Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हिन्दूराष्ट्र र राजतन्त्र बकस लिने कि आर्जन गर्ने?

२३ सोमबार , चैत्र २०७११० बर्ष अगाडि

शाश्वत शर्मा
नेपालमा हिन्दूधर्म र राजतन्त्रको आवश्यकता जनताले देख्छन् भने पुर्नबहाली हुनैपर्छ तर नेपालीको बलमा। हिजो भारतीय विस्तारवादको सहयोगमा राजतन्त्रलाई र युरोपियनहरुको समर्थनमा हिन्दूधर्मलाई जबरजस्ती, गैरसंवैधानिक तरिकाले समाप्त

गरिएता पनि, अव पुर्नबहाली चैं नेपालीहरुकै बलमा गरिनुपर्छ। गतहप्ताको सुरुमा केही कांग्रेसी हिन्दूहरु र केही राजावादी हिन्दूहरुले नेपाललाइ पुनः हिन्दूराष्ट्र बनाइनुपर्छ भनेर सडक आन्दोलनको सुरुआत गरे। उत्साहपूर्ण जनसहभागिता भएको

उक्त आन्दोलनमा कांग्रेसबाट खुमबहादुर खड्काहरु थिए भने राजावादीका तर्फबाट हेमबहादुर कार्कीहरुको समर्थन थियो। त यो 'मिलन'सम्म बुझ्न सकिने कुरो थियो तर बिडम्बना कहाँनेर भइदियो भने, जब नेपालको हिन्दू आन्दोलनाई तताउन

भारतीय हिन्दू नेताहरु (सी, डी ग्रेडका) कुनै धक नै नमानीकन नेपाली हिन्दूहरुको सभामा राखिएको मञ्चमा देखा परे। र, अर्ति, उपदेश छाँट्न थाले। भारतीय जनता पार्टी र त्यहाँको राष्ट्रिय स्वयंसेवक संघका नेताहरुले नेपाललाई हिन्दूराष्ट्र घोषणा

गरिनुपर्छ (अब बन्ने संविधानमा) भनेर वकालत गरेको धेरै नेपालीहरुलाई कत्ति पनि पाच्य भएन। आफ्नै केन्द्रीय सत्ता दिल्लीमा भएका अवस्थामा त अयोध्यामा 'राम मन्दिर'को निर्माणको सुरसार गर्न नसक्नेहरुले नेपालमा आएर उपदेश छाँट्ने? यो त

अलि हजम भएन नि भनेर प्रश्न गरेका थिए केही नेपालीहरुले। अझ ताकत छ, हिन्दूधर्मसँग त्यस्तो मायाँ ममता छ भने, हिन्दुस्तानलाई नै हिन्दूराष्ट्र घोषणा गरुन् न यिनले? केही गैह्र हिन्दूहरुको यस्तो धारणा पनि सुनियो। हुन पनि आफ्नो मुलुकमा

हिन्दूधर्मका लागि सिन्का समेत भाँच्न नसक्ने यी हिन्दूवादी भारतीय नेताहरु नेपाल र नेपालीहरुलाई हेप्दै अर्काको मुलुकमा आएर अर्ति उपदेश दिन्छन्। यिनलाई लाज पनि लाग्दैन।
बास्तवमा कमजोरी ती भारतीयको होइन, कमजोरी नेपाली हिन्दूहरुमै छ। जसले यी विदेशीहरुलाई आफ्नो मञ्च उपलव्ध गराए, तिनमा दोष छ। आफ्नो 'घर झगडा'मा छिमेकीलाई हारगुहार गर्दै बोलाएपछि मतलबखोर छिमेकीले त 'चान्स' लिन्छ लिन्छ

नि। भन्नुको तात्पर्य ती विदेशी (भारतीयहरु) लाई तथानाम गर्नुभन्दा पनि स्वतन्त्र र्साभौम मुलुक नेपाललाई भारतको कुनै एक प्रान्त सरह मानेर यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गराउनका लागि निम्ता गर्ने कथित हिन्दूवादी नेपाली नेताहरु कै

सरासर गल्ती हो नि। त्यसरी बकसमा प्राप्त भएको 'हिन्दूराष्ट'्र भन्ने बिल्ला के काम? ताकत छ, हिम्मत छ भने नेपाली जनतालाई यस विषयमा 'कन्भिन्स' गराउ अनि तिनकै बलमा हिन्दूराष्ट्र स्थापना गर। कुन दुलामा लुकिरहेका छन्– ९० प्रतिशत

हिन्दूहरु। यत्रो शक्तिले अर्काको भर पर्ने?
हिजो भारतीय बिस्तारवादको सहयोग र त्यसैलाई हस्तक्षेप गर्न लगाएर नेपाललाई तहसनहस गराइयो भनेर यी 'मनुवा'हरुले कुन आधारमा भन्न मिल्छ? भारतवादी नेताहरुले गर्दा बेठिक, आफूले गर्दाचैं ठिक भन्ने कहीँ हुन्छ? अहिले सी, डी ग्रेडका

भाजपाका नेताहरुलाई हिन्दूवादी र राजावादी व्यक्तिहरु, संघसंस्थाहरुले नेपाल बोलाएर भाषण गराउने कार्यक्रमहरु सञ्चालन गर्ने, अनि आफ्नो पक्षमा बोल्न लगाउने प्रचलन ह्वात्तै बढेको छ। यो आफैमा देशभक्त सोच होइन। बन्द गर यो सब। कुन

मुखले कांग्रेस, एमाले, एमओवादीहरुलाई भारतीय दलाल भन्ने तिमीहरु? उनीहरुलाई दलाल देख्नेले आफै दलालीमा उत्रिनु हुन्न। स्वाधीनता र सार्वभौमवादीहरु यसरी घरझगडा सुल्झाउन विदेशीलाई बोलाउँदैनन्।
निश्चित रुपमा नेपाललाई हिन्दूराष्ट्र घोषणा गराउनु पर्छ। यही हो नेपालको पहिचान। विश्वमा एकमात्र हिन्दूराष्ट्र। तर नेपाल हिन्दूराष्ट्र घोषणा हुनुपर्छ, नेपालीको ताकतले, नेपालीको पाखुरीले। संवैधानिक राजतन्त्र चाहिन्छ भने त्यो पनि भारतले दिने

अथवा उसको समर्थनमा हामीले पाउनु गलत हुनेछ। हामी आफैले नेपालमा के चाहिन्छ, त्यसको आर्जन गर्नुपर्छ। नेपालीको चाहना छ भने नेपाली जनता घरघरबाट उठ्नुपर्छ, र, त्यही चाहनाको धरातलमा हिन्दूराष्ट्र अथवा राजतन्त्र पुर्नस्थापना

हुनुपर्छ। बुझौं– मागेको भीख, बाटैमा ठिक।