Advertisement Banner
Advertisement Banner

२३ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

केन्द्रविन्दुमा पूर्वराजा

१६ सोमबार , पौष २०७५७ बर्ष अगाडि

शाश्वत शर्मा -
राजपाठ गए पनि, दरवारबाट निस्के पनि पूर्वराजा ज्ञोनेन्द्र शाहको गुरुत्वाकर्षण कम भएन । देश होस् कि विदेश, जता गए पनि चर्चा ज्ञानेन्द्र शाहकै छ । नेपाल र ज्ञानेन्द्र शाह अचम्मले जोडिएका छन् । नेपालको यो विशेषता नै हो भन्नुपर्छ ।
भ्रमण होस् वा सन्देश, अन्तर्वार्ताहरुले ज्ञानेन्द्र शाहको चर्चा चुलिएकै छ । झन केहीवर्ष अघि राष्ट्रपति विद्या भण्डारीकी छोरीको शुभविवाहको निम्तो मान्न शितल निवासमा गएपछि वा आफ्ना नातीको शुभब्रतवन्धका अवसरमा राष्ट्रपति भण्डारीलाई होटल सोल्टीमा निम्त्याउ“दा होस्, पूर्वराजाको राजकीय शालीनताको चर्चा भइनै रह्यो । भारतका विभिन्न शहरहरुमा जा“दा दिइएको राजकीय सम्मान र सुरक्षाको महत्व त छुट्टै छ ।
अहिले पूर्वराजा पोखरा गएका छन् । बुद्ध एयरको पछिल्लो सिटमा पोखरा पुगेका पूर्वराजालाई पश्चिमेली जनताले जुन प्रकारले स्वागत र अभिनन्दन गरे, त्यस्तो राजतन्त्रमा समेत थिएन । बुढी आमाहरुले अ“गालो मारेर आ“सु झार्दै राजा, हाम्रो देश बचाइदेउ भनेर गुहार नै मा“गे । यसरी गुहार मा“ग्दा सिंहदरवार हल्लियो, नेकपाका एक सांसदले मानसिक बिचलन प्रदर्शन गर्दै भने– पूर्वराजालाई नजरबन्द गर्नुपर्छ, भ्रमणमा रोक लगाउनु पर्छ । पोखरा विमान स्थलमा नेकपाका नेता नारायणकाजी श्रेष्ठस“ग भएको सम्बाद, पूर्वराजाले उनीप्रति देखाएको शिष्टताको सबैतिर प्रशंसा भएको छ । नारायणकाजीले समेत पूर्वराजाको शालीनताको प्रशंसा गर्न धक मानेनन् । यसअघि राजधानीको एक होटलमा कांग्रेसका नेता प्रकाशमान सिंहस“ग जम्का भेट भउकोथियो । त्यतिबेलादेखि राजा र जनता मिल्नुपर्छ भन्ने कुरा उठिसकेको थियो । कांग्रेसभित्र हिन्दुराष्ट्र र राजतन्त्र बोकेर प्रजातन्त्र अघि बढाउनु पर्ने आवश्यकता ठानिसकेका छन् ।
युनिभर्सल पिस फाउण्डेशनको आवरणमा इसाईहरुले होली वाइन खुवाएपछि हिन्दुराष्ट्र र राजतन्त्रको आवश्यकता जनमनमा ह्वात्तै बढेको छ । भर्खर सम्पन्न कांग्रेस महासमितिको बैठकमा हिन्दुराष्ट्र हुनुपर्छ भनेर बहुमतले हस्ताक्षर नै गरेका थिए ।
जुन सौहाद्रता देशमा कायम थियो, त्यो भत्काउने काम भएपछि संस्कृति, सभ्यता, अस्तित्व र पहिचानका लागि हिन्दुत्वको आवश्यकता बढेर गएको छ । जनतामा यो नेतातन्त्रबारे यतिसम्म बितृष्णा फैलिसकेको छ कि अझै पनि नेताहरु आफूप्रतिको घृणाभाव छल्न, छोप्न राजाको हाउगुजी देखाउने गरेका छन् । जुन जनताले पत्याउन छाडे, यसको ताजा प्रमाण पोखरामा जनताले पूर्वराजाप्रति देखाएको स्वागत सत्कार हो । अव यस्तो गणतन्त्रले देश धान्न सक्दैन । प्रम ओली सांकेतिक रुपमा पूर्वराजाको भ्रमणलाई तारो बनाउ“छन्, नकेपाका अध्इष प्रचण्ड सिधै राजालाई किन नाचेको भनेर प्रश्न गर्छन भने अरु भुरेटाकेुरे सांसद आफ्ना नेताको इसारामा पूर्वराजालाई हिडडुल गर्न रोक लगाउने कुरा गर्छन् । यसबाट थाहा हुन्छ, नेकपाको सत्ता हल्लिसकेको छ । आप्mनै कूकर्मले हल्लाइसकेका छन् । मुलुकलाई एक बनाएर राख्न असफल भइसकेका छन् । देशको अस्तित्वका लागि यस्तै जनजागरण जरुरी भयो ।