Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

ओली नै किन पुरस्कृत भए ?

१७ सोमबार , मंसिर २०७५८ बर्ष अगाडि

शेखर ढुंगेल -
कूशासनको असली पात्र नै ओली नै हुन् त उनी पुरस्कृत नभए को हुने ? विदेशीले खोज्ने अवसर हो, ओलीले राष्ट्रिय ढुकुटी खोले, आफै आयोजक बने, आफै सहभागी भए अनि देशको राजधानीबाट इसाई मुलुक बनाउने घोषणा गर्न पाए विदेशीले, यसको पुरस्कार ओलीले नपाए कसले पाउने ?
कुरो बुझौ अनि मुख खोलौ, तपाई हामी अबुझले देखेको कुशासन कसैको लागि स्वर्णिम सुशासन हुन्छ ।
बास्तबमा नव इशाई राष्ट्र नेपाल स्थापनार्थ सुशासन भनेको “विभक्त नागरिक समाज, बिकाउ नागरिक समाज, अपराध अत्याचार भ्रष्टाचारले शिखर छोएको, स्वाभिमानी युवा सन्तान सम्पति पलायन भएको, राज्य र नागरिक बीच अविस्वासको ठूलो खाडल बन्नुपर्छ । न्यायालय प्रहरी प्रशासन बिचौलियाको नियन्त्रणमा हुनुपर्छ यी सबै गुणले सम्पन्न भएको छ नेपाल अहिले त्यसैले सुशासनको पुरष्कार पाउनु पर्ने सर्बोकृष्ट व्यक्तित्व पात्र ओली नै हुन् कसैको चित्त दुखाइ होला प्रचण्ड र माधवकुमारले किन पाएनन् ? जो शासनमा छ उसले पाउने न हो ।
सबैले भनौं सुशासक ओली जिन्दाबाद 
यो सुशासनको लागि कुशासनको जग हाल्ने गिरिजाप्रसादलाई उहिले थिमी तिर बोलाएर यस्तै पैसा बिनाको सम्मान दिएको थियो तर उनले मञ्च मै भनेका थिए मलाई यो पुरष्कार लिन लाज लागि रहेछ आउने इच्छा थिएन छोरी (कु)सुजाताले दबाब दिएर आएको मात्र हु ....। हो नेपाल कसै न कसैले दबाब दिएर बिधि, इमान, सिद्धान्त, देशको आवश्यकता, आफूभित्रको इमानदारिता र लज्जा बिहीन हुने हो । यतिबेला केपी ओली पनि इज्जत फालेर नङ्गा नाचे हजार दाउमा रमाएका छन् । यहाँसम्म कि मन्त्रिपरिषदको बैठक डाकेर निर्णयसमेत गर्न भ्याएनन्, कुनै पनि मुलुकमा यस प्रकारको हैकम, अधिनायकवाद हुनेगर्दैन । दुईतिहाईको सरकार प्रमुखले आफ्नो अधिनायकबादको उच्चतम अनुहार खोलेर देखाइदिए ।
यो हो नि लोकतन्त्र, लोकतन्त्रमा कम्युनिष्ट शासन भनेको ।
तर स्मरण गराउँछु ६०० बर्ष मुगल र ५५० बर्ष इशाई फिरंगीहरुले तहस नहस पारेको हिन्दु सभ्यता अझै शसक्त भएर बिश्वमा फैलिदैछ ..
ट्वीटरे, फेसबुके बिद्वानहरु एक चम्चा घोटी चौथी पिएर मस्तले सुते हुन्छ । प्रधानमन्त्री ओलीजीलाई बधाई दिए हुन्छ किनकि नयाँ युग आउँदैछ ...।
अन्यत्र मुलुकमा नयाँ युग नयाँ सिर्जना, समानता र एकताका साथ प्रगति लिएर आउँछ । हाम्रो मुलुकमा राजतन्त्र र हिन्दुराष्ट्र फालेर इसाइकरणको ढोलबाजा बजाएर आउँछ । गरीव नेपालीलाई इसाई बनाएर इसाइ मुलुक बनाउने माइल्ड स्टोन बनेर आउँछ । प्रधानमन्त्री ओलीले जे गरे, त्यो कूशासनको नमूना हो । यस्तो नमूनाको प्रशंसा गर्नेहरुले मानसिक आत्महत्या गरेका छन् । समवेदना तिनलाई ।