Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

लडाउन र भिडाउनमा नै फाइदा छ : शाश्वत शर्मा

३० सोमबार , चैत्र २०७११० बर्ष अगाडि

एक दुई घटनाक्रम अगाडि बढेका छन्। राजनीतिमा तत्काललाई 'साइड' लागेको देखिएका पूर्व राजा 'घरेलु काम' का लागि (पूर्वराजनीको उपचार?) दिल्ली गएका छन्। त्यसै गरेर आज पर्यन्त दिल्लीले विश्वास गरेको भनिएका पूर्वपञ्च एवम्

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पनि उपचारकै लागि दिल्ली नै गएका छन् भने अव यता चैं हिजोसम्म पानी बाराबारको अवस्थामा रहेका एमाओवादी र कांग्रेसवीच मिलनको विन्दू फेला पर्न पर्न आँटेको 'सुखद' समाचार आइरहेको छ। तर एमाओवादी

संयोजक रहेको साना साना ३० दलीय मोर्चामा केही मधेसवादी दल रुष्ट भएको 'दुखद' समाचार पनि आइ नै रहेका छन्। अव यी समग्रलाई एउटै टोकरीमा मिसाएर 'रिजल्ट' निकाल्दा एउटै 'रिजल्ट' निस्कने सम्भाबना छ। त्यो हो– अव नयाँ

ध्रुविकरण र नयाँ द्वन्द्व सुरु गराएर यो मुलुकलाई अझ अन्यौलग्रस्तमा पुर्‍याउने। अस्तव्यस्त पारिदिने र मेख मारिदिने।
द्वन्द्वकालीन मुद्दा नब्यूँताउने सहमति गरेर यता कांग्रेस, एमाओवादी (साथमा एमाले पनि) सहमति नजिक पुगका छन् भने उता मधेसवादी भर्सेज पहाडियाहरुवीच अझ कडाखाले द्वन्द्व गराउने हो कि भन्ने नयाँ शंका उब्जिन थालेको छ। पद र पैसाका

भोका भनेर आरोपित विजयकुमार गच्छदार मार्का मधेसवादी बाहेक अरु मधेसवादी, खासगरी उपेन्द्र यादवहरु ३० दलीय मोर्र्चा मै रहने वा नरहने? त्यसको संशय उत्पन्न भएको छ। एकथरि भन्छन्– पूर्वराजाको लामो दिल्ली बसाई त्यसै निरर्थक

हुनेछैन। ०५३ सालतिर भएको सहमतिलाई 'पुनर्ताजगी' गराउने काम पूर्वराजाबाट हुनसक्नेछ, दिल्लीका नीति निर्माताहरुलाई। हुनसक्छ, त्यसै भएर अहिले यता कुनै हालतमा मिलनविन्दू फेल नपारिरहेका गणतन्त्रवादी दलहरुवीच सहमतिका लागि

तातो लाग्न थालेकोहो कि?
प्रष्ट हुनपर्छ कि भारतले यहाँका राजा, दलहरु र नयाँ देखिएका पृथकतावादी (सीके राउतहरु) सबैलाई एकसाथ खेलाइरहेको छ। उचाल पछार गरिरहेको छ। भारतको नजरमा यी तिनैथरि एक समान छन्। हो, तर स्वार्थ कोबाट बढी र राम्ररी शिद्ध

हुन्छ? त्यसमा भर पर्छ। त, यहाँका गणतन्त्रवादी दलहरुले भारतलाई पटक पटक विवादमा मुछेको, भारतसँग आउने मुद्दाहरुमा बदनाम गरिदिएको  (नेपाली जनताका माझ) र यी दलहरु पदमा पुग्दा एउटा कुरा, निस्केपछि अर्कै कुरा गर्न थालेपछि

आजित भएको भारतीय विस्तारवादको आँखा फेरि एकपटक 'राजतन्त्र'पट्टि फर्किएको हो कि? त्यसकारणले पूर्वराजाले दिल्लीबाटै केही 'कोशेली' ल्याउनु हुन्छ कि? भन्ने अडकल एकथरिको छ। अव उता एउटा सामान्य रोगको उपचारका लागि

दिल्लीको मेदान्ता अस्पतालमा भर्ना गरिएका भनेर भनिएका सूर्यबहादुर थापाले त्यहाँ देखाउने तिकडमको फेहरिस्त छुट्टै छ।
भन्नेहरुले त अहिलेको सुशील कोइरालापछि हुनेवाला प्रधानमन्त्री भनेर थापालाई  नै भनिरहेका छन्। खासगरी जोसँग पनि 'ठिक' को स्थितिमा रहेका सूर्यबहादुरलाई योजना अनुरुप प्रधानमन्त्रीको पद नदिने स्थिति पनि छैन। राजा र गणतन्त्रवादी

दलहरु दुबैसँग 'समान व्यवहार' र 'उचित व्यवहार' गर्न सक्ने अनि पुरानो विश्वासिला सूर्यबहादुरलाई अहिले 'टिका लगाएर' पठाइदिई वातावरण (आफ्नो अनुकूलको) बनाउन मद्दत पुग्नेछ भन्ने विश्वास दिल्लीमा अर्काथरिको रहेको बताइन्छ। उता तराई

मधेसमा देखिएका सीके राउत प्रवृत्तिहरुलाई अहिले तताईमात्र राख्ने र तिनलाई 'निष्कर्षमा पुग्न' नदिने रणनीतिमा भारत रहेको कुरा बताउँछन् विज्ञहरु। त्यसो त, सीके राउतको मधेसलाई अलग राष्ट्र बनाउने अन्तिम लक्ष्य पूरा भएमा आफ्ना आन्दोलित

प्रान्तहरुमा समेत त्यसको झिल्का पुग्ने कुरामा भारत सचेत छ, अहिलेसम्म। यस्तो पनि विश्लेषण भइरहेको छ।
त, समग्रमा भन्नुपर्दा, राजा फेरि आउने 'डर'ले यहाँ सहमति (कांग्रेस, एमाओवादी, एमाले) गर्न खोजेता पनि, पूर्वराजाले दिल्लीमा गएर 'पुराना सहमति' सम्झाउन कोसिस गरेता पनि खाँटी कुरो के हो भने नेपालमा जति बढी राजनीतिक अस्थिरता हुन्छ,

अहिले भारतीय विस्तारवादलाई उति बढी लाभ भइरहेको छ। राजतन्त्रलाई समाप्त पारेपछि मुलुक टुक्य्राउन लागेको भारतीय विस्तारवादलाई अहिले तत्काललाई 'लडाउन र भिडाउन'मा नै फाइदा छ, टुक्य्राउनमा भन्दा। एक अर्काथरिको विचार यस्तो

छ। त्यसकारण पूर्व राजाको दिल्ली यात्राले पनि वा यता प्रमुख दलहरु वीच सुरु भएको संवादले पनि केही हुनेवाला छैन– ढुक्क भए हुन्छ वास्तविक कुरा यही हो।