Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यस्तो दुर्घटनामा नपरोस नेपाल : सहदेव सिग्ेदल

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

यो सवारी साधन दुर्घटनाको दुश्य हो। यो दुर्घटना यति भयानक देखिन्छ कि यो दुर्घटनामा न सवारी चालक, न यात्रु, न त सवारी नै सकुसल देखिन्छ। केही पनि त बाँकी छैन। सबै समाप्त हुनेगरी भएको यो दुर्घटनाजस्तो हाम्रो राष्ट्रको हालत नहोस्।

किनकि ९ वर्ष भइसक्यो संक्रमणको व्यवस्थापनमा लागेको। सधैं वार्ता, सहमति र सहकार्यको गीतमात्र घन्किरहन्छ। कहिल्यै सहमति हुन नसक्ने यो कस्तो वार्ता हो? शान्ति, संविधान र समानताका लागि प्रतिवद्ध भएका होइनन् नेताहरु? आफ्नो

प्रतिवद्धताप्रति नै घात? यी आफूमा मात्र द्वन्द्वमा भए एउटा कुरो, देशलाई नै द्वन्द्वबाट मुक्ति नदिने भए। के फेरि यही गाडीजस्तो दुर्घटनामा पार्ने दुस्साहस त गरिरहेका छैनन् नेताहरु? यही हो देशप्रतिको जिम्मेवारी, जनताप्रतिको कर्तव्य पुरा गरेको?
१० वर्षे जनयुद्ध शान्तिमा रुपान्तरण भयो भन्ने सन्देश पाएको लामो समय भयो। स्थायी शान्ति आउन सकेन। अहिले पनि जनता भुटभुटिरहेका छन्? जनताले शान्तिको श्वास फेर्न पाउने साइत कहिले जुर्छ? नेताहरु अहिले पनि कुकुर विरालोले

गरेजस्तो झगडा गरिरहेका छन्। एकले अर्कोलाई लाञ्छित गर्ने ज्वरो आइरहेको छ यिनलाई। राजनीतिक बिबादको तापक्रम घट्ला भनेको बढ्नेक्रम जारी नै छ। लामो समयसम्म संक्रमण लम्ब्याइरहनु भनेको गद्धारी नै हो। अव त देशप्रति गद्धारी

नगर नेताहरु। जनताले मुलुकको चालक बनाएका नेताहरुले यात्रालाई सफल पार्नुपर्छ। कुनै पनि दुर्घटनाको सम्भाबनाप्रति सचेत हुनुपर्छ। चालकको हातमा हुन्छ सवारी र यात्रुको सकुशलता। चालक नै खराव भइदियो भने दुर्घटना हुनसक्छ। ल्हासा

हिड्दा कुती पुगिन सक्छ। लक्ष्ण् जे हो, खोजेको यात्रा जुन हो, त्यसमा सफल हुनुपर्छ। यत्ति भनौं, यो गाडीजस्तो बिजोग नेपाल राष्ट्रले भोग्नु र हामीले देख्नु नरोस्।