स्वयम्भुनाथ कार्की -
नेपालको परिकल्पना भएर निर्माण भएको काललाई शोषण, उत्पिडनको चरमरुपको रुपमा चित्रित गर्ने काम नेपालीहरुबाटै गराउन सफल हु“दा नेपालको अस्तित्व मटियामेट गर्न खोज्ने विदेशी षडयन्त्रकारी र तिनिहरुका नेपाली दलालहरुले एक अर्कालाई पक्कै पनि बधाई दिए होलान । आज सबै जातजाति क्षेत्र तथा वर्गका हितार्थ गठित भएका समुहले विगत २सय ४० बर्षमा शोषण, उत्पिडन भएको भन्दा प्रष्ट बुझिने कुरा नेपालको एकिकरण नै यो कथित अत्याचारको कारक हो भन्ने नै हो । उनिहरुको यो भनाई नेपालको एकिकरण नै बेठिक कुरा हो भन्ने जनाउछ । नेपालको एकिकरण भन्दा पहिले शोषण, उत्पिडन, अन्याय वा अत्याचर केहि थिएन भन्ने यो कथनको आशय बुझिन्छ ।
त्यसवेला भएको काम नेपालको एकिकरण थियो, विसे नगर्चीदेखि कालु पाण्डे हु“दै पृथ्वीनारायण शाह कै भाईसम्मको बलिदान र योगदानले यो एकिकरण भएको थियो । पृथ्वीनारायण शाह एक्लैबाट यो कार्य असंभव नै थियो । अमरसिंह, बलभद्र कुंवर जस्ता कयौ नेपाली सपुतहरुले आङ्खनो ज्यान भन्दा देश ठुलो भनेर बहादुरी देखाए । नालापानीको किल्लामा बलभद्रसंगै कांधमा कांध मिलाएर लडने आईमाइ तथा केटाकेटीहरु जब ज्यानको माया“ नगरी हातमा खु“डा खुकुरी ढु“गा मुडा लिएर अंग्रेजको तोपको मोहरी सामुन्ने परे उनिहरुसंग स्वदेशको माया“ थियो । अहिले भनिए भैm देशवासीलाई अन्याय अत्याचारको भुमरीमा फसाउने षडयन्त्रकारी भएका भए संभवत उनिहरु भोकै र प्यासै लडने थिएनन बरु अंग्रेज संगै मिलेर भारतबर्षका मिर जाफर वा जयचन्दले भैm मोज गर्ने थिए ।
२ सय ४०बर्षलाई गाली गर्नेहरुले हेक्का राख्नु पर्ने कुरा के हो भने उनिहरुले नचिताए पनि अप्रत्यक्ष रुपमा नेपालको अस्तित्वलाई गाली गरिरहेका छन, त्यसकाल खण्डका राष्ट्रिय बिभूतिहरुलाई गाली गर्दैछन । त्यस कालखण्डमा केवल राजाहरुमात्र थिएनन् जनताबाट पनि उल्लेख्य व्यक्तित्व थिए , थोकको भाउमा २सय ४० बर्षलाई गरिएको गालीले उनिहरुलाई पनि छुन्छ । आपैmले मानेका कतिपय राजा बाहेकका राष्ट्रप्रमीहरुको उनिहरुबाट अपमान हु“दैछ । यसको उदाहरणको निमित्त राजाहरुका शालिकसंगै फोडिएका भानुभक्त लगायत अरु शालिक प्रयाप्त छन । अझ बेशी खोज्ने हो भने विभिन्न समुहले जलाएको नेपालको राष्ट्रिय झण्डा , जाति तथा वर्ग विषेशलाई क्षेत्र बिषेशमा गरिएको निषेधले पनि आंखा खुल्दैन भने त्यसलाई देशप्रेमी भनाउने कुरो त धेरै पर छ नेपाली भनाउने पनि अधिकार छ त ?
अलिकति पुचकारेर, यसो केही चटाएर आङ्खनै अस्तित्व ईतिहास तथा पुर्खालाई आपैm मार्पmत गाली गराएको पनि नबुभ्mने वा बुभ्mन नचाहने नेपालीको यो प्रवृतिले नेपाल विश्वमान चित्रमा कहिलेसम्म स्वतन्त्र अखण्ड र सार्वभौम रुपमा रहन सक्ला ? कि उनीहरुलाई आफु नेपाली भएकोमा ग्लानी पो महशुस भएको छ कि ? यदि यो प्रश्न उठाउन हिचकिचाउने हो भने निकट भविष्यमा नै देशप्रेमीहरु नेपाली त रहने छन् तर उनीहरुको नेपाल भने रहन मुस्किल हुनेछ । आङ्खनो भूमि खोज्दै गरेका केहि बर्ष पहिलेका प्यालेस्टाईनीको नियति ति देशप्रेमीहरुको हुनेछ । कसैलाई भित्रैबाट कमजोर पार्न उसको गौरव गर्न सक्ने कुराहरुलाई नष्ट गर्नु पर्दछ । आज एकएक गरेर विस्तारै विस्तरै नेपालीले गौरव गरेका चिजहरु नष्ट गरिदै छन । नेपालीहरुको मष्तिष्क बिस्तारै विस्तरै पखाल्दै त्यसबाट उनिहरुले गौरव गरेका कुरा हटाएर त्यसमा त्यसै प्रति घृणा भरिदैछ । नेपालीका विभिन्न क्षेत्रका अगुवा कहलिएकाहरु जानेर वा नजानेर कसैको यो षडयन्त्रका सहायक हु“दै छन् । अन्तरकृयाका नाममा सुनाईएका प्रवचन हुन वा विभिन्न संचारमाध्यम मार्पmत उनिहरुका विवाद गर्न नपाईने तर्कहरु यस्ता एकतर्फि संवाद मार्पmत उनिहरु नेपालीले गौरव गरेका प्रतिक चिन्ह माथि चोट गरिरहेका छन । उनिहरु सर्वसाधारणले गर्न सक्ने प्रश्नहरुबाट सुरक्षित छन ।
२सय ४० बर्ष पहिले यो भुभाग समतामूलक थियो कुनै पनि थिचो मिचो थिएन अनि जनताहरु सुखी सम्पन्न थिए २सय ४०बर्षमा नै भेदभाव थिचो मिचो भयो जनता दुखी र विपन्न भए भन्ने अर्थलाग्ने गरेर विगतलाई गाली गर्दा शाहवंशलाई प्रत्यक्ष गाली त पुग्ला तर त्यस संगै नेपालको एकिकरण अन्याय अत्याचारको जननी हो भन्ने संदेश पनि आपैmले पैmलाई रहेका व्यक्तिहरु आपैmले आपैmसंंग सोधुन उनिहरु राष्ट्रप्रेमी हुन वा राष्ट्रद्रोही ? आङ्खनै आत्मालाई न्यायाधीश बनाएर आपैmले पैmसला गरुन् २ सय ४०बर्ष पहिले भएको नेपाल राष्ट्रको जन्म युगान्तकारी थियो वा कुनै आतातायीको लिप्सा ? यदी नेपालको जन्म आतालायीको लिप्साको परिणाम थियो भनेर भन्दछन भने उनिहरुलाई आफुलाई नेपाली भनाउने कुनै अधिकार छैन । यदि नेपाली नै बनेर नेपालको जन्मलाई नै गाली गर्दछन भने देशप्रेमी नेपालीहरुले उनिहरुलाई माफि दिन हुन्छ र ?