Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

राष्ट्रपतिले रानीपोखरी हेर्ने कि ?

१६ सोमबार , पौष २०७५८ बर्ष अगाडि

बरिष्ठ अधिवक्ता शिव सिग्देल -
प्रधानमन्त्री केपी ओलीलाई धरहरामा उभिएर राजधानी नियाल्ने रहर भएछ । रहर हुनुपर्छ, सत्ता हातमा भएका बेलामा यसता सपना देख्नुपर्छ, सपना देखेरमात्र हुन्न, सपना पूरा गर्ने इच्छाशक्ति पनि भयो भने सपना जरुर पुरा हुन्छ, इच्छा शक्ति भएन भने यस्ता सपना पञ्चतन्त्रको कथामा शोम शर्माको सपना भन्दा फरक पर्नेछैन ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको यो सपनाको प्रशंसा धेरैले गरेका छन्, राप्रपाका अध्यक्ष कमल थापाले त ट्विट नै गरेका छन्– धरहरा पुनःनिर्माणमा प्रम ओलीको अग्रसरता प्रशंसनिय छ । धन्यवाद । यसैगरि ओलीजी नै पहिलोपटक प्रधानमन्त्री हुंदा सबै दलका शीर्ष नेताहरुको उपस्थिति र प्रतिबद्धता सहित राष्ट्रपतिज्यूबाट शिलान्यास भएको काठमाडौंको रानीपोखरी पुनःनिर्माणमा पनि प्रम २पउकजबचmबयष् िको ध्यान जाओस् भन्ने आग्रह गर्दछु ।
यस्तो आग्रह तमाम नेपालीको हो । सरकार प्रमुखको ध्यान राजधानीको मूल सडक छेउछाउसम्म पुग्दैन भने देशका कुनाकन्दरामा कसरी पुग्ला ?
राष्ट्रपति विद्या भण्डारीले पुनर्निर्माणको शिलान्यास गरेको ३ वर्ष भइसक्यो, रानीपोखरी घा“से मैदान बनेको छ । रानीपोखरीको वीच भागमा रहेको बालगोपालेश्वर मन्दिर कस्तो निर्माण गर्ने भनेर महानगर, पुरातत्व विभाग, पुननिर्माण प्राधिकरणवीच यति लामो बिबाद भयो कि अझै त्यो बिबादको पूरा टुङ्गो लागेको छैन । यही चाल हो भने रानीपोखरी बन्न दशक नै लाग्ने देखिन्छ । बल्ल धरहराको निर्माणमा प्रधानमन्त्रीको ध्यान गएको छ, रानीपोखरी निर्माणमा कहिले ध्यान जाला र निर्माण होला ?