Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

तिम्रो देशमा बाइबल छुनुपर्ने, मलाई धर्मको बार किन?

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

धनगढी, पुगेर संविधानविद डा.भीमार्जुन आचार्यले यस्तो प्रश्न उठाएका छन्। उनले दावी गरे– नेपालमा धर्मनिरपेक्षता प्रायोजित रुपमा दादिएको हो। 'तिम्रा देशमा राष्ट्रपतिले बाइबल छोएर शपथ खानु पर्छ, मेरो देशमा किन धर्मनिरपेक्षताको बार

लगाइरहेका छौ र ?' चैत २८ गते शनिबार धनगढीमा स्वधर्म संस्कृति संरक्षण अभियानले गरेको संविधानमा धर्म विषयक प्रवृद्ध नागरिक गोष्ठीमा डा. आचार्यले भने– 'धर्मनिरपेक्ष शब्द आफैमा बेठीक छ, सबैको सहमति भयो भने परिमार्जन गरी

धार्मिक स्वतन्त्रतासम्म लेख्न सकिन्छ।' नेपालमा कहिल्यै धार्मिक आन्दोलन भएन तर केही नेताले विदेशी पैसा खाएर राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरिदिएका हुन्। नेपाललाई बिखण्डन गर्न र नेपालको अस्तित्व मेटाउने षडयन्त्रअन्तर्गत यस्तो घोषणा

भएको हो। धर्म र जातीय संघीयताको मुद्दा यही षडयन्त्रको एउटा पाटो हो। संविधान को स पनि लेखिएको छैन, ३० दल काल्पनिक आन्दोलन गरिरहेका छन्।