिफारिस गरेकै भरमा सतबिज छरेजस्तो गरी यसअघि वितरण गरिएकोले अब पनि त्यसै गरे अनागरिक नेपालको नागरिक भई खाँटी नागरिकलाई अल्पसंख्यकमा पारेर नेपालको अस्तित्व नै खतम पार्ने हुँदा अहिले ल्याउन लागेको संशोधन विधेयकलाई रोक्नु पर्छ ।